इनरुवा। सुनसरीको इनरुवा नगरपालिका–९ बबियाका किसान बुधनारायण मेहताले केरा खेती गर्न थालेको दशक भयो । आफूले उत्पादन गरेको केराले उचित मूल्य नपाएको भन्दै उहाँ प्रत्येक वर्ष निराशा व्यक्त गर्दै आएको थिए भने कतिपय बेला आन्दोलनसमेत गरेको थिए। यसपालि भने चैत महिनाको अन्त्यदेखि उनी खुसी छन्। इनरुवा र भोक्राहा नरसिंह क्षेत्रमा १० बिघा क्षेत्रफलमा केरा खेती गर्दै आएका उनले यसपटक अहिलेसम्मकै उच्च मूल्य पाएकाले दंग भएको छन् ।
“गत वर्ष मूल्य नै नपाएर कोसाको १–२ रुपियाँमा बेच्नुपर्यो । कति त्यत्तिकै खेर गयो, कति गाईभैँसीलाई खुवाउनुपर्यो,” मेहताले भने, “अहिले ५–७ रुपियाँ प्रति कोसा मूल्यमा व्यापारी बगानमै आइरहेका छन् ।”
मेहताको बगानबाट दैनिक एक गाडी केरा बिक्री भइरहेको छ । एउटा गाडीमा १५ हजारदेखि २५ हजार कोसा केरा अट्ने र यसबाट लगानीअनुसारको प्रतिफल पाउने देखिएकाले खुसी लागेको उनले बताए। उहाँले स्थानीय, हाइब्रिड तथा मालभोग र हरियो जातका (जिनाइन) केरा खेती गरेको छन् । उत्पादन पनि राम्रो र मूल्य पनि राम्रो भएकाले फाइदा हुने उनको भनाइ छ ।
इनरुवा–९ बबियाकै अर्का किसान श्यामप्रसाद यादवले पनि पाँच बिघामा केरा खेती गर्नुभएको छ । यस वर्ष बालीमा धेरै रोग नलागेको र हावाहुरीले पनि क्षति नगरेको तथा एक महिनायता बजारमा अहिलेसम्मकै उच्च मूल्य पाएकाले सोचेभन्दा बढी फाइदा हुने उनले बताए।
“यसपालि केराको कोसा पनि ठुला छन्, मूल्य पनि राम्रो छ, किन्ने व्यापारी खोज्दै बगानमै आइरहेका छन्,” यादवले भन्नुभयो । बबियाकै किसान दिनेश मेहताले १२ वर्षदेखि केरा खेती गर्दै आएको छन् । उनले पनि यस वर्ष बगानबाटै ५–७ रुपियाँ प्रतिकोसा मूल्यमा केरा बिक्री गरिरहेको छन् ।
मेहताका अनुसार प्रतिकोसा चार रुपियाँसम्म मूल्य पाएमा किसानलाई घाटा नहुने अवस्था हुन्छ । उनले गत वर्ष १–२ रुपियाँमै बिक्री गर्न बाध्य भएको उल्लेख गर्दै सरकारले सीमानाकामा कडाइ गरेपछि भारतीय केरा आयात घटेकाले नेपाली किसानले उचित मूल्य पाएको बताए। उनका अनुसार अहिले उनको सातामा दुई गाडी केरा बिक्री भइरहेको छ र काठमाडौँ, पोखरा तथा नारायणगढका व्यापारीलाई बिक्री भइरहेको छ ।
किसानहरूका अनुसार चैत, वैशाख, जेठ, असार र साउन केरा बिक्रीका लागि राम्रो समय हो । तर अघिल्ला वर्षहरूमा यही अवधिमा प्रतिकोसा तीन रुपियाँभन्दा माथि नपुगेकाले किसान निराश हुने गरेका थिए ।
यस वर्षको मूल्य निरन्तर कायम रहेमा प्रतिबिघा तीन लाखदेखि साढे पाँच लाख रुपियाँसम्म नाफा हुन सक्ने किसानहरूको अनुमान छ । हाल किसानले प्रतिदर्जन ६० देखि ८४ रुपियाँमा बिक्री गरिरहेका छन् भने बजारमा १५० देखि २०० रुपियाँसम्म बिक्री भइरहेको छ ।
कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार जिल्लामा प्रतिहेक्टर २८ देखि ३० मेट्रिक टन केरा उत्पादन हुन्छ । सुनसरीमा ६ सय ७५ हेक्टर क्षेत्रमा केरा खेती हुँदै आएको छ । नेपालमा कुल केरा उत्पादन तीन लाख ८ हजार ३८८ मेट्रिक टन रहेको र यो कुल मागको करिब ६० प्रतिशत रहेको व्यापारी दीपक यादवले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८३ - १७:५९
तनहुँ। व्यास मार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मङ्गलबार दिउँसो ३:१५ बजे बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। कलेस्तीबाट ...
श्रावण ५ गते, २०८३ - १७:३७
काठमाडौं । भक्तपुरमा फिफा विश्वकपको फाइनल खेल हेर्ने क्रममा भएको झडपमा घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा प्...
श्रावण ५ गते, २०८३ - १७:१२
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अँध्यारा’ र ‘काला’ वर्षका रूपमा ब...
श्रावण ५ गते, २०८३ - १६:५४
मुस्ताङ। विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत थोराङ्ला पास भएर एक वर्षमा ११ हजारभन्दा बढी विदेशी पर्यटकले पदयात्रा गरेका छन्। गण्डकी प्रदेशक...
श्रावण ५ गते, २०८३ - १६:३७
नयाँदिल्ली। भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै उत्रिएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) आन्दोलनले सरक...
श्रावण ५ गते, २०८३ - १६:०१
इलाम। केही दिनयता निरन्तर भइरहेको वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसम्मको सोझो सडक सम्बन्ध टुटेको छ। मेची राजमार्गको माइखोलास्थित राजदुवाल...
श्रावण ५ गते, २०८३ - १५:४१
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक लगातार छैटौं कारोबार दिन पनि बढेको छ। मंगलबार नेप्से ७.२५ अंकले उकालो लागेर २,७२६.०५ अंकमा पुगेको हो। ...
श्रावण ५ गते, २०८३ - १५:२७
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्यलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा अपनाउनुपर्ने रणनीतिक समन्वय,...
श्रावण ५ गते, २०८३ - १५:१६
काठमाडौं । सरकारले प्रस्तावित ३ प्रतिशत ‘समता कर’ हालका लागि स्थगन गरे पनि विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि निजी अस्पताल र शैक्षिक संस्थामा...
श्रावण ५ गते, २०८३ - १५:०१
काठमाडौं । विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग नियमित भेटघाट नगरेको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहले नेपालस्थित विभिन्न दे...



प्रतिकृया लेख्नुहोस्: