Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

कर्णालीको सत्ता समीकरणमा नेकपाको स्पष्ट सन्देश: केन्द्रबाट अझै कुनै निर्देशन आएको छैन

खबरडबली संवाददाता

सुर्खेत । कर्णाली प्रदेशको सत्ता समीकरणबारे नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी केन्द्रबाट अहिलेसम्म कुनै निर्णय वा निर्देशन नआएको जनाएको छ। केन्द्रमा नेकपा–एमाले सहकार्यको चर्चा चलिरहेका बेला प्रदेश नेतृत्वले भने औपचारिक निर्णय नभएको स्पष्ट पारेको हो।

नेकपा कर्णाली संसदीय दलका नेता मंगलबहादुर शाहीले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग यस विषयमा कुनै प्रत्यक्ष संवाद नभएको बताए। आफू काठमाडौंसमेत नगएको उल्लेख गर्दै उनले केन्द्रबाट कुनै दलसँग सहकार्य गर्न निर्देशन नआएको दाबी गरे।

शाहीले एमालेसँग सत्ता सहकार्य र वाम एकताको बहस कर्णालीमा मात्र नभई देशभर चलिरहेको स्वीकार गरे। तर, विगतका अनुभवका कारण यस्तो सहकार्य दीर्घकालीन, स्पष्ट र लिखित प्रतिबद्धताका आधारमा मात्रै हुनुपर्ने उनको धारणा छ।

यसअघि कर्णालीमा नेकपा र नेपाली कांग्रेसले मिलेर मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए। त्यसपछि नेकपाभित्रै प्रदेशको निर्णयलाई लिएर मतभेद देखिएको छ। केही केन्द्रीय नेताले प्रदेश नेतृत्वले केन्द्रसँग पर्याप्त समन्वय नगरेको संकेत गरेका छन्।

तर शाहीले यति ठूलो राजनीतिक निर्णय समन्वयबिनै सम्भव नहुने दाबी गर्दै सामाजिक सञ्जालमा आएका टिप्पणीलाई पार्टीको औपचारिक धारणा मान्न नहुने बताए। उनका अनुसार पार्टीभित्र असहमति भए त्यसबारे पार्टीको बैठकमै छलफल हुनुपर्छ।

शाहीले नेकपा सत्तामा जान हतारिएको नभई प्रदेशमा उत्पन्न भएको राजनीतिक संकटको निकास खोज्न भूमिका खेलेको बताए। कांग्रेस सरकारबाट बाहिरिएपछि प्रदेश सरकार अल्पमतमा परेको र त्यसपछि मात्रै वैकल्पिक सरकार गठनको पहल गरिएको उनको भनाइ छ।

केन्द्रमा एमालेसँग नयाँ सत्ता समीकरण बने कर्णालीमा के हुन्छ भन्ने प्रश्नमा उनले अहिले नै अनुमान गर्न नहुने बताउँदै केन्द्रले गर्ने निर्णयअनुसार नै आगामी रणनीति तय हुने स्पष्ट पारे।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपूर्वमा नयाँ शक्ति समीकरणको संकेतः साउदी, पाकिस्तान र टर्कीबीच ‘मक्का संयुक्त रक्षा सम्झौता’

काठमाडौँ । मध्यपूर्वमा सैन्य तनाव चर्किरहेका बेला साउदी अरब, पाकिस्तान र टर्कीले सुरक्षा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने गरी ‘मक्का संयुक्त रक्षा सम...

खाली सिलिन्डर बोकेर लाइनमा नबस्न आयल निगमका प्रमुख साहको आग्रह

५ दिनभित्र ग्यास समस्या हट्ने दाबी

सुनसरीदेखि सिरहासम्म गोली चल्दा जेनजीको प्रश्न– नागरिकमाथि राज्यको बल किन ?

काठमाडौँ । सुनसरीको देवानगन्जदेखि सिरहाको गोलबजारसम्म सुरक्षा निकायको गोली प्रहारबाट नागरिकको ज्यान गएको घटनाले राज्यको बल प्रयोग र सुरक्षा संयन्त्रको...

काठमाडौँका यी क्षेत्रमा आज र भोलि बत्ती जाने, कुन ठाउँमा कति बजे?

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् संरचना सुधार तथा मर्मतसम्भारका लागि काठमाडौँका विभिन्न क्षेत्रमा दुई दिन विद्युत् आपूर्ति बन्द गर्ने भए...

‘झिँगेदाउ २’ को टिजर सार्वजनिक, देउरानी–जेठानीको झगडामा थपियो नयाँ ट्विस्ट

काठमाडौँ । प्रतीक्षित नेपाली चलचित्र ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक भएको छ। ललितपुरस्थित क्यूएफएक्स लबिममा आयोजित कार्यक्रमबीच चलचित्रको १ मिनेट ५१ से...

घरको नक्सा डिजाइनमा देभको इन्जिनियरिङको ३३ प्रतिशत छुट

काठमाडौँ । घर निर्माणको तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै देभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले नक्सा डिजाइन तथा इन्जिनियरिङ सेवामा ३३ प्रतिशत छ...

बक्यौता महसुल तिर्ने ग्राहकलाई नेपाल टेलिकमको जरिवाना छुट

काठमाडौँ । नेपाल टेलिकमले दूरसञ्चार सेवा प्रयोग गरेबापतको बक्यौता महसुल भुक्तानी गर्न बाँकी ग्राहकलाई जरिवानामा छुट दिने भएको छ। कम्पनीले सार्वजनिक...

टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’, अब हरेक साता कमेडी बाजमा देखिँदै

काठमाडौँ । नेपाली टेलिभिजनमा ‘हर्के हल्दार’का रूपमा लोकप्रिय बनेका कलाकार विष्णु सापकोटा फेरि टेलिभिजन पर्दामा देखिने भएका छन्। लामो समय नियमित कार्यक...

कपिलवस्तुका पूर्वमेयर किरण सिंह सम्पर्कविहीन, जंगलमा भेटियो मोटरसाइकल

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वनगरप्रमुख किरण सिंह शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएका छन्। उनी चढेर हिँडेको मोटरसाइकल गोरुसिङ्गे जंगलमा भेटि...

आज देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आज पनि देशका अधिकांश भूभागमा वर्षाको सम्भ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending