काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्यलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा अपनाउनुपर्ने रणनीतिक समन्वय, जनसंवाद र साङ्गठनिक सुदृढीकरणबारे पाँचबुँदे निर्देशन जारी गरेको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यले मङ्गलबार एक परिपत्र जारी गर्दै सांसदलाई सो निर्देशन दिएको हो।
सुशासन, जवाफदेहिता र नागरिककेन्द्रित राजनीतिको आधारभूत मर्मलाई संस्थागत गर्न संसद् र तल्लो तहका नागरिकबीचको जीवन्त संवाद अपरिहार्य रहेको परिपत्रमा उल्लेख छ। सांसदको भ्रमण औपचारिकता वा व्यक्तिगत जनसम्पर्कमा मात्र सीमित नरही पार्टीको दृष्टिकोण विस्तार गर्ने, संगठनलाई ऊर्जावान् बनाउने र जनअभिमतलाई संसद्को एजेन्डामा रूपान्तरण गर्ने 'रणनीतिक अभियान' हुनुपर्ने पार्टीको निर्देशनमा उल्लेख छ ।
रास्वपाले सांसदलाई दिएका मुख्य पाँच निर्देशन
संस्थागत समन्वय र पूर्वसूचना: कुनै पनि जिल्ला वा क्षेत्रको भ्रमण तय हुनासाथ सम्बन्धित समितिलाई आधिकारिक रूपमा जानकारी गराउनुपर्ने छ। आफ्नो क्षेत्रबाहेक अन्यत्र जाने कार्यक्रम भएमा सम्बन्धित सांसद र पार्टी संयन्त्रलाई सूचित गरी समन्वय गर्नुपर्ने छ।
स्थानीय मुद्दाको प्राथमिकीकरण: स्थानीय समितिसँग पूर्वछलफल गरी त्यस क्षेत्रका विशिष्ट र ज्वलन्त मुद्दा पहिचान गर्ने र ती समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्न कार्यसूचीमा प्राथमिकता दिने।
साङ्गठनिक अपनत्व र जनपरिचालन: कार्यक्रमको स्वरूप ९मोडालिटी० तय गर्दा स्थानीय पार्टी संरचनाहरूको सक्रिय नेतृत्व र अपनत्व स्थापित हुने गरी सञ्चालन गर्ने।
मितव्ययिता र सुशासन:भ्रमण तथा कार्यक्रमहरूलाई तडकभडक र अनावश्यक खर्चबाट पूर्णत: मुक्त राखी स्रोतसाधनको मितव्ययी उपयोगद्वारा सुशासनको सन्देश प्रवाह गर्ने।
नीतिगत पृष्ठपोषण प्रणाली: जनभ्रमणका क्रममा प्राप्त सुझाव, गुनासा र स्थानीय समितिका वस्तुगत प्रतिवेदनलाई लिपिबद्ध गरी संसदीय दलमा संस्थागत रूपमा पेस गर्ने।
सांसदको प्रभावकारी भूमिका र पार्टी संगठनको चुस्तता एकअर्काका पूरक भएकाले सुव्यवस्थित र समन्वयात्मक प्रयत्नले मात्र दलको संस्थागत परिपक्वतालाई उचाइमा पुर्याउने र जनताप्रतिको जवाफदेहितालाई थप कसिलो बनाउने महामन्त्री आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८३ - १७:५९
तनहुँ। व्यास मार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मङ्गलबार दिउँसो ३:१५ बजे बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। कलेस्तीबाट ...
श्रावण ५ गते, २०८३ - १७:३७
काठमाडौं । भक्तपुरमा फिफा विश्वकपको फाइनल खेल हेर्ने क्रममा भएको झडपमा घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा प्...
श्रावण ५ गते, २०८३ - १७:१२
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अँध्यारा’ र ‘काला’ वर्षका रूपमा ब...
श्रावण ५ गते, २०८३ - १६:५४
मुस्ताङ। विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत थोराङ्ला पास भएर एक वर्षमा ११ हजारभन्दा बढी विदेशी पर्यटकले पदयात्रा गरेका छन्। गण्डकी प्रदेशक...
श्रावण ५ गते, २०८३ - १६:३७
नयाँदिल्ली। भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै उत्रिएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) आन्दोलनले सरक...
श्रावण ५ गते, २०८३ - १६:०१
इलाम। केही दिनयता निरन्तर भइरहेको वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसम्मको सोझो सडक सम्बन्ध टुटेको छ। मेची राजमार्गको माइखोलास्थित राजदुवाल...
श्रावण ५ गते, २०८३ - १५:४१
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक लगातार छैटौं कारोबार दिन पनि बढेको छ। मंगलबार नेप्से ७.२५ अंकले उकालो लागेर २,७२६.०५ अंकमा पुगेको हो। ...
श्रावण ५ गते, २०८३ - १५:२७
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्यलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा अपनाउनुपर्ने रणनीतिक समन्वय,...
श्रावण ५ गते, २०८३ - १५:१६
काठमाडौं । सरकारले प्रस्तावित ३ प्रतिशत ‘समता कर’ हालका लागि स्थगन गरे पनि विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि निजी अस्पताल र शैक्षिक संस्थामा...
श्रावण ५ गते, २०८३ - १५:०१
काठमाडौं । विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग नियमित भेटघाट नगरेको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहले नेपालस्थित विभिन्न दे...



प्रतिकृया लेख्नुहोस्: