Khabar Dabali ५ श्रावण २०८३ मंगलवार | 21st July, 2026 Tue
Investment bank

एक वर्षमा थोराङ्ला पास भएर ११ हजारभन्दा बढी विदेशी पर्यटक मुस्ताङ भित्रिए

खबरडबली संवाददाता

मुस्ताङ। विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत थोराङ्ला पास भएर एक वर्षमा ११ हजारभन्दा बढी विदेशी पर्यटकले पदयात्रा गरेका छन्। गण्डकी प्रदेशका पाँच जिल्ला समेटिएको पदमार्गको समुद्र सतहदेखि पाँच हजार चार सय १६ मिटर उचाइमा रहेको थोराङ्ला भएर गत आर्थिक वर्ष २०८२/८३ मा ११ हजार आठ सय छ जना विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका हुन्।

मनाङबाट थोराङ्ला पास हुँदै मुस्ताङसम्मको करिब पाँच दिनको यात्रामा सार्क राष्ट्रबाट पुरुष तीन सय २५ जना, महिला ७९ जना, तेस्रो मुलुकबाट छ हजार चार सय ४६ पुरुष, चार हजार नौ सय ५४ महिला र अन्य दुई जना रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमका प्रमुख राजेश गुप्ताले बताए।

गुप्ताका अनुसार यस पदमार्गमा जाडो याममा पनि विदेशी पर्यटकको आवतजावत नियमित रहने गरेको छ। नेपाली पर्यटकले पनि पदयात्राका लागि यो मार्ग रोज्ने गरे पनि उनीहरूको तथ्याङ्क राख्ने गरिएको छैन। थोराङ्ला पास अन्नपूर्ण चक्रीय पदमार्गकै सबैभन्दा उच्च स्थानमा रहेकाले साहसिक पदयात्राका लागि विदेशीको पहिलो रोजाइमा पर्ने गरेको छ। पदयात्राका क्रममा पदप्रदर्शकबाहेक पाँच हजार सात सय ३९ जना भरियाले समेत एक वर्षको अवधिमा रोजगारी पाएका छन्।

अन्नपूर्ण चक्रीय पदमार्गको प्रवेशविन्दु लमजुङको बेँसीसहरबाट २१ दिन लाग्ने थोराङ्ला पासको यात्रा सडक सञ्जालका कारण अहिले एक सातामै सकिने गरेको छ। पदयात्रा छोटिएपछि विदेशी पर्यटकहरू अन्य नयाँ पदमार्गको यात्रामा जाने गरेका छन्।

थोराङ्ला पुग्न मनाङका याकखर्क, लेदर, थोराङ फेदी र हाइक्याम्प हुँदै जाने गरिन्छ। मनाङको चामेदेखि पाँच दिनको यात्रा गरेर थोराङ्ला हुँदै मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, मुक्तिनाथ क्षेत्र पुगेपछि यो महत्त्वपूर्ण यात्रा टुङ्गिन्छ।

मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु लालचनका अनुसार तिलिचो यात्रा हुँदै थोराङ्ला पास गरेर मुक्तिनाथ आउने बाटोलाई सबैभन्दा साहसिक मानिन्छ। “सडकले पुरानो पदमार्ग मास्दा विदेशी पर्यटकको यात्रा छोटिएको छ, थोराङ्लाको यात्रा लम्ब्याउन अब सडक सञ्जाललाई व्यवस्थित र खुम्च्याउनुपर्छ,” लालचनले भने। याकखर्क, थोराङ फेदी र थोराङ हाइक्याम्पसम्मको पदयात्रालाई विदेशी पर्यटकले निकै आकर्षक मान्ने भएकाले यस क्षेत्रमा पर्यटकका लागि थप सुविधा विस्तार गर्नुपर्ने उनको भनाइ छ।

मुस्ताङमा छिमेकी जिल्ला म्याग्दीमा रहेको धवलागिरि हिमाल हुँदै घरपझोङ गाउँपालिका–२, मार्फा जोड्ने ‘राउन्ड धवलागिरि’ र उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४, यारा हुँदै मनाङ जोड्ने चिनियाँ तिब्बती सीमा नजिकै पर्ने सरिबुङ पास पनि विदेशी पर्यटकको रोजाइमा छन्।

मुस्ताङलाई जोड्ने तीनवटै पदमार्गमध्ये थोराङ्ला पासमा सबैभन्दा धेरै चहलपहल हुने गर्छ। सन् १९७० मा पदयात्राका लागि खुला गरिएको थोराङ्ला क्षेत्र पछिल्लो समय विदेशीसँगै नेपाली पर्यटकको पनि रोजाइमा परेको छ। वैशाख, जेठ, असोज र कात्तिक महिनामा नेपाली पर्यटक बढी पुग्ने गर्छन् भने विदेशी पर्यटक पर्यटकीय सिजनबाहेकका समयमा पनि यात्रा गर्छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँमा बस दुर्घटना : चालकसहित १० जना घाइते

तनहुँ। व्यास मार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मङ्गलबार दिउँसो ३:१५ बजे बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। कलेस्तीबाट ...

भक्तपुरमा विश्वकप फाइनल हेर्दा भएको झडपमा एक युवाको मृत्यु, १८ जना पक्राउ

काठमाडौं । भक्तपुरमा फिफा विश्वकपको फाइनल खेल हेर्ने क्रममा भएको झडपमा घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा प्...

गगन थापाको टिप्पणी: २०७२–२०८२ कांग्रेस र मुलुकका लागि ‘अँध्यारा’ वर्ष

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अँध्यारा’ र ‘काला’ वर्षका रूपमा ब...

एक वर्षमा थोराङ्ला पास भएर ११ हजारभन्दा बढी विदेशी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ। विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत थोराङ्ला पास भएर एक वर्षमा ११ हजारभन्दा बढी विदेशी पर्यटकले पदयात्रा गरेका छन्। गण्डकी प्रदेशक...

भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्रीविरुद्ध आन्दोलन चर्कियो

नयाँदिल्ली। भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै उत्रिएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) आन्दोलनले सरक...

मेची राजमार्ग १५ दिनदेखि अवरुद्ध, मेची पहाडमा दैनिक उपभोग्य वस्तुको अभाव

इलाम। केही दिनयता निरन्तर भइरहेको वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसम्मको सोझो सडक सम्बन्ध टुटेको छ। मेची राजमार्गको माइखोलास्थित राजदुवाल...

लगातार छैटौं दिन बढ्यो सेयर बजार, नेप्से २७२६ अंकमा पुग्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक लगातार छैटौं कारोबार दिन पनि बढेको छ। मंगलबार नेप्से ७.२५ अंकले उकालो लागेर २,७२६.०५ अंकमा पुगेको हो। ...

रास्वपा सांसदका लागि महामन्‍त्रीको पाँचबुँदे निर्देशन, निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग अनिवार्य समन्वय गर्नु

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्यलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा अपनाउनुपर्ने रणनीतिक समन्वय,...

निजी अस्पतालका १० प्रतिशत बेड र निजी शैक्षिक संस्थाका १० प्रतिशत सिट कडाइका साथ कार्यान्वयन हुने

काठमाडौं । सरकारले प्रस्तावित ३ प्रतिशत ‘समता कर’ हालका लागि स्थगन गरे पनि विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि निजी अस्पताल र शैक्षिक संस्थामा...

प्रधानमन्त्री बालेनले विदेशी राजदूतसँग छुट्टाछुट्टै भेट्ने तयारी

काठमाडौं । विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग नियमित भेटघाट नगरेको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहले नेपालस्थित विभिन्न दे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending