तनहुँ। तनहुँका स्थानीय तहमा २७ करोड २६ लाख रुपियाँभन्दा बढी रकम बेरुजु रहेको पाइएको छ । जिल्लाका १० स्थानीय तहमा आर्थिक वर्ष २०८१/८२ मा कार्यान्वयनमा रहेको बजेटको लेखापरीक्षण हुँदा कुल २७ करोड २६ लाख ५६ हजार रुपियाँ बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको हो । महालेखाका अनुसार तनहुँको समग्र औसत बेरुजु १।८७ प्रतिशत रहेको छ।
महालेखा परीक्षकको ६३औँ प्रतिवेदनअनुसार जिल्लाका स्थानीय तहहरूमध्ये प्रतिशतका आधारमा सबैभन्दा बढी बेरुजु आँबुखैरेनी गाउँपालिकामा देखिएको छ । आँबुखैरेनीमा कुल लेखापरीक्षण भएको रकमको ३.३६ प्रतिशत अर्थात् ४ करोड तीन लाख १९ हजार रुपियाँ बेरुजु देखिएको हो । त्यसैगरी दोस्रो बढी बेरुजु हुनेमा व्यास नगरपालिका रहेको छ, जहाँ २.९९ प्रतिशत अर्थात् ९ करोड ५४ लाख ८२ हजार रुपियाँ बेरुजु देखिएको छ । त्यस्तै जिल्लाको शुक्लागण्डकी नगरपालिकामा २ प्रतिशत अर्थात् चार करोड ७५ लाख ३२ हजार रुपियाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी भानु नगरपालिकामा १।९४ प्रतिशत अर्थात् चार करोड ६ लाख ३६ हजार रुपियाँ र बन्दीपुर गाउँपालिकामा २।७६ प्रतिशत अर्थात् तीन करोड ५ लाख ८४ हजार रुपियाँ बेरुजु देखिएको छ । म्याग्दे गाउँपालिकामा १।८६ प्रतिशत अर्थात् दुई करोड ४० लाख ४० हजार रुपियाँ बेरुजु रहेको छ ।
प्रतिवेदनअनुसार देवघाट गाउँपालिकामा १.३४ प्रतिशत अर्थात् एक करोड ४३ लाख ५५ हजार रुपियाँ र ऋषिङ गाउँपालिकामा १.२४ प्रतिशत अर्थात् एक करोड ५२ लाख ३२ हजार रुपियाँ बेरुजु देखिएको छ ।
जिल्लाकै सबैभन्दा कम बेरुजु भिमाद नगरपालिकामा देखिएको छ । भिमादमा कुल रकमको ०.३९ प्रतिशत अर्थात् ४७ लाख ६ हजार रुपियाँ मात्र बेरुजु देखिएको छ । गाउँपालिकातर्फ भने सबैभन्दा कम घिरिङ गाउँपालिकाको ९१ लाख ३५ हजार रुपियाँ (०.७९ प्रतिशत) बेरुजु देखिएको छ ।
प्रतिवेदनमा स्थानीय तहहरूले पूर्वतयारीविना आयोजना बजेटमा समावेश गरेको, आयोजनाको प्राथमिकीकरण गरी आयोजना बैंक निर्माण प्रभावकारी बनाउन नसकेको तथा कानुनले तोकेको सीमाभन्दा बढी रकमान्तर गरेको, आर्थिक कार्यविधिको उल्लङ्घन र समयमै पेस्की फर्छ्यौट नगरेकाले गर्दा बेरुजु बढेको भन्दै यस्ता विषयमा सुधार गर्नुपर्ने उल्लेख गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८३ - १७:५९
तनहुँ। व्यास मार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मङ्गलबार दिउँसो ३:१५ बजे बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। कलेस्तीबाट ...
श्रावण ५ गते, २०८३ - १७:३७
काठमाडौं । भक्तपुरमा फिफा विश्वकपको फाइनल खेल हेर्ने क्रममा भएको झडपमा घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा प्...
श्रावण ५ गते, २०८३ - १७:१२
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अँध्यारा’ र ‘काला’ वर्षका रूपमा ब...
श्रावण ५ गते, २०८३ - १६:५४
मुस्ताङ। विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत थोराङ्ला पास भएर एक वर्षमा ११ हजारभन्दा बढी विदेशी पर्यटकले पदयात्रा गरेका छन्। गण्डकी प्रदेशक...
श्रावण ५ गते, २०८३ - १६:३७
नयाँदिल्ली। भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै उत्रिएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) आन्दोलनले सरक...
श्रावण ५ गते, २०८३ - १६:०१
इलाम। केही दिनयता निरन्तर भइरहेको वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसम्मको सोझो सडक सम्बन्ध टुटेको छ। मेची राजमार्गको माइखोलास्थित राजदुवाल...
श्रावण ५ गते, २०८३ - १५:४१
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक लगातार छैटौं कारोबार दिन पनि बढेको छ। मंगलबार नेप्से ७.२५ अंकले उकालो लागेर २,७२६.०५ अंकमा पुगेको हो। ...
श्रावण ५ गते, २०८३ - १५:२७
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्यलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा अपनाउनुपर्ने रणनीतिक समन्वय,...
श्रावण ५ गते, २०८३ - १५:१६
काठमाडौं । सरकारले प्रस्तावित ३ प्रतिशत ‘समता कर’ हालका लागि स्थगन गरे पनि विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि निजी अस्पताल र शैक्षिक संस्थामा...
श्रावण ५ गते, २०८३ - १५:०१
काठमाडौं । विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग नियमित भेटघाट नगरेको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहले नेपालस्थित विभिन्न दे...



प्रतिकृया लेख्नुहोस्: