Khabar Dabali ६ जेष्ठ २०८३ बुधबार | 20th May, 2026 Wed
Investment bank

वर्षासँगै पहिरोका कारण देशका मुख्य राजमार्गमा यातायात प्रभावित

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग प्रभावित बनेका छन्। नेपाल प्रहरीले बुधबार बिहान सार्वजनिक गरेको विवरण अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका धेरै सडक खण्डमा यातायात अवरुद्ध भएको हो।

कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा बाढी आएपछि मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ। प्रहरीले वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको जनाएको छ। यस्तै सङ्खुवासभाको मकालु गाउँपालिका–३ नयाँबस्तीमा पहिरो खसेपछि कोशी राजमार्ग पनि एकतर्फी मात्र सञ्चालन भइरहेको छ।

काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडक खण्डमा बाढीको जोखिम बढेपछि बीपी राजमार्गमा सवारी सञ्चालन पूर्ण रूपमा रोकिएको छ।

गण्डकी प्रदेशमा लमजुङ र म्याग्दी बढी प्रभावित भएका छन्। लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङमा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

यता म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथले क्षेत्रमा पहिरो खस्दा बेनी–जोमसोम सडक एकतर्फी सञ्चालनमा रहेको छ।

कर्णाली प्रदेशको हुम्लामा पनि पहिरोको जोखिम बढेको छ। नाम्खा गाउँपालिका–२ क्षेत्रमा जोखिम बढेपछि हिल्सा–सिमकोट सडक खण्डमा सवारी साधन सञ्चालन रोकिएको प्रहरीले जनाएको छ।

लगातारको वर्षासँगै पहिरो र बाढीको जोखिम बढेकाले अत्यावश्यक बाहेक यात्रा नगर्न र सतर्क रहन प्रहरीले आग्रह गरेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ललितपुरमा नक्कली ‘ब्ल्याक लेबल’ कारखानामा छापा, चार जना पक्राउ

ललितपुर । सशस्त्र प्रहरी बलले ललितपुरमा सञ्चालन भइरहेको नक्कली ब्रान्डेड मदिरा उत्पादन केन्द्रमा छापा मारेर चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने...

वर्षासँगै पहिरोका कारण देशका मुख्य राजमार्गमा यातायात प्रभावित

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग प्रभावित बनेका छन्। नेपाल प्रहरीले बुधबार बिहान सार्वजनिक गरेको विव...

२२ वर्षपछि आर्सनल च्याम्पियन, सिटीको बराबरीले टुट्यो उपाधि खडेरी

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले २२ वर्षपछि ऐतिहासिक उपाधि जितेको छ। लगातार तीन सिजन उपविजेतामा सीमित बनेको आर्सनलले अन्ततः लामो प्रतीक्षाको...

ट्रम्प फर्किएको चार दिनमै किन चीन पुगे पुटिन ?

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर फर्किएको चार दिनमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङ पुगेका छन्। यो भ्रमणलाई विश्व ...

प्रतिनिधिसभाको बैठक बस्दै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल केन्द्रित हुने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावब...

युद्धविरामकै बीच लेबनानमा इजरायली आक्रमण, १९ जनाको मृत्यु

काठमाडौं । इजरायलले दक्षिणी लेबनानमा गरेको हवाई आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा महिला र बालबाल...

हिलो र धुलो हट्यो, बिम गाउँका पदमार्ग अब पक्की

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका तल्लोगाउँ र डाँडागाउँमा कच्ची पैदलमार्गलाई ढलान गरेर पक्की बनाइएको छ। गाउँको सौन्दर्य बढाउने र स्थानीय...

कार्की प्रकरणमा ‘सत्यतथ्य छानबिन होस्’ भन्ने आशिका तामाङको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सांसद कृष्णकुमार कार्कीमाथि सामाजिक सञ्जालमा उठेको विवादबारे निष्पक्ष छानबिन गर्न माग गरेक...

पोखराबाट पहिलो पटक भारत सिधा उडान, बिरामी बोकेर भोपालतर्फ उड्यो जहाज

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक भारतका लागि सिधा उडान भएको छ। श्री एयरलाइन्सको जहाजले मंगलबार दिउँसो पोखराबाट भारतको मध्यप्रदेशस...

बौद्धमा ‘पोल्याण्ड’ धन्दा, फोहोर थुप्रोबाट पेस्तोल बरामद

काठमाडौं । काठमाडौंको बौद्ध क्षेत्रमा लागुऔषध र हतियार कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट १२ केजी ‘पोल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending