नवलपुर। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेको ओरालोमा बस अनियन्त्रित भई दुई वटा सवारी साधनसँग ठोक्किँदा १३ जना घाइते भएका छन् ।
बुधबार बिहान नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख १९१० नम्बरको बस सोही दिशातर्फ जाँदै गरेको प्र.१–०१–००१ ख ३७५९ नम्बरको अर्को बस र विपरीत दिशाबाट आइरहेको बा.प्र.०३–००१ ख १०४९ नम्बरको ट्रकसँग ठोक्किएर सडकमा पल्टिएको नवलपुर प्रहरीले जनाएको छ ।
उक्त बसमा सवार ४३ यात्रुमध्ये १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए।
घाइते हुनेहरूमा बर्दिया बासगढी नगरपालिका–५ की ३१ वर्षीया चन्द्रकला आचार्य, उहाँकी ५५ वर्षीया आमा जोमीसरा शर्मा, २० वर्षीय सञ्जिव थारु, ३१ वर्षीया निता थारु, उनकी ६ वर्षीया छोरी अनुशा तथा ३८ वर्षीय हरि दर्लामी मगर रहनुभएको छ ।
त्यस्तै, कैलाली टीकापुर नगरपालिका–१ की ४० वर्षीया कमला दमाई, बाँके राप्तीसोनारी गाउँपालिका–५ का ४४ वर्षीय पिमा थारु, कोहलपुर नगरपालिका–११ का २१ वर्षीय केशव शर्मा, सल्यान बनगाड कुपिण्डे नगरपालिका–३ की १९ वर्षीया चेतना पुन मगर, काभ्रे बनेपा नगरपालिका–१२ की २६ वर्षीया मुना भुजेल, तथा कैलाली घोडाघोडी नगरपालिका–१ सुखडकी २८ वर्षीया पुजा चौधरी र उहाँकी ७ महिनाकी छोरी क्रिसा घाइते हुनुभएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ८ जनालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ भने अन्यको विनयी त्रिवेणी आधारभूत अस्पताल दुम्किबासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ६ गते, २०८३ - १०:४४
काठमाडौँ । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजे बस्दैछ । मङ्गलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ता...
जेष्ठ ६ गते, २०८३ - १०:२६
काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल २० दिनका लागि बिदामा बसेकी छन् । प्रधानन्यायाधीशमा डा। मनोजकुमार शर्माको नियुक्तिपछि उनल...
जेष्ठ ६ गते, २०८३ - १०:१०
दमक। झापाको हल्दीबारी गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीक...
जेष्ठ ६ गते, २०८३ - ०९:४३
नवलपुर। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेको ओरालोमा बस अनियन्त्रित भई दुई वटा सवारी साधनसँग ठोक्किँदा १३ जना...
जेष्ठ ५ गते, २०८३ - १७:५६
काठमाडौं । सरकारले प्रत्यायोजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गर्ने निर्णय गर...
जेष्ठ ५ गते, २०८३ - १७:४०
काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमति सम्बन्धी विषय सर्वोच्च अदालत पुगेको छ। देउवाले आफूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको भ...
जेष्ठ ५ गते, २०८३ - १७:३४
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने परिवारलाई प्रति परिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने न...
जेष्ठ ५ गते, २०८३ - १७:२५
काठमाडौं । सरकारले स्वीजरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नगरपालिका राज...
जेष्ठ ५ गते, २०८३ - १७:१८
काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विपक्षी दलले आफ्नै भाषा र दस्तावेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नुपर्ने बताएको छन्। मङ्गलवार प्र...
जेष्ठ ५ गते, २०८३ - १६:५७
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रीपरिषद बैठक जारी छ। प्रधानमन्त्री शाहको निजी सचिवालयका अनुसार दिउँसो ४ बजेका लागि बोलाएको बैठक क...



प्रतिकृया लेख्नुहोस्: