Khabar Dabali ६ जेष्ठ २०८३ बुधबार | 20th May, 2026 Wed
Investment bank

हिलो र धुलो हट्यो, बिम गाउँका पदमार्ग अब पक्की

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका तल्लोगाउँ र डाँडागाउँमा कच्ची पैदलमार्गलाई ढलान गरेर पक्की बनाइएको छ। गाउँको सौन्दर्य बढाउने र स्थानीयलाई सहज आवतजावत गराउने उद्देश्यले पदमार्ग निर्माण गरिएको हो।

स्थानीय मङ्गली पुनका अनुसार पक्की पदमार्ग बनेपछि हिलो, धुलो र चिप्लिएर लड्ने समस्या हटेको छ। “पहिले उकालो–ओरालोमा भारी बोकेर हिँड्न निकै गाह्रो थियो, अहिले गाउँ सफा पनि देखिएको छ र हिँडडुल पनि सहज भएको छ,” उनले भनिन्।

बर्खामा झाडीमा भिज्दै हिँड्नुपर्ने र सर्पको जोखिमसमेत रहने समस्या अब कम भएको स्थानीयको भनाइ छ। पदमार्ग बनेपछि बिम र डाँडागाउँका दुई सयभन्दा बढी घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन्। बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष सहज भएको बताइएको छ।

गण्डकी प्रदेश सरकारको सहयोगमा आर्थिक वर्ष २०८०–८१ देखि सुरु भएको योजना चालु आर्थिक वर्षमा पूरा गरिएको हो। पहिलो चरणमा ३० लाख रुपैयाँ बजेटबाट तल्लोगाउँमा ४२५ मिटर र डाँडागाउँमा २५० मिटर पदमार्ग निर्माण गरिएको थियो। त्यसपछि थप बजेटमार्फत नालीसहित थप पदमार्ग निर्माण गरिएको एकीकृत सेवा कार्यालयले जनाएको छ।

इन्जिनियर सुमन बोगटीका अनुसार चालु आर्थिक वर्षमा मात्रै डाँडागाउँमा ५५० मिटर पदमार्ग निर्माण गरिएको छ। ढुङ्गा बिछ्याएर तथा उकालोमा सिँढी बनाएर ढलान गरिएको पदमार्ग एक दशमलव १० देखि एक दशमलव २० मिटर चौडाइको छ।

स्थानीयका अनुसार अब पदमार्गमा मोटरसाइकल र साइकलसमेत सञ्चालन गर्न सकिने भएको छ। बिम र डाँडागाउँ धार्मिक तथा पर्यटकीयस्थल मालिका र प्रभुचेला धुरीको फेदीमा पर्ने बस्ती हुन्। यहाँबाट गुर्जा हिमालको आकर्षक दृश्यसमेत अवलोकन गर्न सकिन्छ।

गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले गाउँलाई सरसफाइमा नमूना बनाउने उद्देश्यले पदमार्ग निर्माणमा बजेट विनियोजन गरिएको बताए। साथै खारा–बिम सडक स्तरोन्नति योजनाअन्तर्गत बस्तीभित्रको सडक पनि कालोपत्र गरिने जानकारी दिएका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ललितपुरमा नक्कली ‘ब्ल्याक लेबल’ कारखानामा छापा, चार जना पक्राउ

ललितपुर । सशस्त्र प्रहरी बलले ललितपुरमा सञ्चालन भइरहेको नक्कली ब्रान्डेड मदिरा उत्पादन केन्द्रमा छापा मारेर चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने...

वर्षासँगै पहिरोका कारण देशका मुख्य राजमार्गमा यातायात प्रभावित

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग प्रभावित बनेका छन्। नेपाल प्रहरीले बुधबार बिहान सार्वजनिक गरेको विव...

२२ वर्षपछि आर्सनल च्याम्पियन, सिटीको बराबरीले टुट्यो उपाधि खडेरी

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले २२ वर्षपछि ऐतिहासिक उपाधि जितेको छ। लगातार तीन सिजन उपविजेतामा सीमित बनेको आर्सनलले अन्ततः लामो प्रतीक्षाको...

ट्रम्प फर्किएको चार दिनमै किन चीन पुगे पुटिन ?

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर फर्किएको चार दिनमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङ पुगेका छन्। यो भ्रमणलाई विश्व ...

प्रतिनिधिसभाको बैठक बस्दै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल केन्द्रित हुने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावब...

युद्धविरामकै बीच लेबनानमा इजरायली आक्रमण, १९ जनाको मृत्यु

काठमाडौं । इजरायलले दक्षिणी लेबनानमा गरेको हवाई आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा महिला र बालबाल...

हिलो र धुलो हट्यो, बिम गाउँका पदमार्ग अब पक्की

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका तल्लोगाउँ र डाँडागाउँमा कच्ची पैदलमार्गलाई ढलान गरेर पक्की बनाइएको छ। गाउँको सौन्दर्य बढाउने र स्थानीय...

कार्की प्रकरणमा ‘सत्यतथ्य छानबिन होस्’ भन्ने आशिका तामाङको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सांसद कृष्णकुमार कार्कीमाथि सामाजिक सञ्जालमा उठेको विवादबारे निष्पक्ष छानबिन गर्न माग गरेक...

पोखराबाट पहिलो पटक भारत सिधा उडान, बिरामी बोकेर भोपालतर्फ उड्यो जहाज

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक भारतका लागि सिधा उडान भएको छ। श्री एयरलाइन्सको जहाजले मंगलबार दिउँसो पोखराबाट भारतको मध्यप्रदेशस...

बौद्धमा ‘पोल्याण्ड’ धन्दा, फोहोर थुप्रोबाट पेस्तोल बरामद

काठमाडौं । काठमाडौंको बौद्ध क्षेत्रमा लागुऔषध र हतियार कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट १२ केजी ‘पोल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending