काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थप्रेरित गतिविधिले निरंकुशताको झल्को दिने चेतावनी दिएकी छन्।
शनिबार कानुन दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले न्यायपालिकालाई डर, दबाब र प्रभावबाट मुक्त भएर काम गर्नुपर्ने बताइन्। दुई तिहाइ सरकार वा महाभियोगको त्रासबाट समेत नडराई न्याय सम्पादन गर्न उनले न्यायाधीशहरूलाई आग्रह गरिन्।
“डर र प्रभावमा न्याय सम्भव छैन,” उनले भनिन्, “चाहे त्यो दुई तिहाइ सरकारको डर होस् वा महाभियोगको।”
उनले संविधानलाई केवल कानुनी दस्तावेज नभई नागरिकको जीवनपद्धतिको आधारका रूपमा व्याख्या गर्दै संवैधानिक सर्वोच्चतामाथि हस्तक्षेप हुन नहुने बताइन्। अख्तियारी र विधिको प्रयोगको नाममा ‘आज्ञाकारी न्यायपालिका’ निर्माण गर्ने प्रयास भइरहेको हो कि भन्ने गम्भीर प्रश्न पनि उनले उठाइन्।
मल्लले न्यायपालिकालाई धम्क्याउने, तर्साउने वा दबाबमा राख्ने प्रयासले अन्ततः लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने चेतावनी दिइन्। “एउटालाई खाने बाघले अर्कोलाई नखाला भनेर भन्न सकिन्न,” भन्दै उनले शक्तिको दुरुपयोगप्रति सचेत गराइन्।
संविधान संशोधन वा परिवर्तनका नाममा विधिको शासनमाथि प्रहार हुन नहुने उनको भनाइ थियो। संविधानविपरीत गरिने कार्यलाई क्रान्ति वा परिवर्तन भन्न नमिल्ने उल्लेख गर्दै उनले संवैधानिक मर्यादा र न्यायिक स्वतन्त्रताको रक्षा गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताइन्।
सम्बोधनका क्रममा उनले न्यायपालिकालाई सक्षम बनाउन स्रोत–साधन आवश्यक रहेको उल्लेख गर्दै न्यायपालिका संविधानको “स्पिरिट” र सरकारको “स्पिड” दुवैमा चल्न सक्ने धारणा राखिन्।
कार्यक्रममा उनले संविधानवाद, विधिको शासन, नागरिक अधिकार र न्यायपालिकाको स्वतन्त्रता जोगाउन सञ्चारमाध्यम, नागरिक समाज र सरोकारवालाहरूलाई पनि अपिल गरेकी थिइन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३ गते, २०८३ - ०८:५१
काठमाडौं । आज विश्वभर विश्व खडेरीविरुद्ध संघर्षको दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रत्येक वर्ष जुन १७ तारिखका दिन मनाइने यो दिवस यस वर्ष “चरन...
आषाढ़ ३ गते, २०८३ - ०८:४५
काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप २०२६ को पहिलो खेलमै ह्याट्रिक गर्दै सनसनीपूर्ण प्रदर्शन गरेका छन् । अमेरिकाको कान्सास सिट...
आषाढ़ ३ गते, २०८३ - ०८:४१
कैलाली । कर्णाली नदीको दौलतपुरघाटमा कैलाली र बर्दियालाई जोड्ने झोलुङ्गे पुल सम्झौता समयभन्दा झन्डै दुई वर्षअघि नै निर्माण सम्पन्न भएको छ । दुई वर्षभित...
आषाढ़ ३ गते, २०८३ - ०८:३२
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकअन्तर्गत दरवाङ...
आषाढ़ ३ गते, २०८३ - ०८:२६
काठमाडौं । नेपालको बहुप्रतीक्षित नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आयोजनाले सुरुङभित्रका अधिकांश निर्...
आषाढ़ ३ गते, २०८३ - ०८:१५
म्याग्दी । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–३ मा पर्ने डाडाँगाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण बस्तीका रूपमा परिचित छ। दुईतर्फ भिरालो पाखाले घेरिएक...
आषाढ़ ३ गते, २०८३ - ०८:११
कैलाली । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नतिजामा आधारित अनुदान तथा शिक्षक–विद्यार्थी प्रोत्साहन कार्यक्रम ...
आषाढ़ ३ गते, २०८३ - ०८:०९
काठमाडौं । चितवनबाट एक किशोरलाई अपहरण गरी काठमाडौं ल्याएर फिरौती माग्ने पाँच भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। अपहरणमा परेका १६ वर्षीय रिसब गु...
आषाढ़ ३ गते, २०८३ - ०८:०८
रूपन्देही/दाङ । सामाजिक सञ्जालमा खुकुरी देखाएर युवतीलाई धम्काउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि दाङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। तुलसी...
आषाढ़ ३ गते, २०८३ - ०८:०१
सिरहा । धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथिको पुल निर्माण सुरु भएको करिब डेढ दशक बितिसक्दा पनि सम्पन्न हुन नसक्दा स्थानीयवासी निराश र आक्रोशित बनेका ...



प्रतिकृया लेख्नुहोस्: