चितवन । अविरल वर्षासँगै पहिरोको जोखिम बढेपछि स्थानीय प्रशासनले आज राति १० बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड तथा चितवनतर्फ पर्ने पृथ्वी राजमार्गमा सवारी आवागमन रोक्ने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनाअनुसार चितवनका विभिन्न क्षेत्रसँगै धादिङमा समेत पहिरो खस्ने जोखिम उच्च रहेकाले यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै रातिको समयमा सवारी सञ्चालन बन्द गर्न लागिएको हो।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा सम्भावित बाढी–पहिरोका कारण रातिको यात्रा जोखिमपूर्ण हुने भएकाले अर्को सूचना जारी नभएसम्म राति १० बजेदेखि बिहानसम्म सवारी सञ्चालन रोक्ने व्यवस्था गरिएको उल्लेख छ।
प्रशासनले अत्यावश्यक यात्रा गर्नुपर्ने अवस्थामा नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ।
यसअघि पनि शनिबार राति यही सडकखण्डमा पहिरोको जोखिमका कारण सवारी आवागमन अस्थायी रूपमा रोकिएको थियो। लगातार वर्षा भइरहेकाले नारायणगढ–मुग्लिन सडक प्रयोग गर्ने चालक तथा यात्रुलाई मौसम र सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ४ गते, २०८३ - ०८:३६
काठमाडौं । काठमाडौं उपत्यकामा शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीले पछिल्लो २४ घण्टामा ७० जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका प...
श्रावण ४ गते, २०८३ - ०८:३०
दाङ । दाङको घोराही उपमहानगरपालिका–१८ स्थित एक सामुदायिक वनमा विश्वकै सबैभन्दा लामो विषालु सर्प राज गोमन (किङ कोब्रा) को दुर्लभ गुँड फेला परेको छ। नेपा...
श्रावण ४ गते, २०८३ - ०८:२३
काठमाडौं । नदी किनारका सुकुम्बासी बस्ती बाढीको उच्च जोखिममा रहेको भन्दै सरकारले केही महिनाअघि काठमाडौंका विभिन्न स्थानमा डोजर चलाएर हजारौं परिवारलाई व...
श्रावण ४ गते, २०८३ - ०८:०७
जलाभिषेक, पूजा–आराधना र व्रतका लागि बिहानैदेखि लामबद्ध श्रद्धालु
श्रावण ४ गते, २०८३ - ०७:५८
बगदाद । उत्तरी इराकमा शनिबार भएको इरानी आक्रमणमा एक अमेरिकी सैन्य सदस्यको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ। जोर्डनस्थित सैन्य बेसमा भएको आक्र...
श्रावण ४ गते, २०८३ - ०७:५१
काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार ...
श्रावण ४ गते, २०८३ - ०७:४६
काठमाडौं । अविरल वर्षासँगै आएको बाढी, पहिरो र उच्च जोखिमका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। कतिपय सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने स...
श्रावण ४ गते, २०८३ - ०७:३८
काठमाडौं । देशभर मनसुनी प्रणाली केही कमजोर बन्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि...
श्रावण ३ गते, २०८३ - १९:५९
प्यूठान । झिमरुक खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। गौमुखी गाउँपालिका-४ वाग्लिवाङ स्थायी घर भइ प्यूठान नगरपालिका-४ बिजुवारमा बस्ने ४२ वर्षीय राजेश ...
श्रावण ३ गते, २०८३ - १९:५८
जनकपुरधाम । धनुषाको ढल्केवरमा चार महिनाको अन्तरालमा दुई महिलाको रहस्यमय मृत्यु भएपछि त्यहाँ सञ्चालित केही होटल तथा गेष्टहाउसको गतिविधिमाथि गम्भीर प्रश...



प्रतिकृया लेख्नुहोस्: