Khabar Dabali २२ बैशाख २०८३ मंगलवार | 5th May, 2026 Tue

जनचासोका विषय केन्द्रित भएर छलफल गर्न कानुनमन्त्री गौतमको आग्रह

खबरडबली संवाददाता

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनचासोको विषयमा केन्द्रित भएर छलफल गर्न सांसदलाई आग्रह गरेको छिन् ।

सोमबार सिंहदरबारमा बसेको सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले संसद् र संसदीय समितिलाई प्रभावकारी बनाउन पनि सांसदले विषय केन्द्रित छलफल गर्न आवश्यक रहेको प्रष्ट्याएको हो ।

मन्त्री गौतमले सांसदले विषय केन्द्रित भएर छलफल गरेमात्रै सरकार त्यसको जवाफ दिन बाध्य हुने समेत बताउनुभयो । सरकार सांसदले उठाएका हरेक विषयवस्तुमा संवेदनशील रहेको मन्त्री गौतमको भनाइ थियो ।

उनले सरकारबाट स्पष्ट जवाफको अपेक्षा गर्न पनि सांसदहरुले विषयवस्तु केन्द्रित भएर छलफल गर्न आवश्यक रहेको तथ्य पनि स्मरण गराइन्।

उनले भनिन्, “मैले जवाफ दिने सवालमा चाहिँ अबदेखि हामी एजेण्डा केन्द्रित भएर परपर्ली आयौँ भने, तयारीका साथ आउँदाखेरी सरकारले पनि यसमा के हो भनेर सरकारले पनि पोजिसन तयार गरेर तपाईंको प्रश्नको जवाफ सरकारले स्पष्टसँग लिएर आउन सक्छ । त्यसकारण मैले एजेण्डा केन्द्रित भएर छलफल गर्न माननीय सदस्यज्युलाई आग्रह गरेँ । अर्को समय व्यवस्थापनमा काम गर्न सकिएन भने जस्तो संसद्को बैठकलाई नै हेरौँ । संसद्मा हरेक माननीय सदस्यहरुलाई बोल्नका लागि समय छुट्टयाइएको हुन्छ । तर समिति चाहिँ त्यसरी बोल्ने अभ्यास हामीले गरिरहेका छैनौँ । यसको मर्म के हो भने समितिमा विषयवस्तुहरू राख्दाखेरी साह्रै समयको पाबन्दी नहोस् भन्ने हो । तर यहाँ पनि अनुशासनको सीमा भित्र रहेनौ र भनेको भनेकै गयौ भने बैठक त हामीले जति पनि लम्ब्याउन सक्छौ नि । विषयवस्तु एजेन्डाभित्र राख्दै गर्दा अरुले राखेको भन्दै छुट्टै खालको एजेण्डामा छलफल गर्दा बैठकलाई हामीले प्रभावकारी बनाउन सक्छौ भन्ने मलाई लाग्छ । सरकार तपाईँले उठाउनुभएको हरेक विषयमा संवेदनशील छ । तर यहाँ उठान भएका विषयवस्तु एउटा फ्रेममा बसेर उठान गरियो भने यसलाई प्रभावकारी बनाउन सक्छौ । हाम्रो उद्देश्य भनेको जनताका चासोका विषयलाई कुनै न कुनै तरिकाले सम्बोधन गर्नु हो । संसद्को नियममा रहेर काम गरौँ, जसले गर्दा यसको कामलाई प्रभावकारी बनाउन सकियोस् भन्ने म आग्रह गर्न चाहन्छु ।”

मन्त्री गौतमले संसद् र संसदीय समितिको कामलाई प्रभावकारी बनाउनका लागि सांसदले समयसीमालाई पनि ख्याल गर्न जरुरी रहेको बताइन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नागढुंगा सुरुङमार्ग साउन दोस्रो साताबाट सञ्चालनमा ल्याउन निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले नागढुंगा सुरुङमार्ग साउनको दोस्रो सातादेखि सञ्चालनमा ल्याउन निर्देशन द...

संवैधानिक र कानूनी दायराभित्र रहेर गरिने हरेक अनुसन्धानमा मेरो पूर्ण सहयोग रहनेछ: मुख्यमन्त्री बाँनिया

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयहरूमा गरिएको छापामारीप्रति आपत्ति जनाएका छन्। सोमबार जारी विज्ञप्ति...

अध्यादेशमार्फत शासन सञ्चालन गर्नु सरकारको स्वेच्छाचारिता हो: सांसद नेम्वाङ

काठमाडौँ । नेकपा (एमाले) का सांसद सुहाङ नेम्वाङले सरकारले संसद् र संसदीय समितिको उपेक्षा गर्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्नु लोकतान्त्रिक मूल्यमान...

संविधान संशोधन बहसपत्रका लागि कार्यदलले पूर्वराष्ट्रसेवकसँग परामर्श गर्ने

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले मंगलबार संवैधानिक निकायका पूर्वप्रमुख, पूर्वमुख्य सचिव, परराष्ट्रविद् तथा पूर्वप्रशा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै गरेको जनाएको छ । उक्त प्रणालीले उपत्यकासहित बागमती प्रदेश ...

मनाङ आउने पर्यटक घटे, होटल बुकिङ कमजोर

मनाङ। यस वर्षको पर्यटकीय सिजनमा मनाङ आउने पर्यटकको संख्या गत वर्षको तुलनामा घटेको छ । अन्तर्राष्ट्रिय परिस्थितिमा देखिएको अस्थिरता तथा विभिन्न देशमा भ...

मधेश समुदायमा मृत्युमा सभा भोज झन् भड्किलो र प्रतिस्पर्धात्मक

राजविराज। तराई मधेशका धेरै समुदायमा परम्परागत रूपमा गरिँदै आएको मृत्यु भोज पछिल्लो समय सप्तरी जिल्लामा झन् भड्किलो र प्रतिस्पर्धात्मक बन्दै गएको छ ।  ...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

रुकुम पश्चिम । बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा भएको जिप दुर्घटना परी मृत्यु भएका रुकुम पूर्वका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार गरिएक...

संसद् अधिवेशन कहिले बस्ने भन्ने विषय भोलि टुंगिने

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संघीय संसद्को अधिवेशन कहिले आह्वान हुन्छ भन्ने विषय भोलि टुंगिने बताएका छन्। सोमबार सिंहदरबारस्...

जनचासोका विषय केन्द्रित भएर छलफल गर्न कानुनमन्त्री गौतमको आग्रह

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनचासोको विषयमा केन्द्रित भएर छलफल गर्न सांसदलाई आग्रह गरेको छिन् । सोमबार सिंहदरबारम...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending