वासिङ्टन। अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको ‘डिनर कार्यक्रम’ मा एक हतियारधारी व्यक्तिले आक्रमण गर्ने प्रयास गर्दा ठुलो सुरक्षा घटना भएको छ । प्रारम्भिक जानकारीअनुसार ती व्यक्तिले बन्दुक र चक्कु लिएर कार्यक्रम स्थलको लबी क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेका थिए, जसपछि सुरक्षाकर्मीहरू तत्काल सक्रिय भएका थिए र उनलाई नियन्त्रणमा लिएका थिए ।
घटनाका क्रममा गोली चलेको आवाज सुनिएको थियो र केही अतिथिहरू डराएर टेबलमुनि लुकेका थिए । राष्ट्रपति ट्रम्पलाई सुरक्षाकर्मीहरूले तुरुन्तै सुरक्षित स्थानमा लगेका थिए र उहाँ सकुशल रहेको छन् ।
सुरक्षा अधिकारीहरूसँग भएको मुठभेडमा आक्रमणकारीले गोली हानेको र सुरक्षाकर्मीहरूले पनि जवाफी कारबाही गरेको बताइएको छ । एक सुरक्षा अधिकारीलाई गोली लागेको भए पनि बुलेटप्रुफ ज्याकेटका कारण गम्भीर क्षति हुनबाट जोगिएको छ । आक्रमणकारीलाई घटनास्थलमै नियन्त्रणमा लिइएको छ र उनी एक्लै योजना बनाएर आएको प्रारम्भिक निष्कर्ष छ ।
अमेरिकी सरकारी वकिलका अनुसार उक्त संदिग्धविरुद्ध हिंसात्मक अपराधका क्रममा हतियार प्रयोग गरेको र सङ्घीय सुरक्षाकर्मीमाथि खतरनाक हतियार प्रयोग गरी आक्रमण गरेको आरोप लगाइनेछ । उनलाई सोमबार राजधानीस्थित सङ्घीय अदालतमा पेश गरिनेछ ।
समाचार स्रोतका अनुसार घटना अचानक भएको भए पनि सुरक्षाकर्मीहरूको तत्काल प्रतिक्रियाका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको छ । अहिले घटनाबारे विस्तृत अनुसन्धान जारी छ र सुरक्षालाई अझ कडा बनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८३ - १५:३४
काठमाडौं । आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा ...
आषाढ़ २६ गते, २०८३ - १५:१८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन ‘अनन्त’ले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारसँग जवाफ माग गरेका छन्। ...
आषाढ़ २६ गते, २०८३ - १५:०१
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकार नागरिकमा आशा जगाउनेभन्दा त्रासको प्रतीक बन्दै गएको टिप्पणी गरेका छन्। मुगुका गणेश न...
आषाढ़ २६ गते, २०८३ - १४:५१
काठमाडौं । राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। शुक्रबार बसेको राष्ट्रिय सभा बैठकको शून्...
आषाढ़ २६ गते, २०८३ - १४:२९
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले जनतामाथि कर र जरिवाना थोपर्दा नागरिकको जीवन सुरक्षित हुन नसकेको ...
आषाढ़ २६ गते, २०८३ - १४:२०
काठमाडौं । आत्मदाह प्रयासपछि निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको शव पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको छ। वीर अस्पतालका सूचना अधिकारी डा। ...
आषाढ़ २६ गते, २०८३ - १४:०३
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आत्मदाह प्रयासपछि निधन भएका मुगुका गणेश नेपालीको मृत्युको घटना समाज, राज्य र सामूहिक चेतनालाई झस्क...
आषाढ़ २६ गते, २०८३ - १३:५८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको जिम्मेवारी सरका...
आषाढ़ २६ गते, २०८३ - १३:५२
काठमाडौं । नेकपा एमालेले राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि निधन भएका गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ। शुक्रबार बसे...
आषाढ़ २६ गते, २०८३ - १३:४७
राज्यको असफलताका कारण युवाहरूले मृत्यु रोज्नुपर्ने अवस्था आयो



प्रतिकृया लेख्नुहोस्: