Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

कानुनी परिपालना गर्न औद्योगिक प्रतिष्ठानलाई विभागको निर्देशन

खबरडबली संवाददाता

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्काल सुधार गर्न निर्देशन दिएको छ ।

व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र र श्रम तथा रोजगार कार्यालयले ३२ वटा औद्योगिक एवं व्यावसायिक प्रतिष्ठानमा अनुगमनका क्रममा देखिएका समस्या सुधार्न निर्देशन दिएको हो । रोजगार कार्यालयहरूबाट २७ प्रतिष्ठान र विभागबाट गठन भएका दुई टोलीबाट पाँच प्रतिष्ठानमा अनुगमन गरिएको थियो ।

विभागका प्रवक्ता मणिनाथ गोपका अनुसार अनुगमनका क्रममा केही प्रतिष्ठानमा न्यूनतम पारिश्रामिकको कार्यान्वयन नभएको, नियमित श्रम अडिट नभएको, सामाजिक सुरक्षा कोषमा सूचीकरण नभएको लगायत समस्या पहिचान भएका छन् । त्यस्ता प्रतिष्ठानलाई श्रम ऐन, २०७४ तथा श्रम नियमावली, २०७५ र प्रचलित कानूनको परिपालना गरी तत्काल सुधार गर्न निर्देशन दिइएको उनले बताए।

श्रम ऐन तथा नियमावली र प्रचलित कानुनको पालना भए नभएको सम्बन्धमा गरिएको अनुगमनका क्रममा विशेषगरी नेपाल सरकारबाट तोकिएको न्यूनतम पारिश्रामिकको कार्यान्वयनको अवस्था, व्यवसायिक सुरक्षा तथा स्वास्थ्यको अवस्था, बाल श्रमको अवस्था, सामाजिक सुरक्षा कोषमा आबद्धताको अवस्था, नियमित श्रम अडिट भएरनभएको अवस्था लगायत विषयमा निरीक्षण भएको विभागले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नाम टिपाउन रंगशालामा पुगे नयाँ सुकुमबासी, अपेक्षाभन्दा बढीको नाम दर्ता

काठमाडौं। संघीय सरकार र काठमाडौं महानगरपालिका ले सुकुमबासी बस्ती हटाउन थालेपछि प्रभावित तथा अन्य व्यक्तिहरू दशरथ रंगशालामा नाम दर्ता गराउन पुगेका छन्।...

शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल, स्नातक तह पढ्नलाई नागरिकता नचाहिने

काठमाडौँ। सरकारले मुलुकको समग्र शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत र संरचनागत सुधारका काम अगाडि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्...

उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा व्यावसायिक केराखेती गर्दै आएका किसानले उत्पादनअनुसार उचित मूल्य नपाएको गुनासो गरेका छन् । बजारमा उपभोक्...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुल...

पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द

भोजपुर। भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा भोजपुर–चखेवा सडक पूर्णरूपमा बन्द भएको छ । भोजपुर नगरपालिका–५, बोखिमस्थित चाल्से खोल्सामा शनिबार राति आए...

ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ

काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...

ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ

काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...

ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ

काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...

बाहुनी–परवानीपुर–घारिबथान सडक कालोपत्रे, स्थानीय खुसी

सर्लाही। मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ अन्तर्गत सर्लाहीको चुरेभेगस्थित बाहुनी–परवानीपुर–घारिबथान सडक कालोपत्रे भएको छ ।  चुरेपा...

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

अर्थपूर्ण संवाद गर्न मानवअधिकार एलायन्सको आग्रह

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending