सर्लाही। मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ अन्तर्गत सर्लाहीको चुरेभेगस्थित बाहुनी–परवानीपुर–घारिबथान सडक कालोपत्रे भएको छ ।
चुरेपाखाको फेदीमा पर्ने लालबन्दी नगरपालिका–११, बाहुनी चोकदेखि सेतीभीर हुँदै लालबन्दी १५ को सतभैया, चिसापानी, परवानीपुर, झरझरा, देउरालीबाट ईश्वरपुर नगरपालिका–१२, घारिबथानसम्मको सडक कालोपत्रे भएको हो ।
पूर्वपश्चिम राजमार्गको विकल्पको रुपमा चुरेपाखा तल कालोपत्रे सडक निर्माण भएसँगै स्थानीय खुसी भएका छन् । अब घारिबथानदेखिका स्थानीयलाई चुरेपाखाको फेदी नै फेदी भएर लालबन्दी बजारसम्म कालोपत्रे सडक हुँदै आउन हुने भएको छ ।
अहिले पूर्वपश्चिम राजमार्ग विस्तारको क्रममा धुलाम्मे रहेकाले घारिबथान, परवानीपुर क्षेत्रका धेरैजसो स्थानीयले लालबन्दी बजारसम्म आउन भर्खरै कालोपत्रे भएको बाहुनी–परवानीपुर–घारिबथान सडक नै प्रयोग गर्न थालेका छन् ।
यही सडक भएर यात्रा गरेका ईश्वरपुर नगरपालिका–१२, घारिबथानका गणेश बुढाथोकीले विकट क्षेत्रमा पक्की सडक भएसँगै यात्रा गर्न सहज भएको भन्दै खुसी व्यक्त गरे।
चुरेफेदीका गाउँहरुमा क्रमिक रुपमा पक्की सडक पुगेर जनजीवन सहज भए पनि खानेपानी र सिँचाईको असाध्य समस्या भएकाले यसतर्फ पनि ध्यान दिन उहाँले सम्वन्धित निकायलाई आग्रह गरेको छन्।
लालबन्दी नगरपालिका १५ का वडाध्यक्ष गोरखबहादुर बलले बाहुनी–परवानीपुर–घारिबथान सडक कालोपत्रे भएसँगै चुरेफेदीका गाउँको मुहार फेरिएको बताए।
यसअघि ग्राभेल बाटो रहेको ठाउँमा अहिले पक्की सडक बनेसँगै लालबन्दी बजारसम्म आउन तथा तरकारी र अन्य कृषि उपज बिक्रीका लागि ल्याउन सहज भएको वडाध्यक्ष बलले जानकारी दिए।
वडाध्यक्ष बलका अनुसार बाहुनी चोकदेखि घारिबथानसम्मको सडक खण्ड अन्तर्गत अब लालबन्दी १५ मा पर्ने देउराली डाँडादेखि फूलजोर खोलासम्म करिव ५०० मिटर सडक भने कालोपत्रे हुन बाँकी छ ।
देउराली डाँडाको ओरालोमा सडक साँघुरो रहेकाले त्यहाँ भने अली पछी ढुङ्गाको पर्खाल बनाएर सडक फराकिलो पारेर मात्र कालोपत्रे गरिने वडाध्यक्ष बलले बताए।
यही सडक अन्तर्गत परवानीपुरस्थित कालिन्जोर खोलामा गत वर्ष पक्की पुल निर्माण भइसकेको छ । अब बाँकी रहेको फूलजोर खोलामा पनि पुल निर्माणका लागि प्रक्रिया अघि बढिसकेको पूर्वाधार विकास कार्यालय मलङ्गवाले जनाएको छ ।
मधेश प्रदेश सभा सदस्य बेची लुङ्गेलीले सर्लाही १ ९ख० को चुरेभेगका सम्पूर्ण नागरिक लाभान्वित हुने गरी बाहुनी–परवानीपुर–घारिबथान सडक कालोपत्रे गरिएको जानकारी दिए।
उनले भने–“ऐतिहाँसिक यो सडक कालोपत्रे भएसँगै मेरो निर्वाचन क्षेत्र अन्तर्गत चुरभेगका दर्जनौँ बस्तीका वासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् ।”
बाहुनी–परवानीपुर–घारिबथान सडक कालोपत्रेका लागि एस।आर। कन्ष्ट्रक्सन बामगती सर्लाहीले १३ करोड १२ लाख ३७ हजार ५०३ रुपियाँ २३ पैसामा ठेक्का सकार गरेको छ ।
पूर्वाधार विकास कार्यालय मलङ्गवाका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर बिजय यादवका अनुसार भर्खरै कालोपत्रे भएको सडकमा स्पीड लिमिट बोर्ड, पेन्टिङलगायतका केही काम मात्र बाँकी छन् । सिडिई यादवका अनुसार बाहुनी–परवानीपुर–घारिबथान सडक अक्सफाल्ट प्रविधिबाट कालोपत्रे भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३ गते, २०८३ - १७:२४
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य, तर्क, अध्ययनसहित सशक्त रूपमा संसद्मा प्रस्तुत गर्न आफ्ना सङ्घ...
श्रावण ३ गते, २०८३ - १७:१६
काठमाडौं । रुकुम पूर्व केन्द्रबिन्दु भएर आइतबार साँझ ५.० म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार...
श्रावण ३ गते, २०८३ - १६:५०
काठमाडौं । प्रहरीको लागुऔषध कानुन कार्यान्वयन ब्युरोले काठमाडौंको टेकुमा गोली प्रहार गरी तीन जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। ब्युरो प्...
श्रावण ३ गते, २०८३ - १६:४२
काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले काभ्रेपलाञ्चोकको धुलिखेल–११ स्थ...
श्रावण ३ गते, २०८३ - १६:२६
काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा ब्यालिस्टिक क्षेप्यास्त्रसहित ठूलो मात्रामा आक्रमण गरेको छ। यो रुस–युक्रेन युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आ...
श्रावण ३ गते, २०८३ - १६:१३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवास नेपाली सम्पर्क विभाग, जापानले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले फेसबुक लाइभमार्फत दिएको अ...
श्रावण ३ गते, २०८३ - १६:०६
काठमाडौँ। प्रतिनिधिसभा, अर्थ समितिले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ । ...
श्रावण ३ गते, २०८३ - १५:५६
बाँके। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जडान गरिएको पूर्वसूचनामा आधारित सेन्सर साइरनले मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा प्रभावकारी भूमिका...
श्रावण ३ गते, २०८३ - १५:४२
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश जाने नेपाली युवाको संख्या अघिल्लो वर्षको तुलनामा अहिले बढेको भए पनि ...
श्रावण ३ गते, २०८३ - १५:२६
राजविराज । सप्तरी कारागारभित्र भएको कुटपिट, अनशन र आत्मदाह प्रयासको घटनाको सत्यतथ्य छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको...



प्रतिकृया लेख्नुहोस्: