Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

मनोहरामा चर्च पनि भत्काइएको भन्दै क्रिस्चियन अभियन्ताको विरोध, अर्को ठाउँ दिन माग

खबरडबली संवाददाता

काठमाडौं । भक्तपुरस्थित मनोहरा बस्तीमा निर्माण भएका अवैध घर-टहरा सरकारले आइतबार हटायो । त्यसक्रममा बस्तीभित्र रहेको मनोहर चर्च पनि भत्काइएपछि क्रिस्चियन धर्मावलम्बीहरू असन्तुष्ट बनेका छन् । चर्चका लागि अर्को ठाउँ दिनुपर्ने उनीहरूको माग छ ।


नेपाल प्रेसको सम्पर्कमा आएका मनोहर भजन मण्डल (चर्च) का सचिव मुक्तिराज राईले क्रिस्चियन धर्मावलम्बीको धार्मिक संवेदनशीलता माथि प्रहार भएको बताए । उनले भने, ‘चर्च भत्काएपछि जाने ठाउँको टुंगो दिनुपर्थ्यो ।’

आइतबार भत्काइएको मनोहरा बस्तीका ४५ प्रतिशत बासिन्दा क्रीस्चियन धर्म मान्ने उनको दावी छ । चर्चमा नियमित आवतजावत गर्ने ३ सय धर्मावलम्बी अब कहाँ जाने भन्ने प्रश्न उठेको उनले बताए ।

‘अघिल्लो दिन माइकिङ भयो, भोलिपल्ट भत्काइयो’, राई भन्छन्, ‘त्यहाँका बासिन्दालाई त अन्यत्र राख्ने भनिएको छ, तर धार्मिक प्रतिष्ठानको कुरा के हुन्छ ?’

चर्च भत्किने सूचना पाएपछि राईले त्यहाँका सबै सामान ललितपुर, इमाडोलस्थित आफ्नै घरमा राखेको बताए ।

उनको भनाइ यस्तो छः

सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो पद बहाली गर्नुहुँदा शंख फुकेर मन्त्रोच्चारण गर्नुभयो । हामी उहाँको धर्म र धार्मिक आस्थाको सम्मान गर्छौं । हामीलाई पनि हाम्रो धर्म त्यस्तै प्यारो छ । तर, हामी क्रिस्चियनलाई कौडीको भाउ पनि दिनु भएन । हामीलाई बोलाएको भए, अथवा कुरा गर्नुपर्ने मान्छे तोकेको भए हामी कुरा गर्न तयार थियौँ ।

चर्च भएको जमिन अतिक्रमित स्थान थियो, सरकारले खाली गरायो भन्ने कुरामा हामी सहमत भयौँ, त्यसैले सामान सारिएको छ । तर, चर्च भनेको व्यक्ति होइन । एउटा धार्मिक प्रतिष्ठान हो । देशका लाखौँ जनता यो धर्ममा लागेका छन् । यो क्रिस्चियन समुदायमाथिको आक्रमण हो । सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूलाई पाप-धर्मको ख्याल छ भने तुरुन्तै हाम्रा धार्मिक प्रतिष्ठानको समयोचित व्यवस्थापन गर्नुपर्छ । नत्र, उहाँलाई प्रभुको श्राप लाग्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोजरको लहर: राजधानीदेखि गाउँसम्म अतिक्रमणमाथि ‘एक्सन मोड’

काठमाडौं । केही दिनयता देशभर एउटा दृश्य दोहोरिँदै छ—कतै बिहानैदेखि माइकिङ, कतै प्रहरीको घेरा, अनि केहीबेरमै डोजरको गर्जन। राजधानी उपत्यकाबाट सुरु भएको...

बिहे नगरिदिएको भन्दै छोराले गरे बुबाको हत्या

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकामा छोराले बुबाको हत्या गरेका छन् । घरायसी झगडामा कञ्चन गाउँपालिका वडा नं ४ बेलडाँडा निवासी २४ वर्षिय सुनिल थार...

डोजर अभियानको आँकडा: १,२७२ घर–टहरा भत्किए, अझै सयौँ बाँकी

काठमाडौं । काठमाडौँ उपत्यकामा सुकुम्बासी बस्ती हटाउने अभियानले तीव्र रूप लिँदै जाँदा घर–टहरा भत्काउने क्रम पनि बढ्दो छ। नेपाल प्रहरी का अनुसार हालसम्म...

चट्याङ लागेर प्युठानमा बाबु-छोराको मृत्यु

प्युठान ।  चट्याङ लागेर प्यूठानमा बाबु-छोराको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो। गौमुखी गाउँपालि...

कांग्रेसमा ‘नेता चयन’को अन्तिम घडी: सहमति कि प्रतिस्पर्धा?

काठमाडौं । नेपाली कांग्रेस भित्रको लामो रस्साकस्सी अब अन्तिम मोडमा पुगेको छ। भोलि बस्ने कार्यसम्पादन समितिको बैठकबाट संसदीय दलको नेता टुंगो लगाइने तया...

नयाँ पुस्ताले मनमोहन अधिकारीलाई कसरी सम्झिने?—नारा होइन, कामबाट बनेको विरासत

काठमाडौं । इतिहास केवल मिति र घटनाले बनिँदैन, त्यो मानिसका काम र मूल्यले बाँच्छ। मनमोहन अधिकारी त्यस्ता नेता हुन्, जसलाई सम्झिँदा भाषणभन्दा बढी व्यवहा...

मनोहरामा चर्च पनि भत्काइएको भन्दै क्रिस्चियन अभियन्ताको विरोध, अर्को ठाउँ दिन माग

काठमाडौं । भक्तपुरस्थित मनोहरा बस्तीमा निर्माण भएका अवैध घर-टहरा सरकारले आइतबार हटायो । त्यसक्रममा बस्तीभित्र रहेको मनोहर चर्च पनि भत्काइएपछि क्रिस्चि...

थापाथली, गैरीगाउँ र शान्तिनगरका १४४ परिवार सरकारको सम्पर्कमा

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र नदी किनार, जोखिमयुक्त सार्वजनिक तथा सरकारी जग्गामा निर्माण गरिएका बस्ती हटाउने अभियानलाई तीव्रता दिएको छ । यस...

ढुंगामुढा भएको मनोहरा क्षेत्रमा आज बिहानैबाट डोजर चल्दै

भक्तपुर । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा आज बिहानैदेखि पुनः डोजर प्रयोग गरी घरटहरा भत्काउने काम सुरु गरिने भएको छ। हिजो साँझ स्था...

सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

खोटाङ । भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरिएका १९ योजनाको काम सुरु गर्न निर्माण व्यवसायीले अटेर गरेका छन् । कोशी प्रदेश सरकार, भौतिक ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending