Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

सुनले झपक्कै मन्त्रिपरिषद् : सरकार चल्ला कि सुनकै तौलमा ढल्ला ?

खबरडबली संवाददाता

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो मन्त्रिपरिषद् बैठकभन्दा पहिले सुन तौलिन्छ कि के हो!

प्रधानमन्त्री बालेन्द्र शाहले पत्नी सविनाको पैतृक सम्पत्तिका रूपमा १८० तोला सुनचाँदी देखाएका छन्। ‘सरकार सुनौलो बनाउँछु’ भन्ने नारा सायद अलि बढी नै गम्भीर रूपमा लिइएको हो कि भन्ने आभास हुन्छ।

समग्रमा प्रधानमन्त्रीसहित मन्त्रीहरूको खातामा जम्मा ७८७ तोला सुन मौज्दात छ। अब प्रश्न उठ्छ यो मन्त्रिपरिषद् हो कि ‘गोल्ड रिजर्भ बैंक’? उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीको नाममा पनि १८० तोला सुन छ। उनले रुसमा व्यापार गर्दा कमाएको बताएकी छन्। कूटनीतिक सम्बन्धभन्दा व्यापारिक सम्बन्ध बलियो रहेछ भन्ने सन्देश त यत्तिकैमा बुझ्न सकिन्छ।

गृहमन्त्री सुधन गुरुङ ८९ तोलासहित सुरक्षा मात्र होइन, सुन सुरक्षामा पनि अब्बल देखिन्छन्। श्रममन्त्री रामजी यादव ८० तोला सुनका साथ श्रमिकको पसिना र आफ्नै चमकबीच सन्तुलन मिलाइरहेका छन्। अर्थमन्त्री स्वर्णिम वाग्ले ४५ तोलामा सीमित छन् । नाम ‘स्वर्णिम’, तर सुन अलि संयमित!

परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला, भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल र स्वास्थ्य मन्त्री निशा मेहेतासँग ३०–३० तोला सुन छ। पूर्वाधार बलियो नबन्नु र स्वास्थ्य प्रणाली कमजोर हुनुमा सुन कम परेर त होइन ?

संघीय मामिला मन्त्री प्रतिभा रावल र शिक्षामन्त्री सस्मित पोखरेल २५–२५ तोलामा छन्। शिक्षा र प्रशासन दुबै ‘सुनौलो भविष्य’ को भाषण दिँदैछन्, तर भविष्य कहिले आउने हो, त्यो भने अझै तौलमै छ।

महिला तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीसँग १८ तोला, ऊर्जामन्त्री विराज भक्त श्रेष्ठ र कानुनमन्त्री सोविता गौतमसँग १५–१५ तोला सुन छ। कानुन कडा होस् वा नहोस्, सुन भने मजबुत छ।

संस्कृति मन्त्री खडकराज पौडेल ११ तोलामा सीमित छन् भने सञ्चारमन्त्री विक्रम तिमिल्सिना करिब सात तोलासहित ‘लो–प्रोफाइल’ मा देखिन्छन्। कृषि मन्त्री गीता चौधरी ५ तोलासहित सबैभन्दा ‘मितव्ययी’ देखिएकी छन् । सायद खेतमा फल्ने बाली नै उनको असली सम्पत्ति हो।

अब जनताको मनमा एउटा जिज्ञासा स्वाभाविक छ । देशको ढुकुटी कति छ भनेर भन्दा पहिले मन्त्रीहरूको सुन कति छ भन्ने थाहा पाइने व्यवस्था किन यस्तो पारदर्शी ?

जे होस्, सम्पत्ति विवरण सार्वजनिक हुनु राम्रो संकेत हो । तर आमनागरिकको अपेक्षा यत्ति हो मन्त्रिपरिषद् सुनले होइन, कामले चम्कियोस्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

ग्वाङ्झाउमा एनआरएनएको एसिया प्रशान्त सम्मेलन हुँदै, नेपालमा लगानीदेखि नागरिकताको अधिकारसम्म बहस हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...

कोशी सरकारबाट कांग्रेसका मन्त्री बाहिरिए, नयाँ सत्ता समीकरणले बदलियो प्रदेशको राजनीति

विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending