काठमाडौं । सरकारले डा. गुणाकर भट्ट लाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हाे। अर्थतन्त्र र मौद्रिक नीतिका जानकारका रूपमा परिचित भट्टले अब मुलुकको विकास योजना तर्जुमा गर्ने सर्वोच्च निकायको नेतृत्व सम्हाल्नेछन् ।
डोटीमा जन्मिएका भट्टले करिब अढाई दशक नेपाल राष्ट्र बैंकमा बिताएर कार्यकारुी निर्देशकबाट अवकास पाएका छन् । उनले अर्थ मन्त्रालयमा आर्थिक सल्लाहकारको भूमिकामा पनि काम गरेका थिए । यसअघि उनी राष्ट्र बैंककै कार्यकारी निर्देशक थिए। गभर्नर हुने चर्चाबीच उनले उक्त पदबाट राजीनामा दिएका थिए।
भट्टले राष्ट्र बैंकमा २५ वर्ष विताएका थिए । २०५७ सालमा सहायक निर्देशकको रूपमा राष्ट्र बैंकमा प्रवेश गरेका भट्टले लामो समय राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा जिम्मेवारी सम्हालेका उनले बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग र मौद्रिक व्यवस्थापन विभागमा रहेर काम गरेका थिए।
नीतिगत तथा प्राविधिक दुवै पक्षमा दख्खल राख्ने भट्टले कर्जा सूचना केन्द्रका अध्यक्ष र नेपाल धितोपत्र बोर्ड को सञ्चालक समिति सदस्यका रूपमा समेत काम गरिसकेका छन्। अर्थतन्त्रका जटिल विषयलाई सरल रूपमा विश्लेषण गर्ने क्षमताका कारण उनका विभिन्न लेख तथा विश्लेषणहरू व्यापक रूपमा प्रकाशित हुँदै आएका छन्। उनी काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयमा अतिथि प्राध्यापकका रूपमा पनि आबद्ध छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा



प्रतिकृया लेख्नुहोस्: