काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–दुम्लिङ पुगेर महाकाली नदीमा श्रमदानमार्फत पुल निर्माणको पहल गर्ने घोषणा गरेका हर्क साम्पाङ स्थानीयको पीडा सुनेर भावुक बनेका छन्।
दुम्लिङमा आयोजित सम्मान कार्यक्रममा स्थानीयबासीले तुइन प्रयोगका कारण भोग्नुपरेको दुःख सुनाएका थिए। कार्यक्रममा स्थानीय कौशिला बुढाथोकीले महाकाली नदीमा तुइन हटाएर पुल निर्माण गर्न, सञ्चार सेवा सुधार गर्न तथा बाढी नियन्त्रणका उपाय अपनाउन माग राखिन्। तुइनबाट ज्यान गुमाउने अवस्था अन्त्य हुनुपर्ने उनले जोड दिइन्।
त्यसपछि रोश्ना बुढाथोकीले तुइन दुर्घटनामा छोरा गुमाएको पीडा व्यक्त गरिन्। उनका छोरा नारायण बुढाथोकी गत असार ३१ गते बजारबाट फर्कने क्रममा महाकाली नदीमा खसेर मृत्यु भएको थियो। परिवारका सदस्य गुमाउँदै आएको व्यक्तिगत पीडा उनले सार्वजनिक रूपमा व्यक्त गरिन्।
स्थानीयको सम्बोधनपछि हर्क साम्पाङ भावुक बनेका थिए। उनले पुल निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै सकेसम्म सहयोग गर्ने बताए। ‘तपाईंहरूको पीडा महसुस गरेको छु, पुल बनाउने प्रयास गर्छौं,’ उनले भने।
दुम्लिङ क्षेत्रका बासिन्दा लामो समयदेखि तुइनमार्फत आवतजावत गर्न बाध्य छन्। स्थानीयले स्थायी पुल निर्माण, सञ्चार सुविधा विस्तार र नदी नियन्त्रणका लागि पहल गर्न माग गर्दै आएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०८३ - २२:०९
काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...
श्रावण २७ गते, २०८३ - २२:००
काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...
श्रावण २७ गते, २०८३ - २१:४२
ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...
श्रावण २७ गते, २०८३ - २१:३२
पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...
श्रावण २७ गते, २०८३ - २१:२९
काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...
श्रावण २७ गते, २०८३ - २१:२६
काठमाडौँ । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...
श्रावण २७ गते, २०८३ - २१:२१
काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...
श्रावण २७ गते, २०८३ - २१:१८
काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...
श्रावण २७ गते, २०८३ - २१:०१
विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...



प्रतिकृया लेख्नुहोस्: