Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

अहिलेको सरकार अमेरिकाको कठपुतली हो : मोहनविक्रम सिंह

खबरडबली संवाददाता

काठमाडौं । नेकपा मसालकानेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले वर्तमान सरकारलाई अमेरिकाको प्रभावमा सञ्चालन भएको ‘कठपुतली सरकार’को संज्ञा दिएका छन्। शनिबार राष्ट्रिय जनमोर्चाले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रस्तुत अवधारणापत्रमार्फत उनले यस्तो टिप्पणी गरेका हुन्।

सिंहले अवधारणापत्रमा सरकारको परराष्ट्र नीतिमाथि प्रश्न उठाउँदै नेपालको राष्ट्रियता, स्वतन्त्रता र राष्ट्रिय हितको संरक्षणमा दृढ अडान देखिने सम्भावना कम रहेको उल्लेख गरेका छन्। “यो स्पष्ट छ कि अहिलेको नेपाल सरकार अमेरिकाको कठपुतली सरकार हो,” अवधारणापत्रमा भनिएको छ, “यसकारण त्यो नेपालको राष्ट्रियता, स्वतन्त्रता र राष्ट्रिय हितका पक्षमा दृढतापूर्वक उभिने, नेपालको तटस्थ परराष्ट्र नीतिलाई इमान्दारितापूर्वक कार्यान्वयन गर्ने वा राष्ट्रिय हितको अतिक्रमण गर्ने देशहरूका विरुद्ध अडान लिने सम्भावना कम देखिन्छ।”

उनले देशभक्तिको भावनामा कमी देखिए राष्ट्रिय हितमाथि सौदाबाजी हुने खतरा बढ्ने उल्लेख गरेका छन्। “आज देशमा जुन प्रकारको कठपुतली सरकार बनेको छ, त्यसबाट राष्ट्रिय हितमा गम्भीर प्रकारको आँच पुग्ने खतरा बढ्दछ,” अवधारणापत्रमा भनिएको छ।

सिंहले अघिल्ला सत्ताधारी दलहरूले पनि अमेरिकापरस्त नीति अपनाएको आरोप लगाएका छन्। मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्टपारित भएको प्रसंग उल्लेख गर्दै उनले त्यसबाट अमेरिकाप्रतिको झुकाव पुष्टि हुने दाबी गरेका छन्।

यद्यपि, अघिल्ला सरकारहरूले चीनप्रति मैत्रीपूर्ण नीति अवलम्बन गरेको र ‘एक चीन नीति’लाई समर्थन गरेको उनले स्मरण गरेका छन्। “उनीहरू स्वतन्त्र तिब्बतको पक्षमा थिएनन्,” अवधारणापत्रमा उल्लेख छ।

सिंहले अमेरिकालाई नेपालमा आफ्नो प्रभावअनुकूल सरकार आवश्यक परेको दाबीसमेत गरेका छन्। जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकार र हालै चुनावपछि बनेको सरकारलाई दलाई लामाका तर्फबाट पठाइएका शुभकामनालाई उद्धृत गर्दै उनले नेपालका पछिल्ला राजनीतिक घटनाक्रममा बाह्य रणनीतिक प्रभाव रहेको दाबी गरेका छन्।

सरकारका तर्फबाट भने यस विषयमा कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

ग्वाङ्झाउमा एनआरएनएको एसिया प्रशान्त सम्मेलन हुँदै, नेपालमा लगानीदेखि नागरिकताको अधिकारसम्म बहस हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...

कोशी सरकारबाट कांग्रेसका मन्त्री बाहिरिए, नयाँ सत्ता समीकरणले बदलियो प्रदेशको राजनीति

विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending