काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपालका लागि जारी गर्दै आएको यात्रा मार्गनिर्देशन (ट्राभल एडभाइजरी) मा सुधार गर्दै सतर्कताको तह घटाएको छ । सन् २०२५ सेप्टेम्बरदेखि सुरु भएको देशव्यापी प्रदर्शनहरू साम्य भई सुरक्षा अवस्था स्थिर बनेपछि अमेरिकाले आफ्नो नागरिकका लागि ‘एडभाइजरी’ अपडेट गरेको हो ।
अमेरिकी विदेश मन्त्रालयद्वारा जारी नयाँ सार्वजनिक सूचना अनुसार नेपालमा सुरक्षा स्थिति सामान्य बन्दै गएको उल्लेख छ । यसअघि उच्च जोखिम देखाइएकोमा अहिले यसलाई घटाएर 'थप सावधानी अपनाउनु पर्ने' तहमा झारिएको छ ।
अद्यावधिक गरिएको सारांशमा भनिएको छ, 'सेप्टेम्बर २०२५ बाट सुरु भएका प्रदर्शनहरू रोकिएका छन् र सुरक्षा अवस्था स्थिर छ । तर, सहरहरूमा अझै पनि स्थानीय स्तरमा सानातिना विरोध प्रदर्शन हुनसक्ने सम्भावनालाई नकार्न सकिँदैन ।'
अमेरिकी नागरिकहरूलाई चेतावनी दिँदै भनिएको छ- प्रदर्शनहरू कुनै पूर्वसूचना बिना हुनसक्ने र कहिलेकाहीँ हिंसात्मक रूप लिन सक्ने भएकाले भीडभाडबाट टाढा रहन र स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न सुझाव दिइएको छ ।
स्वास्थ्य सेवा र आपत्कालीन अवस्था
नेपालको स्वास्थ्य सेवाका सम्बन्धमा एडभाइजरीमा काठमाडौँका अस्पतालहरू तुलनात्मक रूपमा अन्य क्षेत्रभन्दा राम्रो भए पनि उपकरण र औषधीको अभाव हुन सक्ने उल्लेख छ । विदेशी नागरिकको उपचार खर्च नेपाल सरकारले नबेहोर्ने भएकाले आफ्ना नागरिकलाई अनिवार्य रूपमा 'ट्राभल इन्स्योरेन्स' गर्न र आवश्यक औषधी साथमै बोक्न आग्रह गरिएको छ ।
प्राकृतिक प्रकोपको जोखिम
नेपाल भूकम्पीय जोखिम भएको क्षेत्र हुनुका साथै जुनदेखि सेप्टेम्बरसम्मको मनसुन अवधिमा बाढी र पहिरोको उच्च जोखिम रहने कुरालाई पनि एडभाइजरीमा विशेष जोड दिइएको छ । बाढी-पहिरोले सडक अवरुद्ध हुने र आपत्कालीन सेवामा पहुँच कठिन हुन सक्ने भन्दै सावधानी अपनाउन भनिएको छ ।
यात्रुहरूका लागि सुझाव:
- अमेरिकी दूतावासको 'स्मार्ट ट्राभलर इनरोलमेन्ट प्रोग्राम' मा दर्ता हुन ।
- नेपालको पछिल्लो समाचारका लागि स्थानीय सञ्चारमाध्यमहरू नियमित रूपमा फलो गर्न ।
- भिडभाड र प्रदर्शन हुने क्षेत्रबाट टाढा रहन ।
- यात्रा गर्नुअघि 'इन्टरनेसनल ट्राभल चेकलिस्ट' प्रयोग गर्न र व्यापक स्वास्थ्य बिमा सुनिश्चित गर्न ।
नेपालमा राजनीतिक स्थिरता कायम हुँदै गएको र सुरक्षा अवस्थामा सुधार आएका कारण अमेरिकाले ट्राभल एडभाइजरीको तह घटाउनुलाई पर्यटन क्षेत्रका लागि सकारात्मक सङ्केतका रूपमा हेरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - १३:५६
काठमाडौं । नेपाली कांग्रेसले आज आफ्ना संघीय सांसदहरूसँग समसामयिक राजनीतिक घटनाक्रम तथा संसदीय गतिविधिबारे छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय स...
जेष्ठ ३ गते, २०८३ - १३:३८
तनहुँ। तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ । नगरपालिकाले आर्थिक ...
जेष्ठ ३ गते, २०८३ - १३:२३
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएको छन्। टोखा नगरपालिकाले आज आय...
जेष्ठ ३ गते, २०८३ - १३:०७
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीप्रति गम्भिर हुन एमाले नेतृत्वलाई आग्रह गरेको छिन् । आइतबार काठमाडौँको बल्खुस्थित मद...
जेष्ठ ३ गते, २०८३ - १२:५४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल फ्रान्समा आयोजना हुने विश्वप्रसिद्ध ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन त्यसतर्फ जा...
जेष्ठ ३ गते, २०८३ - १२:४४
काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट ठूलो परिमाणमा चाइनिज भेप (इलेक्ट्रिक चुरोट) सहित अवैध सामान बरामद गरिएको छ। सशस्त्र प्...
जेष्ठ ३ गते, २०८३ - १२:३७
हुम्ला। हुम्लाको तल्लो क्षेत्रका नागरिकका लागि राष्ट्रिय परिचयपत्र अहिले आवश्यक कागजात मात्र होइन, पीडा र आर्थिक बोझको विषय बनेको स्थानीयको भनाइ छ । ...
जेष्ठ ३ गते, २०८३ - ११:५६
वीरेन्द्रनगर। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा सर्वदलीय सहमतिमा सरकार गठन भए मात्र आफ्नो दल त्यसमा सहभागी...
जेष्ठ ३ गते, २०८३ - ११:४३
सिरहा। सशस्त्र प्रहरीले सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा ईलाकाबाट जेठ २ गते राती करीब १९ लाख ४७ हजार ३ सय रुपियाँ बराबरको सामान र...
जेष्ठ ३ गते, २०८३ - ११:३२
काठमाडौं । नेपालमा सुन र चाँदीको मूल्य पछिल्ला दुई कारोबार दिनमा उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको भ...



प्रतिकृया लेख्नुहोस्: