पश्चिम नवलपरासी। पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल–नारायणगढ सडकको दाउन्ने खण्डमा देखिएको अवरोध र ढिलासुस्ती अन्त्य गर्न पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल सक्रिय भएको छन्। विगत सात वर्षदेखि यात्रुले खेप्दै आएको सास्ती कम गर्न र निर्माण कार्यलाई तीव्रता दिन उनले स्थलगत अनुगमन गरी सरोकारवाला निकायलाई निर्देशन दिएको हो।
दाउन्ने बजार, घिउखोला र विश्वकर्मा मन्दिर आसपासको करिब ७ किलोमिटर क्षेत्र अत्यन्त संवेदनशील मानिन्छ। वर्षायाम सुरु भएसँगै सडक हिलो र चिप्लो हुने भएकाले सवारीसाधन उकालो चढ्न नसक्ने, बिचमै रोकिने र सडक अवरुद्ध हुने समस्या दैनिकजसो दोहोरिँदै आएको छ।
नारायणगढ–बुटवल सडक योजना (पश्चिम खण्ड) का आयोजना प्रमुख, निर्माण कम्पनीका प्रतिनिधि र सुरक्षा निकायका अधिकारीसहित अनुगमनमा पुगेका प्रजिअ नेपालले समस्या समाधानका लागि तत्काल पहल थाल्न निर्देशन दिए। उनले वर्षामा अत्यधिक चिप्लिने स्थानहरूमा तत्काल ग्राभेल हालेर आवागमन सहज बनाउन र निर्माण कार्यमा थप जनशक्ति परिचालन गरी कामलाई गति दिन आयोजना र निर्माण कम्पनीलाई सचेत गराएको छन्।
साथै, सडक जामको प्रमुख कारण मानिएको अव्यवस्थित ओभरटेक र लेन अनुशासनको अभाव नियन्त्रण गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिइएको छ। प्रजिअ नेपालले तिलकपुरस्थित धर्मकाँटाको समेत निरीक्षण गर्दै ओभरलोड मालवाहक सवारीका कारण सडक थप जीर्ण बनेको भन्दै त्यस्ता सवारीलाई जरिवानासहित कडाइका साथ नियन्त्रण गर्न निर्देशन दिए।
दाउन्ने खण्डको निर्माण कार्य दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालको सुस्त कार्यशैली र न्यून जनशक्तिका कारण चुनौती देखिएको छ। यद्यपि, दाउन्ने पश्चिम आयोजना प्रमुख पशुपति ज्ञवालीले आगामी वैशाख महिनाभित्र दाउन्ने खण्डको एकतर्फी निर्माण सम्पन्न गर्ने दाबी गरेको छन्।
२०७५ साल माघ २४ गते सम्झौता भई साढे तीन वर्षमा (२०७९ साउन) सक्ने गरी सुरु भएको बुटवल–नारायणगढ सडक विस्तार आयोजना पटक–पटकको म्याद थपमा अल्झिएको छ। तेस्रो पटक थपिएको म्यादमा पनि काम नसकिएपछि अहिले चौथो पटकका लागि २०८३ साल साउन पहिलो सातासम्म म्याद थप गरिएको छ।
प्रजिअको पछिल्लो सक्रियताले निर्माण कार्यले गति लिने र यात्रुले भोग्दै आएको सास्ती केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - १३:५६
काठमाडौं । नेपाली कांग्रेसले आज आफ्ना संघीय सांसदहरूसँग समसामयिक राजनीतिक घटनाक्रम तथा संसदीय गतिविधिबारे छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय स...
जेष्ठ ३ गते, २०८३ - १३:३८
तनहुँ। तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ । नगरपालिकाले आर्थिक ...
जेष्ठ ३ गते, २०८३ - १३:२३
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएको छन्। टोखा नगरपालिकाले आज आय...
जेष्ठ ३ गते, २०८३ - १३:०७
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीप्रति गम्भिर हुन एमाले नेतृत्वलाई आग्रह गरेको छिन् । आइतबार काठमाडौँको बल्खुस्थित मद...
जेष्ठ ३ गते, २०८३ - १२:५४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल फ्रान्समा आयोजना हुने विश्वप्रसिद्ध ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन त्यसतर्फ जा...
जेष्ठ ३ गते, २०८३ - १२:४४
काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट ठूलो परिमाणमा चाइनिज भेप (इलेक्ट्रिक चुरोट) सहित अवैध सामान बरामद गरिएको छ। सशस्त्र प्...
जेष्ठ ३ गते, २०८३ - १२:३७
हुम्ला। हुम्लाको तल्लो क्षेत्रका नागरिकका लागि राष्ट्रिय परिचयपत्र अहिले आवश्यक कागजात मात्र होइन, पीडा र आर्थिक बोझको विषय बनेको स्थानीयको भनाइ छ । ...
जेष्ठ ३ गते, २०८३ - ११:५६
वीरेन्द्रनगर। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा सर्वदलीय सहमतिमा सरकार गठन भए मात्र आफ्नो दल त्यसमा सहभागी...
जेष्ठ ३ गते, २०८३ - ११:४३
सिरहा। सशस्त्र प्रहरीले सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा ईलाकाबाट जेठ २ गते राती करीब १९ लाख ४७ हजार ३ सय रुपियाँ बराबरको सामान र...
जेष्ठ ३ गते, २०८३ - ११:३२
काठमाडौं । नेपालमा सुन र चाँदीको मूल्य पछिल्ला दुई कारोबार दिनमा उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको भ...



प्रतिकृया लेख्नुहोस्: