Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

धनकुटामा लागुऔषध सेवन र कारोबार बढ्दै

खबरडबली संवाददाता

धनकुटा। पछिल्ला केही वर्षयता धनकुटा जिल्लामा लागूऔषध सेवन र कारोबार उल्लेखनीय रूपमा वृद्धि भएको तथ्याङ्कले देखाएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आर्थिक वर्ष २०७७–७८ देखि चालु आर्थिक वर्ष २०८२–८३ सम्म मुद्दा दर्ता संख्या, पक्राउ पर्ने व्यक्तिहरू र बरामद हुने लागुऔषधको परिमाण निरन्तर बढ्दै गएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख शरत कुमार थापा क्षेत्रीका अनुसार चालु आर्थिक वर्ष २०८२–८३ मा हालसम्म १५ मुद्दा दर्ता भइसकेका छन्। यस अवधिमा ३० पुरुष र १ महिला गरी जम्मा ३१ जना पक्राउ परेका छन्। बरामद भएको लागूऔषधमा १५ ग्राम २ सय ६५ मिलिग्राम खैरो हिरोइन, ७ किलोग्राम गाँजा र २ हजार ८० ट्याब्लेट क्याप्सुल समावेश छन्।

सबैभन्दा बढी मुद्दा आर्थिक वर्ष २०८१–८२ मा दर्ता भएका थिए – ५७ मुद्दामा ५८ जना पक्राउ परेका थिए। सो वर्ष २० ग्राम २ सय २४ मिलिग्राम खैरो हिरोइन, ४ सय १४ किलो २ सय १० ग्राम गाँजा र ४ हजार ८५ ट्याब्लेट क्याप्सुल बरामद भएको थियो।

आर्थिक वर्ष २०८०–८१ मा २० मुद्दा दर्ता भए र ३० जना पक्राउ परेका थिए। बरामद लागुऔषधमा ३ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन, २५ किलो ६५ ग्राम गाँजा र ४ हजार २८७ ट्याब्लेट क्याप्सुल समावेश थियो।

आ.व. २०७९–८० मा स्थिति झन् गम्भीर हुँदै २१ मुद्दा दर्ता भए, ३६ जना पक्राउ परे। सो वर्ष ४५० मिलिग्राम खैरो हिरोइन, ४ किलो २९ ग्राम गाँजा, १ हजार ७२० ट्याब्लेट क्याप्सुल, ३ एम्पुल र ३ बोतल कोरेक्स बरामद गरिएको थियो।

आ.व.२०७८–७९ मा १० मुद्दा दर्ता भई २० जना पक्राउ परेका थिए। बरामद गरिएको लागुऔषधमा २ ग्राम ५० मिलिग्राम खैरो हिरोइन, २९ किलो ५ सय ग्राम गाँजा, ३० ट्याब्लेट, ५ एम्पुल, २०२ वटा गाँजाको बोट, ५२ सिरिन्ज र १६ लिगोकेन समावेश थियो।

आ.व. २०७७–७८ मा ५ मुद्दा दर्ता भए र ७ जना पक्राउ परेका थिए। सो वर्ष ६ सय ६० मिलिग्राम खैरो हिरोइन र १४५ एम्पुल डाइजेल्याब बरामद गरिएको थियो।

प्रहरीका अनुसार लागुऔषध नियन्त्रणका लागि कडाइ बढाएपछि कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ परिरहेका छन् र बरामद हुने लागुऔषधको परिमाण बढेको छ। ब्राउन सुगर भित्र्याउने समूह र प्रयोगकर्तामाथि निगरानी बढाइएको छ र फरार व्यक्तिहरूलाई अदालतको पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिने कार्य भइरहेको छ।

जिल्लामा प्रहरी सादा पोशाक र अन्य सुरक्षा निकायको सहकार्यमा नियन्त्रण अभियान सञ्चालन गरिरहेको छ। साथै तेह्रथुम, संखुवासभा, पाँचथर र भोजपुर जिल्लासँग समन्वय गरी फरार प्रतिवादी पक्राउ गर्ने र सीमा नाकामा कडाइ गर्ने काम तीव्र रूपमा भइरहेको छ।

प्रहरीका अनुसार लागुऔषध प्रयोगकर्ता र कारोबारीमध्ये अधिकांश बेरोजगार, किशोर र विद्यार्थी छन्। भारतबाट ब्रुपिनर्फिन, डाइजिपाम जस्ता लागूपदार्थ भित्रिने गरेको र गाँजाको खेती धनकुटामै हुने गरेको छ। यद्यपि, आम नागरिकको सक्रिय सहयोग नभएसम्म अभियान अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको प्रहरीले जनाएको छ। नियन्त्रणमा नआए लागुऔषध सेवन र कारोबार अझै बढ्ने सम्भावना रहेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसका सांसदसँग संसदीय मामिलाबारे छलफल

काठमाडौं । नेपाली कांग्रेसले आज आफ्ना संघीय सांसदहरूसँग समसामयिक राजनीतिक घटनाक्रम तथा संसदीय गतिविधिबारे छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय स...

भानु नगरपालिकामा कृषकलाई नै अनुगमनको जिम्मेवारी

तनहुँ। तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ । नगरपालिकाले आर्थिक ...

दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएको छन्। टोखा नगरपालिकाले आज आय...

एमाले वर्तमान चुनौतीप्रति गम्भीर हुन आवश्यक छ: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीप्रति गम्भिर हुन एमाले नेतृत्वलाई आग्रह गरेको छिन् । आइतबार काठमाडौँको बल्खुस्थित मद...

कार्यवाहक प्रमुख सुनिता डङ्गोल ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन फ्रान्स जाँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल फ्रान्समा आयोजना हुने विश्वप्रसिद्ध ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन त्यसतर्फ जा...

लोमान्थाङमा ५९० कार्टुन चाइनिज भेपसहित तीन जना पक्राउ

काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट ठूलो परिमाणमा चाइनिज भेप (इलेक्ट्रिक चुरोट) सहित अवैध सामान बरामद गरिएको छ। सशस्त्र प्...

राष्ट्रिय परिचयपत्र कार्ड लिन हुम्लाबासीलाई सास्ती

हुम्ला। हुम्लाको तल्लो क्षेत्रका नागरिकका लागि राष्ट्रिय परिचयपत्र अहिले आवश्यक कागजात मात्र होइन, पीडा र आर्थिक बोझको विषय बनेको स्थानीयको भनाइ छ ।  ...

सर्वदलीय सहमतिमा मात्र प्रदेश सरकारमा जाने संयोजक प्रचण्डको अडान

वीरेन्द्रनगर। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा सर्वदलीय सहमतिमा सरकार गठन भए मात्र आफ्नो दल त्यसमा सहभागी...

सिरहाबाट १९ लाख भन्दा बढीको सामानसहितको ट्रक नियन्त्रणमा

सिरहा। सशस्त्र प्रहरीले सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा ईलाकाबाट जेठ २ गते राती करीब १९ लाख ४७ हजार ३ सय रुपियाँ बराबरको सामान र...

सुनको भाउ दुई दिनमै ८ हजार ५ सयले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं । नेपालमा सुन र चाँदीको मूल्य पछिल्ला दुई कारोबार दिनमा उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको भ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending