तनहुँ। तनहुँका छुट्टाछुट्टै स्थानमा भएका दुई सवारी दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । जिल्लाको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको ज्यान गएको हो ।
नारायणघाटबाट सिङ्तान जाँदै गरेको ग १ त १५२३ नम्बरको ट्याक्टर काफलडाँडास्थित भित्री सडक खण्डमा अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको थियो । दुर्घटनामा परी देवघाट गाउँपालिका–१ कोटाका शिवबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। उक्त दुर्घटनामा ट्याक्टर चालक ३० वर्षीय विष्णु माझी घाइते भएको छन् ।
यसैगरी, पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ पालिङ, कमलबारीमा मङ्गलबार साँझ माइक्रो बस दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । काठमाडौंबाट दमौली जाँदै गरेको बा।प्र।०१–००६ ख ७२०८ नम्बरको नेपाल माइक्रो समितिको हाईस आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो । घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि दमौलीस्थित रत्नहरी अस्पताल र प्रदेश अस्पताल पठाइएको थियो ।
घाइते हुनेहरूमा बागलुङकी ३६ वर्षीया अन्जु क्षेत्री, रुपन्देहीका २८ वर्षीय रिकेश भण्डारी, व्यास–१ भादगाउँकी २५ वर्षीया स्मारिका थापा र सोही स्थानका २ वर्षीय बालक अर्पन थापा रहनुभएको छ । त्यसैगरी व्यास–९ झिमुवाका ३५ वर्षीया अमृता कार्की, ११ वर्षीय निश्चल कार्की, ११ वर्षीय कुशल कार्की, स्याङ्जाका २५ वर्षीय सह–चालक उदिप गुरुङ र धादिङकी ३५ वर्षीया चमेली सिटौला पाण्डे घाइते भएको छन् । घाइतेमध्ये ६ जना उपचारपश्चात् डिस्चार्ज भइसकेका छन् भने मध्यम अवस्थाका अर्पन थापा, अमृता कार्की र चमेली सिटौला पाण्डेलाई थप उपचारका लागि पोखरास्थित जीएमसी अस्पताल पठाइएको प्रनाउ विकले जानकारी दिए। प्रहरीले दुवै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - १३:५६
काठमाडौं । नेपाली कांग्रेसले आज आफ्ना संघीय सांसदहरूसँग समसामयिक राजनीतिक घटनाक्रम तथा संसदीय गतिविधिबारे छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय स...
जेष्ठ ३ गते, २०८३ - १३:३८
तनहुँ। तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ । नगरपालिकाले आर्थिक ...
जेष्ठ ३ गते, २०८३ - १३:२३
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएको छन्। टोखा नगरपालिकाले आज आय...
जेष्ठ ३ गते, २०८३ - १३:०७
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीप्रति गम्भिर हुन एमाले नेतृत्वलाई आग्रह गरेको छिन् । आइतबार काठमाडौँको बल्खुस्थित मद...
जेष्ठ ३ गते, २०८३ - १२:५४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल फ्रान्समा आयोजना हुने विश्वप्रसिद्ध ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन त्यसतर्फ जा...
जेष्ठ ३ गते, २०८३ - १२:४४
काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट ठूलो परिमाणमा चाइनिज भेप (इलेक्ट्रिक चुरोट) सहित अवैध सामान बरामद गरिएको छ। सशस्त्र प्...
जेष्ठ ३ गते, २०८३ - १२:३७
हुम्ला। हुम्लाको तल्लो क्षेत्रका नागरिकका लागि राष्ट्रिय परिचयपत्र अहिले आवश्यक कागजात मात्र होइन, पीडा र आर्थिक बोझको विषय बनेको स्थानीयको भनाइ छ । ...
जेष्ठ ३ गते, २०८३ - ११:५६
वीरेन्द्रनगर। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा सर्वदलीय सहमतिमा सरकार गठन भए मात्र आफ्नो दल त्यसमा सहभागी...
जेष्ठ ३ गते, २०८३ - ११:४३
सिरहा। सशस्त्र प्रहरीले सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा ईलाकाबाट जेठ २ गते राती करीब १९ लाख ४७ हजार ३ सय रुपियाँ बराबरको सामान र...
जेष्ठ ३ गते, २०८३ - ११:३२
काठमाडौं । नेपालमा सुन र चाँदीको मूल्य पछिल्ला दुई कारोबार दिनमा उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको भ...



प्रतिकृया लेख्नुहोस्: