Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

पत्रकारिता र कवितामा अलग पहिचान बनाएका सुरेश किरणको अवसानले साहित्य जगत् शोकमा

खबरडबली संवाददाता

काठमाडौं । नेपाली साहित्य, पत्रकारिता र भाषा आन्दोलनका सक्रिय हस्ताक्षरको निधन भएको छ। उनको निधनसँगै नेपालभाषा साहित्य, समसामयिक व्यङ्ग्य र भाषिक अधिकार आन्दोलनले एक प्रभावशाली स्वर गुमाएको छ।

राष्ट्रिय भाषा आयोगका बहालवाला सदस्यसमेत रहेका सुरेश किरणको पार्थिव शरीर नेपालभाषा मंकाःखलःको प्राङ्गणमा श्रद्धाञ्जलीका लागि राखिएको थियो। त्यसपछि उनलाई हुर्केका र डुल्ने गरेका गल्लीहरू हुँदै अन्तिम संस्कारका लागि लगिएको थियो। साहित्यकार, पत्रकार, अभियन्ता र शुभेच्छुकहरूको उल्लेख्य उपस्थितिमा अन्तिम बिदाइ दिइएको थियो।

किरणले आफ्नो साहित्यिक यात्रा कविता लेखनबाट सुरु गरेका थिए। नेपालभाषामा प्रकाशित साप्ताहिक ‘इनाप’मा कम्पोजिटरका रूपमा प्रवेश गरेका उनले पछि दैनिक ‘विश्वभूमि’को प्रकाशन नेतृत्व सम्हाले। ‘सुकि’ नामक राजनीतिक तथा सांस्कृतिक व्यङ्ग्य स्तम्भमार्फत उनी पाठकमाझ व्यङ्ग्यकारका रूपमा परिचित बने।

२०४६ सालको जनआन्दोलनका क्रममा कर्फ्युबीच समाचार सङ्कलन गर्न डाक्टरको भेषमा वीर अस्पताल प्रवेश गरी गणेशमान सिंहको अन्तर्वार्ता लिएको प्रसंग पत्रकारिता क्षेत्रका लागि स्मरणीय मानिन्छ।

नेपालभाषा कविता दबू गठनमा समेत सक्रिय भूमिका निर्वाह गरेका किरण आधुनिक कवितामा बौद्धिक व्यङ्ग्य र समसामयिक यथार्थ प्रस्तुत गर्ने कविका रूपमा चिनिन्थे। उनका कवितामा सत्ता, समाज र व्यक्तिको चरित्रमाथि तीक्ष्ण टिप्पणी पाइन्छ। “यो मेरो सरकार हो” जस्ता कविताले शासकीय संरचनामाथि व्यङ्ग्यात्मक प्रहार गर्दै व्यापक चर्चा पाएका थिए।

पत्रकार, व्यङ्ग्यकार र भाषा अभियन्ताका रूपमा परिचित भए पनि उनलाई आफूलाई कवि भनेर चिनिनु प्रिय थियो। मातृभाषामा अभिव्यक्त हुन सक्ने गहिराइ र सटीकता अन्य भाषामा सम्भव नहुने उनको धारणा थियो। नेपालभाषा आधुनिक कवितामा नयाँ बौद्धिक आयाम थपेको मूल्याङ्कन समालोचकहरूले गरेका छन्।

नेपालभाषा एकेडेमी र विभिन्न साहित्यिक संस्थामार्फत उनले नयाँ पुस्ताका कविहरूलाई प्रशिक्षण र अवसर प्रदान गर्दै आएका थिए। विशेषतः महिला कविहरूको सहभागिता बढाउन उनले निरन्तर पहल गरेका थिए।

सहज, समभावी र सहयात्री व्यक्तित्वका रूपमा चिनिएका किरणको असामयिक निधनले नेपाली साहित्य र भाषा आन्दोलनमा अपूरणीय क्षति पुगेको साहित्यिक वृत्तको भनाइ छ।

अब मञ्चमा उभिएर आफ्ना तीक्ष्ण व्यङ्ग्यपूर्ण कविताहरू वाचन गर्न उनी आउने छैनन्। तर उनका शब्द, विचार र सिर्जनाले नेपाली साहित्यमा दीर्घकालसम्म उपस्थित रहिरहने विश्वास गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ

सप्तरी। सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल...

कस्ताे रहला शनिबारको मौसम ? लुम्बिनी–सुदूरपश्चिमका तराईमा तातो लहरको चेतावनी

काठमाडौं । शनिबार देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (हिटवेभ)...

महाधिवेशनपछि नेतृत्व छाड्ने प्रचण्डको घोषणा, ‘अब नयाँ पुस्ताले पार्टी हाँक्छ’

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महाधिवेशनपछि पार्टी नेतृत्व नयाँ पुस्ताला...

बजेट छ, योजना छ, ठेकेदार छन्, तर पुल छैन ! अनि श्रमदानले केही दिनमै कसरी बन्छ पुल ?

काठमाडौं । बाजुराको बुढीगङ्गा खोलामा वर्षा लाग्नेबित्तिकै त्रिवेणी नगरपालिकाको सडक सम्पर्क प्रभावित हुन्छ। कारण एउटै हो—पुल छैन। आर्थिक वर्ष २०७८/७९ म...

रास्वपा पदाधिकारीका लागि आज मतदान हुने

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ ।  निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...

प्रविधि र अनुसन्धान जोड्दै अदुवा बेसार खेती सुधार्ने पहल

सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...

एक महिनामा दुई हजार फरार व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...

पत्रकार विनोद ढकाल साइबर क्राइम मुद्दामा पक्राउ

काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो ।  उनले ...

पुल नबन्दा वर्षायाममा त्रिवेणीसँग सडक सम्पर्क टुट्छ, स्थानीयलाई सास्ती

बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी

विश्वकपकै बीच किन निलम्बित भयो एन्फा ? अब नेपाली फुटबलको भविष्य के ?

फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending