Khabar Dabali २२ बैशाख २०८३ मंगलवार | 5th May, 2026 Tue

वचनको राजनीति- ओलीले हारेपछि इलाम छाड्छु भनेर बाजी राखेका नेम्वाङ सरे पाँचथर

खबरडबली संवाददाता

फिदिम। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन हार्नुहुन्न, उहाँले हारे म इलाम छाड्छु भनेर बाजी राखेकै कारण इलाम नगरपालिका–१० मा बस्दै आएका जगतबहादुर नेम्वाङ इलाम छोडेर पाँचथर फर्केको छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका–४, चिलिङ्दिन थातथलो भई करिब १५ वर्षदेखि इलाम नगरपालिका–१० मा बसोबास गर्दै आएका नेम्वाङ एमालेको इलाम नगर कमिटी सदस्य छन्।

सामाजिक सञ्जालमा रमेश बुढाथोकीसँग ओलीले झापा–५ मा जित्नुहुन्छ कि हुन्न भन्ने विषयमा वादविवाद हुँदा उनले ओलीले कुनै हालतमा हार्नुहुन्न, उहाँ हार्नुभयो भने म इलाम छोड्छु भन्दै बाजी राखेको थिए ।

पूर्वप्रधानमन्त्री ओलीको हारपछि अरूले राजनीतिमा बेइमान गरे पनि आफूले त्यसो नगर्ने भन्दै पुख्र्यौली थलो फर्केको उहाँले बताउनुभयो । नेम्वाङले भने, “इमानको राजनीति गर्नु पर्छ भन्ने मेरो सर्त हो । त्यसैले बाजी हारेपछि म गाउँ फर्केको हुँ ।” 

गाउँ फर्केपछि उहाँ इमानदार बन्नुभएको चर्चा सुरु भएको छ । नेपाली कांग्रेस पाँचथरका जिल्ला सचिव दीपक नेपालले नेम्वाङ आफ्नो पुख्र्यौली थलो पाँचथरको फाल्गुनन्द गाउँपालिका–४, चिलिङ्दिन फर्किएको बताए । उनले भने, “पाँचथरे लिम्बू वचनमा अझ पक्का हुन्छन् । पाँचथरमा नेम्वाङलाई स्वागत छ ।”

एमालेका प्रदेश सभा सदस्य तथा कोशी प्रदेशका सांसद राम रानाले पनि सामाजिक सञ्जालको बहसका व्रmममा गरिएको प्रतिबद्धता नेम्वाङले पूरा गरेको बताए । नेम्वाङले भने, “राजनीतिमा नेताले धेरै कुरा बोल्छन् तर पूरा गर्दैनन् भन्ने आरोप लाग्ने गर्छ । मैले भने बोलेको कुरा पूरा गरेको छु ।”

नेम्वाङको परिवारका सदस्य भने इलाममै छन् । उनका दुई छोरा र एक छोरी छन् । कान्छा छोरा भारतीय सेनामा कार्यरत छन् भने जेठो छोरा व्यापारमा संलग्न छन् । परिवार इलाममै बसिरहे पनि उहाँ भने पाँचथर फर्केएको हो ।

पाँचथरमा पुख्र्यौली जग्गाजमिन भएकाले अब उतै बस्ने तयारीमा रहेको उनले बताएयो । उनले भने, “नेकपा ९एमाले० को पार्टी सदस्यता पनि पाँचथरमै सार्ने निर्णय लिएको छु । यसबारे पाँचथरको पार्टी कमिटीसँग समन्वय भइरहेको छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नागढुंगा सुरुङमार्ग साउन दोस्रो साताबाट सञ्चालनमा ल्याउन निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले नागढुंगा सुरुङमार्ग साउनको दोस्रो सातादेखि सञ्चालनमा ल्याउन निर्देशन द...

संवैधानिक र कानूनी दायराभित्र रहेर गरिने हरेक अनुसन्धानमा मेरो पूर्ण सहयोग रहनेछ: मुख्यमन्त्री बाँनिया

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयहरूमा गरिएको छापामारीप्रति आपत्ति जनाएका छन्। सोमबार जारी विज्ञप्ति...

अध्यादेशमार्फत शासन सञ्चालन गर्नु सरकारको स्वेच्छाचारिता हो: सांसद नेम्वाङ

काठमाडौँ । नेकपा (एमाले) का सांसद सुहाङ नेम्वाङले सरकारले संसद् र संसदीय समितिको उपेक्षा गर्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्नु लोकतान्त्रिक मूल्यमान...

संविधान संशोधन बहसपत्रका लागि कार्यदलले पूर्वराष्ट्रसेवकसँग परामर्श गर्ने

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले मंगलबार संवैधानिक निकायका पूर्वप्रमुख, पूर्वमुख्य सचिव, परराष्ट्रविद् तथा पूर्वप्रशा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै गरेको जनाएको छ । उक्त प्रणालीले उपत्यकासहित बागमती प्रदेश ...

मनाङ आउने पर्यटक घटे, होटल बुकिङ कमजोर

मनाङ। यस वर्षको पर्यटकीय सिजनमा मनाङ आउने पर्यटकको संख्या गत वर्षको तुलनामा घटेको छ । अन्तर्राष्ट्रिय परिस्थितिमा देखिएको अस्थिरता तथा विभिन्न देशमा भ...

मधेश समुदायमा मृत्युमा सभा भोज झन् भड्किलो र प्रतिस्पर्धात्मक

राजविराज। तराई मधेशका धेरै समुदायमा परम्परागत रूपमा गरिँदै आएको मृत्यु भोज पछिल्लो समय सप्तरी जिल्लामा झन् भड्किलो र प्रतिस्पर्धात्मक बन्दै गएको छ ।  ...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

रुकुम पश्चिम । बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा भएको जिप दुर्घटना परी मृत्यु भएका रुकुम पूर्वका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार गरिएक...

संसद् अधिवेशन कहिले बस्ने भन्ने विषय भोलि टुंगिने

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संघीय संसद्को अधिवेशन कहिले आह्वान हुन्छ भन्ने विषय भोलि टुंगिने बताएका छन्। सोमबार सिंहदरबारस्...

जनचासोका विषय केन्द्रित भएर छलफल गर्न कानुनमन्त्री गौतमको आग्रह

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनचासोको विषयमा केन्द्रित भएर छलफल गर्न सांसदलाई आग्रह गरेको छिन् । सोमबार सिंहदरबारम...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending