काठमाडौं । मधेशको राजनीतिमा लामो समयदेखि प्रभाव जमाउँदै आएका मधेशकेन्द्रित दलहरूका लागि यसपटकको प्रतिनिधिसभा निर्वाचन निकै चुनौतीपूर्ण बनेको छ। २०६४ को मधेश आन्दोलनपछि मधेशका जनताको भावना र अधिकारका मुद्दालाई आधार बनाएर उदाएका दलहरूले लामो समयसम्म क्षेत्रीय राजनीति नेतृत्व गर्दै आएका थिए। तर अहिलेको चुनावी परिणामको प्रारम्भिक संकेतले ती दलहरूलाई आफ्नो अस्तित्व जोगाउनै संघर्ष गर्नुपर्ने अवस्था देखिएको छ।
मधेश प्रदेशमा प्रभावशाली मानिएका उपेन्द्र यादव, सीके राउत, राजेन्द्र महतो र राजकिशोर यादव जस्ता नेताहरूलाई समेत यसपटकको चुनावमा कडा चुनौती देखिएको छ। मधेशमा लामो समयदेखि प्रभाव राख्दै आएका जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टका लागि जनमत जोगाउन कठिन भइरहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
यसपटक मधेशको चुनावी समीकरणमा नयाँ प्रभाव देखिएको छ। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टी र बालेन शाहको लोकप्रियताले मधेशका परम्परागत दलहरूलाई दबाबमा पारेको विश्लेषण गरिएको छ। सामाजिक सञ्जाल र युवा मतदातामाझ देखिएको नयाँ राजनीतिक आकर्षणले मधेशमा पनि असर पारेको देखिन्छ।
अघिल्लो निर्वाचनबाट उदाएको जनमत पार्टीका लागि पनि यसपटक सहज अवस्था देखिएको छैन। पछिल्ला दिनमा देखिएको घट्दो राजनीतिक प्रभाव र नयाँ दलहरूको प्रवेशले उसलाई थप दबाब सिर्जना गरेको बताइन्छ।
मधेशमा यसअघि पनि ठूला राष्ट्रिय दलहरूको प्रभाव विस्तार हुँदै आएको थियो। विशेषगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अघिल्लो निर्वाचनमा मधेशमा आफ्नो प्रभाव बढाएको थियो भने नेपाली कांग्रेसको ऐतिहासिक आधार पनि यहाँ बलियो मानिन्छ। यसपटक कांग्रेसका प्रभावशाली नेता गगन थापा समेत चुनावी मैदानमा सक्रिय देखिएपछि कार्यकर्तामा उत्साह देखिएको थियो।
तर प्रारम्भिक मतगणनाले भने फरक संकेत दिएको छ। कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधि समेत मनिष झा जस्ता नयाँ उम्मेदवारभन्दा पछि परेको खबरले मधेशको चुनावी परिदृश्य बदलिँदै गएको संकेत गरेको छ।
त्यस्तै धनुषासहित अन्य जिल्लामा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता लिएको विवरण सार्वजनिक भएको छ। बारा–३ मा रहबर अन्सारी, महोत्तरी–३ मा उज्जलकुमार झा, महोत्तरी–४ मा गौरीकुमारी, सिरहा–१ मा बब्लु गुप्ता, सर्लाही–१ मा नीतिमा कार्की, पर्सा–३ मा रामाकान्त चौरसिया, सप्तरी–४ मा सीताराम साह, पर्सा–२ मा शम्भुकुमार यादव र सप्तरीमा पुष्पा चौधरीलगायतका उम्मेदवारले प्रारम्भिक अग्रता लिएको जनाइएको छ।
अहिलेसम्मको मतगणनामा मधेश प्रदेशका धेरै क्षेत्रमा मधेशकेन्द्रित दलहरू पछि परेको देखिएको छ। उपलब्ध विवरणअनुसार रौतहट–३ मा मात्र गोविन्द चौधरीले जनता समाजवादी पार्टी नेपालबाट अग्रता लिएका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार मधेशमा अहिले देखिएको यो प्रतिस्पर्धा केवल चुनावी नतिजाको विषय मात्र नभई मधेशकेन्द्रित दलहरूको भविष्य र अस्तित्वसँग जोडिएको राजनीतिक परीक्षाका रूपमा हेरिएको छ। यदि यही प्रवृत्ति कायम रह्यो भने मधेशको राजनीतिक शक्ति सन्तुलन आगामी दिनमा ठूलो रूपमा परिवर्तन हुन सक्ने संकेत देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३ गते, २०८३ - १९:५९
प्यूठान । झिमरुक खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। गौमुखी गाउँपालिका-४ वाग्लिवाङ स्थायी घर भइ प्यूठान नगरपालिका-४ बिजुवारमा बस्ने ४२ वर्षीय राजेश ...
श्रावण ३ गते, २०८३ - १९:५८
जनकपुरधाम । धनुषाको ढल्केवरमा चार महिनाको अन्तरालमा दुई महिलाको रहस्यमय मृत्यु भएपछि त्यहाँ सञ्चालित केही होटल तथा गेष्टहाउसको गतिविधिमाथि गम्भीर प्रश...
श्रावण ३ गते, २०८३ - १९:५४
काठमाडौं । अविरल वर्षापछि काठमाडौं उपत्यकाका विभिन्न सडक जलमग्न भएका छन्। सडकमा पानी जम्दा सवारी आवागमन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेक...
श्रावण ३ गते, २०८३ - १९:२१
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण थालिएको ‘हिमालयन ग्रेट ट्रेल’ अन्तर्गत हालसम्म सात किल...
श्रावण ३ गते, २०८३ - १९:१८
पोखरा । निरन्तरको वर्षापछि खसेको पहिरोले पोखराको सेती नदी आंशिक रूपमा थुनिएको छ। पोखरा महानगरपालिका–१५ र १७ को सीमामा पर्ने रातोपैह्रो क्षेत्रमा नदीले...
श्रावण ३ गते, २०८३ - १९:१७
चितवन । अविरल वर्षासँगै पहिरोको जोखिम बढेपछि स्थानीय प्रशासनले आज राति १० बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड तथा चितवनतर्फ पर्ने पृथ्वी राजमार्गमा सवारी...
श्रावण ३ गते, २०८३ - १९:१३
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा दिएको आक्रोशपूर्ण अभिव्यक्तिको जेनजी अभियन्ता...
श्रावण ३ गते, २०८३ - १९:०९
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा बढ्दो दुर्घटना र सवारीजाम नियन्त्रण गर्न चितवन प्रशासनले ओभरटेक गर्ने प्रवृत्तिविरुद्ध कडाइ गर्ने भएको छ। वर्षायामम...
श्रावण ३ गते, २०८३ - १९:०३
काठमाडौं । अविरल वर्षापछि काठमाडौंको माइतीघर क्षेत्र आइतबार जलमग्न भएको छ। सडकमा पानी जम्दा सवारीसाधनको आवागमन प्रभावित हुनुका साथै पैदलयात्रीले पनि न...
श्रावण ३ गते, २०८३ - १९:०२
काठमाडौं । नेपाली कांग्रेसभित्र बढ्दो आन्तरिक विवादका बीच संस्थापन इतर समूहले पार्टी एकताका लागि आफूहरूले अघि सारेका पाँच बुँदे प्रस्ताव सार्वजनिक गरे...



प्रतिकृया लेख्नुहोस्: