पोखरा । पोखरा महानगरपालिका–१७ ड्यामसाइड नजिकै पुलमुनि सुटकेसभित्र तन्नाले बेरेर फालिएको अवस्थामा एक युवतीको शव फेला परेको छ।
आइतबार बिहान फेवातालको ड्यामबाट निस्कने फुस्रे खोलामाथि बनेको नयाँ पुलमुनि शंकास्पद रूपमा फालिएको सुटकेस देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुगेर सुटकेस खोलेर हेर्दा तन्नाले बेरेर राखिएको युवतीको शव फेला परेको हो।
प्रहरीका अनुसार २२ देखि २५ वर्ष उमेरकी देखिने ती युवतीको हातमा ‘मनिषा विश्वकर्मा’ लेखिएको ट्याटु खोपिएको छ। शवसँगै एक मेडिकल कार्ड पनि फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार युवतीको हत्या गरी शव तन्नाले बेरेर सुटकेसभित्र हालेर फालिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मा राखिएको छ। प्रारम्भिक जाँचबाट युवती महिनावारीको अवस्थामा रहेको प्रहरी स्रोतले जनाएको छ।
अनुसन्धानका क्रममा मृतक युवती ड्यामसाइड क्षेत्रकै एक घरमा कोठा भाडामा लिएर बस्ने गरेको खुलेको छ। घरबेटीले उनीहरूको परिचय खुल्ने कागजातका आधारमा कोठा भाडामा दिएको पाइएको छ। उनीहरू श्रीमान्–श्रीमती बनेर बसेका थिए र जापानी भाषा अध्ययन गरिरहेको बताएका थिए।
प्रहरीका अनुसार श्रीमान् भनिएका व्यक्ति हाल फरार छन्। उनको आधार कार्ड भारतको सिलगुडीको रहेको खुलेको छ। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार श्रीमतीको हत्या गरी शव सुटकेसभित्र हालेर फालेपछि उनी फरार भएको आशंका गरिएको छ।
उनीहरूले करिब एक महिनाअघि मात्रै कोठा भाडामा लिएका थिए। मृतकका परिवार तथा आफन्त हालसम्म सम्पर्कमा आएका छैनन्। घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। पोस्टमार्टम रिपोर्टपछि थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १७ गते, २०८२ - १७:४२
काठमाडौँ। परराष्ट्र मन्त्रालयले मध्यपूर्वका विभिन्न देशमा १७ लाख २९ हजारभन्दा बढी नेपाली नागरिक रहेको र उनीहरूको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहे...
फाल्गुन १७ गते, २०८२ - १७:३५
काठमाडौँ । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय भक्तप...
फाल्गुन १७ गते, २०८२ - १७:२३
दमक। पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन साधारण चुनाव मात्र नभएर जनमत संग्रह समेत रहेको बताएको छन् । यो न...
फाल्गुन १७ गते, २०८२ - १७:०७
पोखरा । पोखरा महानगरपालिका–१७ ड्यामसाइड नजिकै पुलमुनि सुटकेसभित्र तन्नाले बेरेर फालिएको अवस्थामा एक युवतीको शव फेला परेको छ। आइतबार बिहान फेवातालको...
फाल्गुन १७ गते, २०८२ - १६:५८
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउने उद्देश्यले अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरूमा आइतबार रात...
फाल्गुन १७ गते, २०८२ - १६:४३
काठमाडौँ । गोरखा क्षेत्र नं. १ का नेपाली कांग्रेसका उम्मेदवार प्रेम कुमार खत्रीले आफ्नो चरित्र हत्या र दुष्प्रचार गरिएको आरोप लगाउँदै प्रेस काउन्सिल न...
फाल्गुन १७ गते, २०८२ - १६:३४
बाँके। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुरक्षा तयारीको सम्पूर्ण काम पूरा भएको बताएको छन् । यही फागुन २१ गते हुने...
फाल्गुन १७ गते, २०८२ - १६:१७
काठमाडौं । यूएईस्थित नेपाली राजदूत तेज बहादुर क्षेत्रीले संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका सबै नेपाली सुरक्षित रहेको बताएका छन्। यो बयान इरान–अम...
फाल्गुन १७ गते, २०८२ - १६:०४
काठमाडौं। नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक आइतबार दोहोरो अंकले बढेको छ। आगामी बिहीबारको प्रतिनिधिसभा निर्वाचनअघि अन्तिम दिनको सेयर कारोबारमा अधि...
फाल्गुन १७ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापा ले देशलाई घृणा र उत्तेजनाको भाषाले सम्हाल्न नसकिने बताएका छन्। आइतबार काठमाडौँको कीर्तिपुरमा आयोजित नेपाली...



प्रतिकृया लेख्नुहोस्: