Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

चुनावअघि नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

खबरडबली संवाददाता

काठमाडौं। नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक आइतबार दोहोरो अंकले बढेको छ। आगामी बिहीबारको प्रतिनिधिसभा निर्वाचनअघि अन्तिम दिनको सेयर कारोबारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको हो।

सोमबार होलीका कारण सार्वजनिक बिदा छ। त्यसपछि सरकारले बिहीबारको निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिएको छ। यसले गर्दा यो साता सेयर बजारमा कारोबार हुँदैन। निर्वाचन अघिको सेयर कारोबारमा लगानीकर्ताले सेयर मूल्य बढाएर खरिद–बिक्री गरेका हुन्।

आइतबार कारोबार सुरु हुँदा नेप्से २६५४.९३ अंकमा रहेको थियो, जुन मध्यसमय पछि १९.२७ अंकले बढेर २६७४.२० बिन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स पनि ३.२२ अंकले वृद्धि भएको छ।

आइतबार नेप्सेमा १८७ कम्पनीको सेयर मूल्य बढेको छ, ६४ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ। विशेषगरी सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर करिब १० प्रतिशतले बढेको छ।

सबै समूहगत परिसूचकहरूमा वृद्धि देखिएको छ। बैंकिङ समूह १०.८०, विकास बैंक ४३.८०, वित्त ५४.५०, होटल २९.६८, जलविद्युत् १६.४०, लगानी ०.६१, जीवन बीमा ७६.७७, उत्पादनमूलक ७०.७०, लघुवित्त १९.६२, निर्जीवन बीमा ४५.९१, अन्य २७.४४ र व्यापार समूह ४०.९१ अंकले बढेको छ।

आइतबार नेप्सेमा ३४१ कम्पनीको ५५,२०६ कारोबारबाट ५ अर्ब ६४ करोड बराबरको १ करोड ३१ लाख ९३ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ। यो रकम गत हप्ता बिहीबारको तुलनामा धेरै हो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज सुनको मूल्य छ हजार ४०० सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य  तोलामा रु छ हजार चार सयले बढेको छ भने चाँदी  रु एक सय १० ले ब...

पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । पर्सामा ठूलो परिमाणमा गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले १०५ किलो गाँजासहित भारतका ५० वर्षीय सउरु चौधरीलाई पक्राउ गरे...

७५ वर्षीया सार्की मृत भेटिएपछि एकल ज्येष्ठ नागरिकको सुरक्षामा चिन्ता

लमजुङ। लमजुङको राइनास नगरपालिका–६ फूलबारीमा एक्लै बस्दै आएकी ७५ वर्षीया काली सार्की शनिबार राति आफ्नै घरभित्र मृत अवस्थामा भेटिएको छन् । कोठाको खाटमुन...

स्रोत नखुलेको ५२ लाख ५० हजारसहित चार जना पक्राउ

पर्सा। अवैध वित्तीय कारोबार (हुण्डी) मा संलग्न रहेको आशंकामा जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपियाँसहित एक भारतीय नागरिकस...

बजेट ल्याउन नसकेका मधेसका चार नगरपालिकामा सरकारको टोली जाँदै

काठमाडौँ । लामो समयदेखि नगरसभामा बजेट पेश गर्न नसकेका मधेस प्रदेशका चार नगरपालिकाको समस्या समाधान गर्न संघीय सरकारले स्थलगत सहजीकरण गर्ने भएको छ। भ...

रुग्ण उद्योग ब्युँताउने सरकारको तयारीप्रति प्रचण्ड सकारात्मक, भने– ‘आत्मनिर्भर अर्थतन्त्रमा ठूलो फड्को’

काठमाडौं । वर्षौंदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका सरकारी उद्योग पुन: सञ्चालन गर्ने सरकारको तयारीप्रति नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाह...

कपिलवस्तु मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

कपिलवस्तु। कपिलवस्तु नगरपालिका–७ धरमपनियामा सडक छेउमा बिग्रिएर मर्मत भइरहेको मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते ...

जाजरकोटमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । जाजरकोटमा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ९ बजेर ८ मिनेटमा जाजरको...

प्रतिनिधिसभा बैठकमा चार विधेयक प्रस्तुत हुँदै, दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत हुने भएका छन्। बैठकमा दुई मन्त्रीसँग सांसदको मन्त्रालयगत प्रश्नोत्तर...

विशेष महाधिवेशनले कांग्रेस कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको र अहिले फुटको अवस्थामा पुगेको बताएका छन्। आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending