Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने : गृहमन्त्री अर्याल

खबरडबली संवाददाता

बाँके। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुरक्षा तयारीको सम्पूर्ण काम पूरा भएको बताएको छन् । 

यही फागुन २१ गते हुने निर्वाचनका क्रममा आवश्यक सुरक्षा व्यवस्थाका बारेमा जानकारी लिने उद्देश्यले आज नेपालगञ्ज आइपुग्नुभएका गृहमन्त्री अर्यालले भयरहित वातावरणमा मतदान गर्न पाउने जनताको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए।  

आज बाँकेको नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा उहाँले स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले कुनै पनि कसर बाँकी नराख्ने स्पष्ट गर्दै ढुक्क भएर मतदान गर्न देशवासीसँग अनुरोध गरे। 

गृहमन्त्री अर्यालले जिल्लास्थित प्रमुखहरूसँगको भेटघाटपछि उनले भने, “बाँके जिल्लाको निर्वाचन सुरक्षाको अवस्था र व्यवस्थासहित रणनीति बुझ्ने क्रममा यहाँ आएको हुँ । सम्बद्ध सुरक्षा प्रमुखहरूबाट समग्र विषयवस्तुका बारेमा जानकारी प्राप्त भयो । सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइएको छ, निर्धक्क भएर मतदान गर्न सबैसँग अनुरोध गर्दछु । ”

गृहमन्त्री अर्यालले जिल्ला सुरक्षा समिति, प्रमुख जिल्ला अधिकारी र मुख्य निर्वाचन अधिकृतलगायत निर्वाचनसँग सम्बन्धित सबै निकायको काम कारबाहीसहित आउनसक्ने चुनौतीको पूर्वतयारी सन्तोषजनक रहेको बताए। 

उनले अहिले समग्र देशको सुरक्षा अवस्था सुदृढ भएको र देशव्यापी रूपमा निर्वाचनको माहोल बनेकाले अत्यधिक जनताको सहभागितासहित उल्लासमय वातावरणबीच शान्तिपूर्ण ढङ्गबाट निर्वाचन सफल हुने विश्वास व्यक्त गर्नुभयो । 

कहीँकतैबाट निर्वाचन बिथोल्न प्रयास हुन सक्नेतर्फ सचेत गराउँदै गृहमन्त्री अर्यालले भने, “राजनीतिक दल नभई केही समूह त्यसमा सक्रिय छन् । त्यस्ता समूहलाई हामीले नियन्त्रणमा लिएका छौँ र लिन्छौँ पनि । जसले कानुनविपरीत काम गर्छ र मताधिकार जस्तो लोकतान्त्रिक प्रक्रियामा अवरोध गर्छ, तिनीहरूलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गरिने छ ।”

उनले एकफरक प्रसङ्गमा बाँके जिल्लामा कायम रहेको धार्मिक सहिष्णुताको प्रशंसा गर्दै गलत तत्वलाई समयमै पहिचान गरी रोकथाम गर्न यहाँको नेतृत्व सफल भएको बताए। सञ्चारकर्मीको जिज्ञासामा गृहमन्त्रीले ‘जेनजी’ आन्दोलनका बेला भएका घटनाको विस्तृत अध्ययन भइरहेको र त्यसका लागि सरकारले समय थप गरेकोसमेत जानकारी दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज सुनको मूल्य छ हजार ४०० सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य  तोलामा रु छ हजार चार सयले बढेको छ भने चाँदी  रु एक सय १० ले ब...

पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । पर्सामा ठूलो परिमाणमा गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले १०५ किलो गाँजासहित भारतका ५० वर्षीय सउरु चौधरीलाई पक्राउ गरे...

७५ वर्षीया सार्की मृत भेटिएपछि एकल ज्येष्ठ नागरिकको सुरक्षामा चिन्ता

लमजुङ। लमजुङको राइनास नगरपालिका–६ फूलबारीमा एक्लै बस्दै आएकी ७५ वर्षीया काली सार्की शनिबार राति आफ्नै घरभित्र मृत अवस्थामा भेटिएको छन् । कोठाको खाटमुन...

स्रोत नखुलेको ५२ लाख ५० हजारसहित चार जना पक्राउ

पर्सा। अवैध वित्तीय कारोबार (हुण्डी) मा संलग्न रहेको आशंकामा जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपियाँसहित एक भारतीय नागरिकस...

बजेट ल्याउन नसकेका मधेसका चार नगरपालिकामा सरकारको टोली जाँदै

काठमाडौँ । लामो समयदेखि नगरसभामा बजेट पेश गर्न नसकेका मधेस प्रदेशका चार नगरपालिकाको समस्या समाधान गर्न संघीय सरकारले स्थलगत सहजीकरण गर्ने भएको छ। भ...

रुग्ण उद्योग ब्युँताउने सरकारको तयारीप्रति प्रचण्ड सकारात्मक, भने– ‘आत्मनिर्भर अर्थतन्त्रमा ठूलो फड्को’

काठमाडौं । वर्षौंदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका सरकारी उद्योग पुन: सञ्चालन गर्ने सरकारको तयारीप्रति नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाह...

कपिलवस्तु मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

कपिलवस्तु। कपिलवस्तु नगरपालिका–७ धरमपनियामा सडक छेउमा बिग्रिएर मर्मत भइरहेको मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते ...

जाजरकोटमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । जाजरकोटमा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ९ बजेर ८ मिनेटमा जाजरको...

प्रतिनिधिसभा बैठकमा चार विधेयक प्रस्तुत हुँदै, दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत हुने भएका छन्। बैठकमा दुई मन्त्रीसँग सांसदको मन्त्रालयगत प्रश्नोत्तर...

विशेष महाधिवेशनले कांग्रेस कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको र अहिले फुटको अवस्थामा पुगेको बताएका छन्। आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending