काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबैभन्दा धेरै १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ ।
दश वटा निर्वाचन क्षेत्रमा तीन लाख ६४ हजार महिला, तीन लाख ४६ हजार ११६ पुरुष, र अन्य सात गरी कूल सात लाख १० हजार ७०८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौँका सूचना अधिकारी सृजना रायमाझीले जानकारी दिनुभयो ।
काठमाडौँ, निर्वाचन क्षेत्र नं. १ मा २२ वटा मतदानस्थल र मतदान केन्द्र ५७ छन् । यहाँ २५ हजार २५२ महिला र २३ हजार २३७ पुरुष गरी कुल ४८ हजार ८४९ मतदाता रहेका छन् ।
काठमाडौँ क्षेत्र नं. २ मा ४० वटा मतदानस्थल र मतदान केन्द्र १०० छन् । यस क्षेत्रमा पुरुष मतदाता ४५ हजार ३१५ र महिला मतदाता ४३ हजार ३९३ गरी कुल मतदाता ८८ हजार ७०८ रहेको पनि उहाँले सुनाउनुभयो ।
काठमाडौँ क्षेत्र नं ३ मा २९ मतदानस्थल र मतदान केन्द्र ७२ छन् । यस क्षेत्रमा महिला मतदाता ३२ हजार ९२३ र पुरुष मतदाता ३१ हजार ५५६ गरी कुल ६४ हजार ४७९ मतदाता रहेका छन् ।
काठमाडौँ क्षेत्र नं.। ४ मा ३३ मतदानस्थल र ८८ मतदान केन्द्र छन् । यहाँ ३९ हजार ५९९ महिला र ३६ हजार ५४२ पुरुष गरी ७६ हजार १४१ मतदाता रहेका छन् ।
काठमाडौँ क्षेत्र नं. ५ मा मतदानस्थल ३१ र मतदान केन्द्र ९० छन् । यहाँ ४० हजार ८३२ महिला, ३७ हजार २७८ पुरुष र अन्य चार गरी कुल मतदाता ७८ हजार ११४ रहेका छन् ।
काठमाडौँ क्षेत्र नं.६ मा मतदानस्थल ३२ र मतदान केन्द्र ७९ छन् । यहाँ महिला ३४ हजार ९५६, पुरुष ३२ हजार ८०२ र अन्य एक गरी कुल मतदाता ६७ हजार ७५९ छन् ।
काठमाडौँ क्षेत्र नं. ७ मा मतदानस्थल २९, मतदान केन्द्र ७८ छन् । यहाँ महिला ३४ हजार ७३८ र पुरुष ३२ हजार ६७३ गरी कुल ६७ हजार ४११ मतदाता रहेका छन् ।
काठमाडौँ क्षेत्र नं.८ मा मतदान स्थल २३ र मतदान केन्द्र ६५ छन् । यहाँ महिला २९ हजार ८९८ र पुरुष २७ हजार ९१३ गरी कुल ५७ हजार ८११ मतदाता रहेका छन् ।
काठमाडौँ क्षेत्र नं. ९ मा ३४ मतदानस्थल र मतदान केन्द्र ९० छन् । यहाँ महिला ४० हजार २७८ र पुरुष ३८ हजार २१७ गरी कुल ७८ हजार ४९५ छन् ।
काठमाडौँ क्षेत्र नं. १० मा मतदानस्थल ४७ र मतदान केन्द्र ९८ रहेको छ । यहाँ महिला ४२ हजार ७१६, पुरुष ४० हजार ५८३ र अन्य दुई गरी कुल मतदाता ८३ हजार ३०१ छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १७ गते, २०८२ - १४:४४
कतार। कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारी सरकारद्वारा जारी सुरक्षा निर्देशन पालना गर्न अनुरोध गरेको छ । दूतावासले पश्चिम एसियामा व...
फाल्गुन १७ गते, २०८२ - १४:३२
काठमाडौं । आफ्नो उम्मेदवार नउठाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही–२ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेल लाई समर्थन ग...
फाल्गुन १७ गते, २०८२ - १४:२०
काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा। कुमार इङनामले सरकारले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउनका लागि सम्पूर्ण शक्ति परिच...
फाल्गुन १७ गते, २०८२ - १४:१४
विराटनगर। फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मोरङमा सुरक्षा र अनुगमनको तयारीलाई तीव्र पारिएको छ । नेपाल पत...
फाल्गुन १७ गते, २०८२ - १४:०८
झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले आगामी निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको विजय वा पराजय एमालेको मात्र नभई सि...
फाल्गुन १७ गते, २०८२ - १३:३५
विराटनगर। मोरङको सुनवर्षी नगरपालिकामा मतदातालाई प्रभावित पार्ने उद्देश्यले पैसा बाँड्न हिँडेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । गएर...
फाल्गुन १७ गते, २०८२ - १२:५८
ब्रसेल्स । अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको व्यापक सैन्य आक्रमण र इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको रिपोर्ट गरिएको मृत्युले मध्यपूर्व...
फाल्गुन १७ गते, २०८२ - १२:४८
काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबैभन्दा धेरै १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान ...
फाल्गुन १७ गते, २०८२ - १२:३६
काठमाडौँ । ललितपुरको प्रसिद्ध रातो मछिन्द्रनाथको रथको जलेको पाङ्ग्रा पुनर्निर्माण कार्य सुरु भएको छ । गत भदौमा जेनजी आन्दोलनका क्रममा आगलागीबाट क्षतिग...
फाल्गुन १७ गते, २०८२ - १२:२०
काठमाडौँ। इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको मृत्यु भएको इरानको सरकारी सञ्चारमाध्यम र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले औपचारिक रूपमा पुष...



प्रतिकृया लेख्नुहोस्: