विराटनगर। मोरङको सुनवर्षी नगरपालिकामा मतदातालाई प्रभावित पार्ने उद्देश्यले पैसा बाँड्न हिँडेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
गएराति सुनवर्षी नगरपालिकाबाट उनीहरूलाई चार लाख ४९ हजार रुपियाँ नगदसहित नियन्त्रणमा लिइएको हो ।मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालका अनुसार राति ९ बजेको समयमा शङ्कास्पद गतिविधि भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले गाडी खानतलासी गरेको थियो ।
सो क्रममा स्रोत नखुलेको उक्त नगद फेला परेको हो । खानतलासी गरिएको गाडीमा नगदका साथै नेपाली कांग्रेसको निर्वाचन प्रचारप्रसारका सामग्रीहरू समेत फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले रतुवामाई नगरपालिका–८ का ४५ वर्षीय लेखनाथ घिमिरे, रतुवामाई–९ का ६० वर्षीय खड्गबहादुर चोङवाङ र सोही वडाका ४७ वर्षीय चक्र नेपालीलाई नियन्त्रणमा लिएको थियो ।
उनीहरूलाई आवश्यक परेको समयमा उपस्थित हुने सर्तमा राति नै छाडिएको र बरामद भएको रकम र गाडीलाई थप कारबाहीका लागि मोरङ निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन कार्यालयमा आज जिम्मा लगाइएको एसपी कटुवालले जानकारी दिए ।
स्थानीय अन्य राजनीतिक दलका कार्यकर्ताहरूले मतदातालाई पैसा दिएर प्रभावित पार्न खोजिएको भन्दै प्रहरीलाई खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
निर्वाचन आचारसंहिता लागू भइरहेको समयमा शङ्कास्पद नगद र राजनीतिक सामग्रीसहित व्यक्तिहरू भेटिएपछि निर्वाचन स्वच्छ र निष्पक्ष हुने कुरामा राजनीतिक दलहरूले शङ्का गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १७ गते, २०८२ - १५:२२
काठमाडौं । सरकारले खाडी मुलुक जाने नेपाली कामदारको श्रम स्वीकृति अस्थायी रूपमा स्थगित गरेको छ। यो कदम मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबीचको बढ्दो तन...
फाल्गुन १७ गते, २०८२ - १४:५५
तेहरान । संयुक्त अमेरिका–इजरायल को हवाई हमलामा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी, रक्षा मन्त्री अज़िज नासिरजादेह, र सेनाका प्रमुख लेफ्टिनेन्ट...
फाल्गुन १७ गते, २०८२ - १४:४४
कतार। कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारी सरकारद्वारा जारी सुरक्षा निर्देशन पालना गर्न अनुरोध गरेको छ । दूतावासले पश्चिम एसियामा व...
फाल्गुन १७ गते, २०८२ - १४:३२
काठमाडौं । आफ्नो उम्मेदवार नउठाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही–२ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेल लाई समर्थन ग...
फाल्गुन १७ गते, २०८२ - १४:२०
काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा। कुमार इङनामले सरकारले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउनका लागि सम्पूर्ण शक्ति परिच...
फाल्गुन १७ गते, २०८२ - १४:१४
विराटनगर। फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मोरङमा सुरक्षा र अनुगमनको तयारीलाई तीव्र पारिएको छ । नेपाल पत...
फाल्गुन १७ गते, २०८२ - १४:०८
झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले आगामी निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको विजय वा पराजय एमालेको मात्र नभई सि...
फाल्गुन १७ गते, २०८२ - १३:३५
विराटनगर। मोरङको सुनवर्षी नगरपालिकामा मतदातालाई प्रभावित पार्ने उद्देश्यले पैसा बाँड्न हिँडेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । गएर...
फाल्गुन १७ गते, २०८२ - १२:५८
ब्रसेल्स । अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको व्यापक सैन्य आक्रमण र इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको रिपोर्ट गरिएको मृत्युले मध्यपूर्व...
फाल्गुन १७ गते, २०८२ - १२:४८
काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबैभन्दा धेरै १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान ...



प्रतिकृया लेख्नुहोस्: