Khabar Dabali १७ फाल्गुन २०८२ आईतवार | 1st March, 2026 Sun
Investment bank

खामेनीको मृत्यु र विश्वको सावधानीपूर्ण प्रतिक्रिया

खबरडबली संवाददाता

ब्रसेल्स । अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको व्यापक सैन्य आक्रमण र इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको रिपोर्ट गरिएको मृत्युले मध्यपूर्वलाई अनिश्चित मोडमा पुर्‍याएको छ । सन् १९७९ को इस्लामिक क्रान्तिपछि सत्तामा रहेको इस्लामिक गणतन्त्रका दोस्रो सर्वोच्च नेताको निधन भएको समाचार बाहिरिएसँगै क्षेत्रीय शक्ति सन्तुलन, आणविक कार्यक्रमको भविष्य र सम्भावित व्यापक युद्धबारे विश्वभर गम्भीर चासो व्यक्त गरिएको छ । विश्व नेताहरूले सावधानीपूर्वक प्रतिक्रिया जनाउँदै संयमता र कूटनीतिक पहलको आह्वान गरेको छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत खामेनीको मृत्यु पुष्टि गर्दै यसलाई ‘इरानी जनताका लागि आफ्नो देश फिर्ता लिने सबैभन्दा ठूलो अवसर’ बताउनुभएको छ । इरानी सरकारी सञ्चारमाध्यमले ८६ वर्षीय नेताको निधन भएको जनाएको छ, तर कारण खुलाएको छैन । इजरायली अधिकारीहरूले नाम नछाप्ने सर्तमा उहाँको मृत्यु भएको जानकारी दिएका थिए भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले टेलिभिजन सम्बोधनमा खामेनीको कम्पाउन्डमा गरिएको आक्रमणपछि उहाँको मृत्यु भएको ‘बढ्दो सङ्केत’ देखिएको उल्लेख गरेको छन् ।

खामेनीको स्पष्ट उत्तराधिकारी सार्वजनिक रूपमा तोकिएको थिएन । त्यसैले उहाँको सम्भावित निधनले इरानको राजनीतिक संरचना र नेतृत्व सङ्क्रमणलाई लिएर अन्योल थपिएको छ । विश्लेषकहरूले यसले आन्तरिक शक्ति सङ्घर्ष चर्किन सक्ने र बाह्य द्वन्द्व तीव्र हुन सक्ने सङ्केत गरेका छन् । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले यसै विषयमा आपतकालीन बैठक बोलाएको छ ।

अमेरिका र इजरायलले शनिबार इरानविरुद्ध ठुलो आक्रमण सुरु गरेका थिए । राष्ट्रपति ट्रम्पले इरानी जनतालाई वर्तमान धार्मिक शासनविरुद्ध उभिन र ‘आफ्नो भाग्यको नियन्त्रण लिन’ आह्वान गर्नुभएको छ । त्यसको प्रत्युत्तरमा इरानले इजरायल तथा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको जनाएको छ । क्षेत्रीय तनाव तीव्र बन्दै जाँदा प्रतिशोध र प्रतिआक्रमणको चक्र लम्बिने चिन्ता बढेको छ ।

युरोपेली शक्तिहरूले प्रत्यक्ष समर्थन वा निन्दा नगरी वार्ताको बाटो रोज्न आग्रह गरेका छन् । बेलायतका प्रधानमन्त्री किर स्टर्मर, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मनीका चान्सलर फ्रेडरिक मर्जले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिका र इरानलाई तत्काल वार्तामा फर्किन आग्रह गर्नुभएको छ । उहाँहरूले आफ्नो देश आक्रमणमा संलग्न नभएको स्पष्ट पार्दै इरानको आणविक कार्यक्रम, ब्यालिस्टिक गतिविधि र क्षेत्रीय अस्थिरताका प्रश्न कूटनीतिक माध्यमबाट मात्र समाधान हुनसक्ने बताउनुभएको छ ।

अरब लिगले इरानी आक्रमणलाई शान्ति र स्थिरताका लागि प्रयासरत देशहरूको सार्वभौमसत्तामाथिको स्पष्ट उल्लङ्घन भनेको छ । मोरक्को, जोर्डन, सिरिया र संयुक्त अरब इमिरेट्सलगायतका राष्ट्रहरूले क्षेत्रका अमेरिकी सैन्य अड्डामा लक्षित इरानी हमलाको निन्दा गरेका छन् । साउदी अरेबियाले इरानी कदमलाई कडा शब्दमा आलोचना गर्दै क्षेत्रीय स्थिरता जोगाउन संयमता आवश्यक रहेको जनाएको छ । वार्ताको मध्यस्थता गर्दै आएको ओमानले भने अमेरिकी कारबाहीले अन्तर्राष्ट्रिय कानूनको सिद्धान्त उल्लङ्घन गरेको टिप्पणी गरेको छ ।

अस्ट्रेलिया र क्यानडाले अमेरिकी आहड्तालको समर्थन जनाएका छन् । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले इरानलाई मध्यपूर्वमा अस्थिरता र आतङ्कको प्रमुख स्रोत बताउनुभएको छ । यसको विपरीत रुसले आक्रमणलाई पूर्वयोजनाबद्ध सशस्त्र कारबाही भनेको छ र चीनले तत्काल सैन्य कारबाही रोक्न तथा संवादमा फर्किन आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयले इरानको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान हुनुपर्ने धारणा सार्वजनिक गरेको छ ।

क्षेत्रीय स्तरमा जनजीवनमा मिश्रित प्रभाव देखिएको छ । कब्जा गरिएको पश्चिम किनारमा इजरायलको आइरन डोमले मिसाइल अवरोध गरिरहँदा आकाशमा विस्फोटको आवाज सुनिए पनि दैनिक गतिविधि पूर्ण रूपमा ठप्प भएको छैन । तर इजरायलले चेकपोइन्टहरू बन्द गरेपछि आपूर्ति अवरोधको आशङ्काले पेट्रोल पम्पहरूमा लामो लाइन देखिएको छ । प्यालेस्टिनी प्राधिकरणले अरब राष्ट्रहरूविरुद्ध इरानी आक्रमणको निन्दा गरेको छ, तर अमेरिकी वा इजरायली कारबाहीबारे टिप्पणी गरेको छैन ।

नर्वेका विदेशमन्त्री एस्पेन बार्थ इडेले अवस्था ‘नयाँ, व्यापक युद्ध’ तर्फ जान सक्ने चिन्ता व्यक्त गर्नुभएको छ । नोबेल शान्ति पुरस्कार विजेता इन्टरनेसनल क्याम्पेन टु एबोलिस न्युक्लियर वेपन्सले पनि आक्रमणको निन्दा गर्दै यसले आणविक प्रसार र सम्भावित प्रयोगको जोखिम बढाउने चेतावनी दिएको छ । युरोपेली सङ्घ ९इयु० र अरब लिगले सबै पक्षलाई संयम अपनाउन र तनाव वा द्वन्द्व न्यूनीकरण गर्ने प्रक्रियातर्फ अग्रसर हुन आग्रह गरेका छन् ।

खामेनीको रिपोर्ट गरिएको मृत्यु, नेतृत्व सङ्क्रमणको अनिश्चितता र तीव्र सैन्य कारबाहीबीच मध्यपूर्व गम्भीर मोडमा उभिएको छ । कूटनीतिक प्रयास सफल नभए क्षेत्रीय द्वन्द्व अझ फराकिलो दायरामा फैलिन सक्ने जोखिमप्रति विश्व समुदाय सचेत देखिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिका–इजरायल हमलामा इरानका रक्षामन्त्री र सेना प्रमुख पनि मारिएको पुष्टि

तेहरान । संयुक्त अमेरिका–इजरायल को हवाई हमलामा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी, रक्षा मन्त्री अज़िज नासिरजादेह, र सेनाका प्रमुख लेफ्टिनेन्ट...

कतारस्थित नेपाली दूतावासद्वारा सुरक्षाका निर्देशन पालना गर्न आग्रह

कतार। कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारी सरकारद्वारा जारी सुरक्षा निर्देशन पालना गर्न अनुरोध गरेको छ । दूतावासले पश्चिम एसियामा व...

रुपन्देही–२ मा चुनावी समीकरण फेरियो, राप्रपाको समर्थन कांग्रेस उम्मेदवार पौडेललाई

काठमाडौं । आफ्नो उम्मेदवार नउठाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही–२ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेल लाई समर्थन ग...

निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन सरकार शतप्रतिशत लागेको छ: मन्त्री इङनाम

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा। कुमार इङनामले सरकारले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउनका लागि सम्पूर्ण शक्ति परिच...

निर्वाचन मर्यादित बनाउन सुरक्षा र अनुगमनमा कडाइ

विराटनगर। फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मोरङमा सुरक्षा र अनुगमनको तयारीलाई तीव्र पारिएको छ । नेपाल पत...

झापा पुगेका योगेश भट्टराईले भने: ओलीको जित देशकै भविष्यसँग जोडिएको छ

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले आगामी निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको विजय वा पराजय एमालेको मात्र नभई सि...

मोरङमा मतदातालाई पैसा बाँड्न हिँडेको आरोपमा तीन जना पक्राउ

विराटनगर। मोरङको सुनवर्षी नगरपालिकामा मतदातालाई प्रभावित पार्ने उद्देश्यले पैसा बाँड्न हिँडेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । गएर...

खामेनीको मृत्यु र विश्वको सावधानीपूर्ण प्रतिक्रिया

ब्रसेल्स । अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको व्यापक सैन्य आक्रमण र इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको रिपोर्ट गरिएको मृत्युले मध्यपूर्व...

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबैभन्दा धेरै १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान ...

रातो मछिन्द्रनाथको जलेको पाङ्ग्रा बनाउन सुरु

काठमाडौँ । ललितपुरको प्रसिद्ध रातो मछिन्द्रनाथको रथको जलेको पाङ्ग्रा पुनर्निर्माण कार्य सुरु भएको छ । गत भदौमा जेनजी आन्दोलनका क्रममा आगलागीबाट क्षतिग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE