लमजुङ। जिल्ला प्रशासन कार्यालय लमजुङले फागुन १८ गते मनाइने होली पर्वमा उम्मेदवार र राजनीतिक दलको चिह्न अंकित कपडा र कपडाजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
कार्यालयले एक सूचना जारी गर्दै सर्वसाधारणलाई सचेत रहन र पर्वलाई सभ्य, मर्यादित तथा मनोरञ्जनपूर्वक मनाउन अनुरोध गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतमले जारी गरेको सूचनामा ‘होली पर्व प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा परेको र निर्वाचन आचारसंहिताविपरीत हुने भएकाले उम्मेदवार र राजनीतिक दलको चुनाव अंकित सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको’ जनाइएको छ ।
उनले भन्नुभयो, “राजनीतिक दल र उम्मेदवारको चिह्न अंकित टोपी, व्याच, भेस्ट, टि–सर्ट, कमिज, गम्छालगायत कपडा तथा अन्य सामग्रीको उत्पादन, बेचबिखन र प्रयोगमा पूर्ण रूपमा रोक लगाएका छौं । यो रोक उल्लंघन भएमा निर्वाचन आचारसंहिता, २०८२ र प्रचलित कानुन अनुसार कारबाही हुन्छ ।”
सूचनामा कुनै पनि व्यक्तिको इच्छाविपरीत जबरजस्ती रङ हान्ने, लोला हान्ने, फोहोर छ्याप्ने, बाटोमा हिँड्ने यात्रुलाई दु:ख र हैरानी दिने, यातायात अवरोध गरी रकम असुल्ने, मादक पदार्थ तथा नशालु पदार्थ खाने र खुवाउने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सार्वजनिक स्थलहरूमा होहल्ला गर्ने, चर्को स्वरमा गीत, बाजा ९डिजे० बजाउने, कुनै पनि व्यक्तिको निजी जीवनमा असर पार्ने र सार्वजनिक शान्ति तथा सुव्यवस्थामा असर पर्ने गतिविधि नगर्न अनुरोध गरिएको छ ।
यस्तै, घरको छत, छिँडी र बरण्डामा खेल्दा हुन सक्ने दुर्घटनाप्रति सजग रहँदै स्वास्थ्य र सुरक्षाका मापदण्ड अपनाइ व्यवस्थित, मर्यादित र मनोरञ्जनपूर्वक होली मनाउन र समाजमा शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्ने कार्यमा सहयोग गरिदिन अनुरोध गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - १३:२५
कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...
आषाढ़ १३ गते, २०८३ - १३:१२
काराकास। भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुगेको छ । मृतकमध्ये विभिन्न देशका नागरिक पनि रहेको सम्बन्धित देशहरू...
आषाढ़ १३ गते, २०८३ - १२:५५
ललितपुर। काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ एन-वान) सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ। पशुसेवा विभागका अनुसार हाल...
आषाढ़ १३ गते, २०८३ - १२:२७
काठमाडौँ। न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा शनिबार भएक...
आषाढ़ १३ गते, २०८३ - ११:४७
विराटनगर। विराटनगरका नेपाली कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन्। शनिबार बिहान प्रहरीले उनको घरमा छापा मारेर खानतलासी गरेपछि उनलाई नियन्त्रणमा ल...
आषाढ़ १३ गते, २०८३ - ११:३१
म्याग्दी। म्याग्दीको धवलागिरी गाउँपालिका–४ राताखोला स्थित ६५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनामा टिप्परको ठक्करबाट एक मजदुरको मृत्यु भए...
आषाढ़ १३ गते, २०८३ - ११:२०
काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट क...
आषाढ़ १३ गते, २०८३ - ११:०७
काठमाडौं । भक्तपुरमा आफ्नै छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। उदयपुरको कटारी नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–९...
आषाढ़ १३ गते, २०८३ - १०:३५
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार जारी समूह ‘जी’ को खेलमा बेल्जियमले न्युजिल्यान्डविरुद्ध ३–० को सहज अग्रता बनाएको छ। बेल्जियमका लागि पहि...
आषाढ़ १३ गते, २०८३ - १०:१७
पर्वत । आर्थिक वर्षको अन्त्यमा बजेट तथा कार्यक्रमहरूको भुक्तानी प्रक्रिया प्रभावकारी बनाउन पर्वतको मोदी गाउँपालिकाले सार्वजनिक बिदाको दिन पनि गाउँपालि...



प्रतिकृया लेख्नुहोस्: