कालीकोट। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जथाभावी पेट्रोलियम पदार्थ बिक्रीमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालयले पेट्रोलियम पदार्थको खुला बिक्रीवितरणमा रोक लगाएको हो ।निर्वाचन अवधिभर पेट्रोल, डिजेल र मट्टितेललगायत पेट्रोलियम पदार्थ बोतल, जर्किन वा अन्य खुला भाँडामा बिक्रीवितरण गर्न रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताए।
जिल्ला सुरक्षा समितिको बैठकअनुसार इन्धन बिक्री गर्ने सबै पेट्रोलपम्प तथा व्यवसायी अनिवार्य रूपमा सम्बन्धित निकायमा दर्ता भई सञ्चालन भएको हुनुपर्ने र दर्ता नभएका व्यक्ति वा संस्थाले पेट्रोलियम पदार्थ बिक्री–वितरण गर्न नपाउने गरी रोक लगाइएको उनले जानकारी दिए।
यसैगरी तोकिएको मूल्यभन्दा बढी मूल्यमा बिक्री, कृत्रिम अभाव सिर्जना, अनावश्यक मौज्दात राख्ने वा निर्वाचन प्रयोजनबाहेक अन्य प्रयोजनका लागि दुरुपयोग गर्न नपाइने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
एम्बुलेन्स, अस्पताल, सुरक्षा निकाय तथा निर्वाचन प्रयोजनका सवारीसाधनलगायत अत्यावश्यक सेवामा संलग्न सवारीसाधनलाई मात्र सम्बन्धित निकायको सिफारिस वा आधिकारिक परिचयपत्रका आधारमा आवश्यक परिमाणमा इन्धन उपलब्ध गराइने कार्यालयले जनाइएको छ ।
“उक्त व्यवस्था कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा नेपाल आयल निगमको समन्वयमा नियमित तथा आकस्मिक अनुगमन गरिनेछ । सुरक्षा समितिको निर्णय उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम जरिवाना, इजाजतपत्र निलम्वन वा खारेजसहित आवश्यक कानुनी कारबाही गरिने छ”, सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भने।
पेट्रोलियम व्यवसायी, ढुवानी व्यवसायी तथा आमनागरिकलाई अनिवार्य रूपमा निर्णय पालना गर्न तथा कुनै शङ्कास्पद गतिविधि देखिएमा तत्काल प्रशासन वा सुरक्षा निकायमा जानकारी गराउन आग्रह गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १ गते, २०८३ - १७:२४
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा पूर्णनिष्ठाका साथ राष्ट्र निर्माणमा आ-आफ्नो जिम्मेवारी पूरा गरौँ भन्ने शुभकामना व्यक...
बैशाख १ गते, २०८३ - १७:०५
कञ्चनपुर। मलामी गएका एक युवक महाकाली नदीमा डुबेर बेपत्ता भएको छन् । मङ्गलबार दिउँसो छिमेकीको मलामी गएका बेला शुक्लाफाँटा नगरपालिका–७ का ४५ वर्षीय प...
बैशाख १ गते, २०८३ - १६:४८
काठमाडौं । सरकारले आगामी दशकभित्र देशको विद्युत् जडित क्षमता ३० हजार मेगावाट पुर्याउने महत्वाकांक्षी लक्ष्य तय गरेको छ। ६ राजनीतिक दलका चुनावी प्रतिब...
बैशाख १ गते, २०८३ - १६:१६
काठमाडौं । सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्...
बैशाख १ गते, २०८३ - १६:०४
काठमाडौं । सरकारले शासकीय सुधारलाई लक्ष्य गर्दै १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’को मस्यौदा सार्वजनिक गरेको छ। उक्त मस्यौदामाथि सुझाव तथा प्रतिक्रि...
बैशाख १ गते, २०८३ - १४:००
काठमाडौं । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको उपचारका क्रममा निधन भएको छ। ३२ वर्षीय लामा सवार बा.प्...
बैशाख १ गते, २०८३ - १३:५६
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने लक्ष्यसहित काम अगाडि बढाएको छ। बोर्डले आगामी...
बैशाख १ गते, २०८३ - १३:५०
लमजुङ। मनाङको नासोँ गाउँपालिका–३ धारापानी नजिकै ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको सुन्दरबजार घर भई हाल मर्स्याङ्दी गाउँ...
बैशाख १ गते, २०८३ - १३:४४
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने 'जरा अभियान' को शुभारम्भ गरेको छन् । काठमाडौँ मह...
बैशाख १ गते, २०८३ - १२:३९
काठमाडौँ। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएको छिन् । नय...


प्रतिकृया लेख्नुहोस्: