Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

मतदाताको गुनासो- चुनावमा बाचा गर्छन्, जितेपछि बिर्सन्छन्

खबरडबली संवाददाता

सुदूरपश्चिम । “चुनावका बेला आकर्षक नारा दिएर जनतालाई फकाउँछन्, चुनाव जितेपछि वाचा बिर्सन्छन्, यसपालि समस्या समाधान गर्नसक्ने उम्मेदवारलाई मत दिन्छु”, कैलाली निर्वाचन क्षेत्र–५ का मतदाता जागुराम चौधरीले आसन्न चुनावका बारेमा प्रतिक्रिया दिँदै भने, “खेतीको समयमा मल पाइँदैन, उत्पादित कृषिउपजको उचित मूल्य पाइँदैन, जोसुकैले चुनाव जिते पनि हाम्रो पीडा बुझिदिने कोही छैन ।”

सोही वडाका स्थानीय रामदिन चौधरीले तीन दशकदेखि बसेको दुई कट्ठा ऐलानी जग्गाको लालपुर्जा दिलाउनेलाई मत दिने बताए। चुनावको समयमा उठाइने विकासका मुद्दा सम्बोधन हुन नसकिरहेको गुनासो यस क्षेत्रका मतदाताको छ । मुद्दा सम्बोधन नहुँदा आसन्न निर्वाचनका प्रत्यासीले हाल उठाइरहेका मुद्दाका बारेमा मतदाता विश्वस्त हुन सकिरहेका छैनन् ।

चुनावी प्रचार प्रसारको सरगर्मी बढ्दै जाँदा उम्मेदवारहरु यतिबेला घरदैलोमा पुगेर मतदाताको मन रिझाउन व्यस्त छन् । उम्मेदवारहरुले टोल भेला, कोणसभाजस्ता कार्यक्रम गरिरहेका छन् । चोक, चौतारी, चियापसलजस्ता ठाउँमा भेटघाट हुनेहरुबीच चुनावमा विजय पराजयका बारेमा आआफ्नो अड्कलबाजी गरिरहेका छन् ।

क्षेत्र–५ का प्रत्यासीहरुले उठाएका चुनावी एजेन्डा लगभग समान देखिन्छन् । फाप्ला क्रिकेट मैदान निर्माण, धनगढी विमानस्थलको स्तरोन्नति, सेती प्रादेशिक अस्पतालको स्तरोन्नति, सहिद दशरथचन्द विश्वविद्यालय पूर्ण क्षमतामा सञ्चालन गर्नेलगायतका एजेन्डालाई उम्मेदवारहरुले प्राथमिकता दिएर मत मागिरहेका छन् ।

यसअघिका निर्वाचनमा पनि यिनै विषय चर्चामा थिए । यीमध्ये सहिद दशरथचन्द विश्वविद्यालय सञ्चालनको प्रक्रियामा आइसकेको छभने फाप्ला क्रिकेट मैदान निर्माणका लागि ‘डिपीआर’ तयार भएर थप काम अघि बढ्न सकेको छैन । यसबाहेक भ्रष्टाचार नियन्त्रण, सुशासन, रोजगारी सिर्जना, सूचना प्रविधिको प्रयोग र विस्तार, स्वास्थ्य क्षेत्रको सुधार, युवा स्वरोजगार तथा उद्यमशीलता, कृषि र आर्थिक क्षेत्रको विकासलाई पनि उम्मेदवारहरुले चुनावी मुद्दा बनाएका छन् ।

धेरै उम्मेदवारले आआफ्नो प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरिसकेका छन् । प्रतिबद्धतापत्रमा उम्मेदवारले मतदातालाई रिझाउने आकर्षक नारा समेटेका छन् । कतिपय उम्मेदवारले आफ्नो पक्षमा मत तान्न अर्को समुदायका व्यक्तिसँग मितेरी साइनो गाँस्नेसम्मका काम भएका छन् । मत माग्नका लागि मिठाईका डब्बासहित घरघरमा पुग्ने उम्मेदवारको चुनाव जित्ने रणनीति अनौँठो देखिएको छ ।

क्षेत्र नं ५ का मतदाता माया भट्टले भनिन्, “चुनावको बेला हारगुहार गर्नेहरु चुनाव जितेपछि फर्किँदैनन्, अहिले हारगुहार गरेर फकाउने प्रयास गरिए पनि सुझबुझपूर्ण रुपमा परिपक्व र सही उम्मेदवारलाई मत दिने तयारीमा मतदाता देखिन्छन् ।”

अर्का मतदाता केशव पाठकले यसपालिको निर्वाचन गत विगतका भन्दा फरक परिस्थितिमा भइरहेकाले मतदाताले सोचविचार गरेर मतदान गर्ने अवस्था रहेको बताए । उनले भनिन्, “कतिपय सञ्चार माध्यममा आइरहेका चुनावी विश्लेषणसम्बन्धी समाचार र सामाजिक सञ्जालमा आइरहेका सूचना वास्तविकताभन्दा फरक देखिन्छन्, मतदाता धेरै सचेत भइसकेका छन् ।” प्रत्यासीहरुले सामाजिक सञ्जाललगायतका सूचना प्रविधिको प्रयोग गरेर मतदाता रिझाउने आसयका सामग्रीको प्रयोग बढाइरहेका छन् ।

यस क्षेत्रमा नेपाली कांग्रेसका नरनारायण शाह, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का यज्ञराज ढुङ्गाना, नेपाली कम्युनिष्ट पार्टीका प्रेमबहादुर आले, राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबहादुर चन्द, उज्यालो नेपाल पार्टीका चन्द्र साउँद, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन शाही उम्मेदवार छन् ।

त्यसैगरी जनमत पार्टीका धनबहादुर चौधरी, नागरिक उन्मुक्ति पार्टी नेपालका जगन्नाथ चौधरी, नेपाल कम्युनिष्ट पार्टी(माओवादी)का बजरङ्गबहादुर सिंह, राष्ट्रिय जनमोर्चाका शोभमणि जोशी, आमजनता पार्टीका देवसिंह विष्ट, नेपाल मजदुर किसान पार्टीका तृष्ण पुनमगर, मितेरी पार्टी नेपालका राधिकाकुमारी कार्की, स्वतन्त्र प्यारेलाल राना र ईश्वरी विष्ट उम्मेदवार छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापामा बालेनको भीड सिद्धिसक्यो, भरसक एमालेको बहुमत नै आउँछ : ओली

प्रधानमन्त्री हुनु बाहेक मैले के अपराध गरेँ ? मैले गोली चलाएको हो र ?

पूर्वराजाको सन्देशपछि चुनावविरोधी समूह सक्रिय

दुर्गा प्रसाईंका सहयोगीदेखि शाही युवा शक्तिसम्म प्रहरी निगरानीमा

मङ्गल ग्रहको साटो चन्द्रमामा बसाउन लागिएको इलोन मस्कको ‘आत्मनिर्भर सहर’

काठमाडौं । चन्द्रमामा १० वर्षभित्रै एउटा 'आत्मनिर्भर सहर' बसाउन सकिन्छ - इलोन मस्कले हालै घोषणा गरेको योजनाले त्यसो भन्छ। एक्स, टेस्ला र स्...

दुई पालिका प्रमुख र एक उपप्रमुखलाई जसपा नेपालको कारबाही

जलेश्वर । जनता समाजवादी पार्टी (जसपा) नेपालले महोत्तरीका दुई पालिका प्रमुख र एक उपप्रमुखलाई कारबाही गरेको छ ।  आसन्न प्रतिनिधिसभा निर्वाचनमा महोत्त...

उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभ...

मतदाताको गुनासो- चुनावमा बाचा गर्छन्, जितेपछि बिर्सन्छन्

सुदूरपश्चिम । “चुनावका बेला आकर्षक नारा दिएर जनतालाई फकाउँछन्, चुनाव जितेपछि वाचा बिर्सन्छन्, यसपालि समस्या समाधान गर्नसक्ने उम्मेदवारलाई मत दिन्छु”, ...

मिथिला माध्यमिकी परिक्रमा: कञ्चनवन पुगेर होली खेलियो

धनुषा । मिथिलाको महाकुम्भ मिथिला माध्यमिक परिक्रमाअन्तर्गत सोमबार श्रद्धालु महोत्तरीको कञ्चनवन पुगेर रङ–अबिर साटासाट गर्दै हर्षोल्लासका साथ होली मनाएक...

गौरको सबगढामा सदभाव भड्काउने २२ जनाविरुद्ध मुद्दा

रौतहट ।  रौतहटको गौर नगरपालिका–६ सबगढामा सदभाव भड्काउने अभियोगमा २२ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । गत बिहीबार एउटा विवाहमा भएको दुई समुदायबीचको वि...

वडा वडामा मतदाता शिक्षा

मोरङ । आसन्न प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते हुने निर्वाचनमा मोरङका गाउँगाउँमा चुनावी वातावरण बन्दै गएको छ । जिल्लाका १५६ वटै वडामा मतदाता शिक्...

निर्वाचन आउन नौ दिन बाँकी: आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लाग्ने व्यक्ति, समूह संस्थाका बारेमा पुनः स्मरण गराएको छ । पछिल्ला दिनम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE