काठमाडौँ । भोजपुरमा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ । सदरमुकाम नजिकै रहेको कोदार क्षेत्रलाई विशेषगरी तरकारी उत्पादनका लागि उपयुक्त भागका रूपमा लिइन्छ । अनुकूल हावापानी, उर्वर माटो र बजार पहुँच सहज भएकाले यहाँका किसान नगदेबालीतर्फ उन्मुख भएका हुन् ।
वडा कार्यालयका अनुसार माटो सुहाउँदो नगदेबाली पहिचान गरी किसानलाई व्यावसायिक तरकारीखेतीमा जोड दिइँदै आएको छ । सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन भएपछि किसानको सहभागिता बढेको हो ।
हाल कोदार क्षेत्रका अधिकांश किसान मौसमी तथा बेमौसमी तरकारीखेतीमा संलग्न छन् । गोलभेँडा, काउली, बन्दकोभी, सिमी, खुर्सानी, हिउँदे आलुलगायत तरकारी उत्पादन हुँदै आएको छ । कतिपय किसानले टनेल प्रविधि अपनाएर वर्षभरि उत्पादन गर्ने अभ्याससमेत थालेका छन् । तरकारी बिक्रीबाट घरखर्च धान्न र बचत गर्न सहज भएको किसानको अनुभव छ ।
किसानले गरिरहेको प्रयासलाई निरन्तरता दिन वडा कार्यालयले प्राविधिक परामर्श, बीउबिजन, मलखाद तथा साना कृषि उपकरणमा अनुदान सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ । ‘यो क्षेत्रलाई तरकारी उत्पादनको नमूना क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसहित काम गरिरहेका छौँ,’ वडाध्यक्ष जयबहादुर तामाङले भने, ‘उत्पादन बढाउन सिँचाइ व्यवस्थापन र आधुनिक प्रविधि विस्तारमा पनि जोड दिएका छौँ ।’
बजार नजिकै भएकाले उत्पादित तरकारी सदरमुकाम र आसपासका बजारमा सहजै खपत हुने गरेको छ । यातायात पहुँच राम्रो भएकाले किसानले उचित मूल्य पाउने गरेका छन् । केही किसानले सामूहिक रूपमा उत्पादन सङ्कलन गरी बिक्री गर्ने अभ्यास सुरु गरेपछि आम्दानी अझै वृद्धि भएको बताइएको छ ।
कृषिलाई रोजगारी र आम्दानीको भरपर्दो माध्यम बनाउने उद्देश्यका साथ स्थानीय तहले युवा तथा महिला किसानलाई लक्षित तालिम कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ । यसले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई समेत कृषि क्षेत्रमा आकर्षित गर्न मद्दत पुगेको छ ।
व्यावसायिक तरकारीखेतीमार्फत कोदार क्षेत्रले आत्मनिर्भरता मात्र होइन, स्थानीय अर्थतन्त्र सुदृढ बनाउने दिशामा पनि सकारात्मक सङ्केत देखाउन थालेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १० गते, २०८२ - ०९:०३
काठमाडौं । २१ फागुनको निर्वाचनमा चुनावी प्रयोजनका लागि खटिने सुरक्षाकर्मी र कर्मचारीले खटिएकै स्थानबाट मतदान गर्न पाउनेछन् । तर, उनीहरूलाई समानुपातिक ...
फाल्गुन १० गते, २०८२ - ०८:५९
काठमाडौं । नेपालमा दुई सातापछि हुन लागेको निर्वाचनअघि कतिपय भारतीय विश्लेषकहरूले कसैको पनि बहुमत आउने अवस्था आफूले नदेखेको भन्दै आवश्यक पर्दा भारतको न...
फाल्गुन १० गते, २०८२ - ०८:५२
म्याग्दी । प्रतिनिधिसभा सदस्य चुनावको प्रचारप्रसारका क्रममा जिल्लामा फरक फरक नयाँ दृश्यहरू देखिएका छन् । चुनाव प्रचारका लागि गाउँमा पुगेका उम्मेदवारला...
फाल्गुन १० गते, २०८२ - ०८:०९
काठमाडौं । रौतहटको गौर नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आज पनि जारी छ । अहिले बिहान ६स्३० बजेदेखि ८ः३० बजेसम्म अत्यावश्यक कामका लागि खुकुलो पारिएको...
फाल्गुन १० गते, २०८२ - ०८:००
धनुषा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी प्रचारप्रसार तीव्र बनेको बेला आचारसंहिताविपरीत टाँसिएका करिब २० हजार प्रचार सामग...
फाल्गुन १० गते, २०८२ - ०७:५७
काठमाडौँ । भोजपुरमा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ । सदरमुकाम नजिकै रहेको कोदार क्षेत्रलाई विशेषगरी तरकारी उत्पादनका लागि उपयुक्त भाग...
फाल्गुन १० गते, २०८२ - ०७:५०
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागलगायत अन्य बाँकी हिमाली भू...
फाल्गुन १० गते, २०८२ - ०७:४७
बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आव २०८२/८३ का लागि वार्षिक लक्ष...
फाल्गुन १० गते, २०८२ - ०७:३५
गण्डकी। आजभन्दा सात वर्षअघि पोखरा महानगरपालिका–३३ भरतपोखरीका रमेश आचार्यले दुई पाडीबाट सुरु गरेको भैँसीपालनले यतिखेर व्यावसायिक रूप लिएको छ । समाजमा क...
फाल्गुन १० गते, २०८२ - ०७:३१
काठमाडौँ । निर्वाचनलाई बढीभन्दा बढी सहभागितामूलक बनाउने र बदर प्रतिशत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई...



प्रतिकृया लेख्नुहोस्: