काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्न सबै लाग्नुपर्ने बताएका छन्।
प्रजातन्त्र दिवसका अवसरमा एक सन्देश जारी गर्दै उनले राष्ट्रलाई सङ्कटतिर जानबाट रोक्न आगामी निर्वाचनको सही उपयोग हुनुपर्ने बताए। खनालले चुनावमा नयाँ भनिनेसँग कुनै नयाँ नीति, कार्यक्रम वा प्रतिबद्धता नदेखिएको धारणा राख्दै पहिलेदेखि काम गर्दै आएका पार्टीहरूले आफ्ना विगतका कमजोरीहरू सच्याउँदै नयाँ सङ्कल्प लिएर अघि बढ्नुको विकल्प नरहेको उल्लेख गरेका छन्।
आसन्न निर्वाचन सम्पूर्ण नेपालीका निम्ति एउटा अर्को अवसर र चुनौतीका रूपमा हेर्नुपर्ने खनालको भनाइ छ।
नेपालको इतिहासमा निरङ्कुश तानाशाही राणा शासनविरुद्ध लोकतन्त्रको आवाज घन्काउँदै प्रजातान्त्रिक प्रक्रियाले विजय प्राप्त गरेको स्मरण गर्दै नेता खनालले यस सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरे।
खनालले प्रजातन्त्र प्राप्तिका आन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै यस अवधिमा लोकतान्त्रिक क्रान्ति, संविधानसभा, नयाँ संविधान, नयाँ आम निर्वाचन र दुई तिहाइको सरकार बनाउने जस्ता ऐतिहासिक उपलब्धि प्राप्त गरेको स्मरण गरेका छन्।
'सहिदहरूकै बलिदानले देशमा पटक पटक परिवर्तन भएको छ। पछिल्लो समय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको करिब दुई दशक पुग्न लाग्दा पनि मुलुकमा समृद्धि कायम हुन सकेको छैन। अब मुलुकमा क्रान्तिकारी भूमि सुधार, कृषिमा आधुनिकीकरण, राष्ट्रिय औद्योगिकीकरण, शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तनको आवश्यकता छ,' उनले भनेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: