काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपालीको शान, गौरव र प्रतिष्ठा बढाउन शेर्पा समुदायको योगदान उल्लेखनीय रहेको बताएको छन् ।
नेपाल शेर्पा संघले मंगलवार आयोजना गरेको ग्याल्पो ल्होसार २१५३ औँ मे फो त ल्हो (नयाँ वर्ष) शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शेर्पा समुदायको योगदान गर्वको विषय भएको बताएको हो ।
हिमाली क्षेत्रबाट उद्गम भएको शेर्पा समुदाय आज विश्वभर फैलिएर नेपाललाई चिनाउन सफल भएको उनको भनाइ छ । पर्यटन र पर्वतारोहण क्षेत्रमा विश्वव्यापी ख्याति कमाएको शेर्पा समुदाय इमान्दार, परिश्रमी र प्रकृतिप्रेमी जातिका रूपमा परिचित रहेको उनले बताए। शेर्पा समुदायको मौलिक पहिचान, संस्कृति र राष्ट्रिय योगदानको उच्च प्रशंसा गर्दै उनले नेपालको मौलिक पहिचान भनेकै यहाँका विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, रहनसहन, परम्परा र चाडपर्व भएको उल्लेख गरे ।
हिमाल, पहाड र तराईको अनुपम भौगोलिक–सांस्कृतिक विविधताबीच आफ्नै विशिष्ट परम्परा, संस्कृति, सभ्यता र पहिचान बोकेको शेर्पा समुदाय नेपालको आदिवासी समुदायका रूपमा महत्वपूर्ण रहेको बताए। राष्ट्रपतिले ल्होसार जस्ता चाडपर्वले आपसी सद्भाव, एकता, मित्रता र भ्रातृत्व अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने बताए । मौलिक नेपाली पहिचान अक्षुण्ण राख्दै राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु सबैको साझा दायित्व भएको उनको भनाइ छ ।
उनले भने, 'हिमाल, पहाड र तराईको अनुपम भौगोलिक संस्कृति रहेको नेपालका विभिन्न जातजातीमध्ये आफ्नै विशिष्ट परम्परा, संस्कृति, सभ्यता र पहिचान रहेको शेर्पा समुदाय नेपालको आदीवासी समुदाय हो । नेपाल र नेपालीको शान, गौरव र प्रतिष्ठा बढाउन यस समुदायको महत्वपूर्ण योगदान रहेको छ । वास्तवमा हाम्रो मौलिक पहिचान भनेको यहाँ रहेका विभिन्न जातजाती, भाषभाषी, संस्कृति, रहनसहन, परम्परा र चाडवर्प हो । नेपालको पर्यटन, पर्वतारोहण क्षेत्रमा ख्याती कमाएका शेर्पा समुदाय ईमानदार, परिश्रमी र प्रकृतिप्रेमी जातीका रुपमा परिचित छन् । नेपालको हिमाली क्षेत्रबाट फैलिएको यो जाती आज विश्वभर फैलिएर आफ्नो समुदायको मात्रै नभएर नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा उल्लेखनिय भुमिका निर्वाह गर्दै जानु खुशीको विषय हो । यसप्रकारको चाडपर्वले आपसी सद्भाव, एकता, मित्रता र भातृत्व अभिवृद्धिमा महत्वपुर्ण योगदान दिँदै आएको छ । यो मौलिक नेपाली पहिचानलाई अक्षुन्न राख्दै राष्ट्रिय एकताको भावनालाइै सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो ।'
हिमाली बौद्ध पात्रोअनुसार पहिलो महिनाको पहिलो दिन ग्याल्पो ल्होसार मनाइने परम्परा रहेको छ । यसै दिनबाट नयाँ ‘ल्हो’ वर्ग तथा संवत परिवर्तन भई नयाँ वर्ष आरम्भ हुने विश्वास गरिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३ गते, २०८३ - १७:३९
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा र जलस्रोत क्षेत्रमा संरचनात्मक सुधार, पारदर्शिता र नतिजामुखी कार्यसम्पादनका लागि...
बैशाख ३ गते, २०८३ - १७:१४
सिन्धुलीमाढी। सिन्धुली जिल्लामा यो वर्ष नयाँ शैक्षिक सत्रको पढाई सुरु हुनु अगावै पाठ्यपुस्तक विद्यालयमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रको बिक...
बैशाख ३ गते, २०८३ - १६:५६
बागलुङ। कालीगण्डकी नदीमा उत्खननको काम नरोकिँदा नदी र यसको पर्यावरण खतरामा परेको भन्दै ‘कालीगण्डकी बचाऔं अभियान’ ले पर्वतको प्रसिद्व धार्मिक क्षेत्र मो...
बैशाख ३ गते, २०८३ - १६:४३
धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गण, धनगढीको मेसको छतबाट खसेर एक प्रहरी कार्यालय सहयोगीको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठे...
बैशाख ३ गते, २०८३ - १६:२६
फिदिम। तीन हजार चार सय ५० मिटरको उचाईमा अवस्थित फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजित साहसिक फुटफल प्रतियोगिताको उपाधि सुर्योदय क्लबले जितेको छ । न...
बैशाख ३ गते, २०८३ - १६:१५
काठमाडौँ। सरकारले नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउने उद्देश्यका साथ राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरदैलोमै पुर्याउने कार्य प्रारम्भ...
बैशाख ३ गते, २०८३ - १५:४४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन्। बिहीबार बसेको पार्टीको संसदी...
बैशाख ३ गते, २०८३ - १५:३५
पाल्पा । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत मङ्गलबारदेखि बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला परेका छन् । बगनासकाली ...
बैशाख ३ गते, २०८३ - १५:२४
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापति पदका लागि बिहीबार उम्मेदवारी द...
बैशाख ३ गते, २०८३ - १५:१६
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणका सम्बन्धमा सार्वजनिक भएका जिज्ञासा र टिकाटिप्पणीप्रति स्पष्टीकरण दिएको छन् । सङ्घीय संसद् सचिव...


प्रतिकृया लेख्नुहोस्: