Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

झापा-१ः ‘आश्वासनको पोको’ मा नफस्ने, हात्तीको कहरबाट जोगाउनेलाई मत

खबरडबली संवाददाता

झापा । मेचीनगर-१ तिरिङकी सविता पुरी चुनाव नजिकिए पनि खेतमा पाकेको तोरीबाली भित्र्याउन व्यस्त छिन् । अन्य बाली हात्तीले सखाप पारिदिने भएपछि विकल्पका रूपमा उनले तोरीबाली रोजेकी हुन्। हात्तीले नखाने भएकाले गाउँका पाखोबारीमा अचेल अन्नभन्दा बढी तोरी झुल्न थालेका उनको भनाइ छ ।

भारतसँग सीमा जोडिएको तिरिङ मात्र होइन, मेचीनगर-१, २, ३ र ४ सम्म फैलिएको सिङ्गो बाहुनडाँगीका स्थानीयको चार दशकदेखि साझा चासो र प्रश्न एउटै छ, ‘जङ्गली हात्तीबाट जिउज्यान र बाली कसरी जोगाउने ?’ अन्नबाली, फलफूल र तरकारी जोगाउन नसकेर सास्ती पाएका यहाँका बासिन्दाका लागि तोरीखेती हात्तीबाट जोगाउन सकिने वैकल्पिक कृषिकर्म बनेको छ ।

अन्यत्र झैँ झापा निर्वाचन क्षेत्र नं १ मा पनि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार आश्वासनको झोला बोकेर घरदैलोमा पुग्न थालिसकेका छन् । मेचीनगरको १, २, ३ र ४ नं वडा सङ्घीयता आउनुअघि साविक बाहुनडाँगी गाविसको अङ्ग थिए । यहाँका २२ हजारभन्दा बढी मतदाता अहिले हात्तीको त्रासबाट जसले समाधान दिन्छ उसैलाई मत दिने भनेर साझा अभिमत व्यक्त गरिरहेका छन् ।

“अहिलेसम्म एक जना उम्मेदवार मात्र आउनुभएको छ, अरू पनि आउनुहोला”, तोरीको थुप्रो पन्छाउँदै स्थानीय पुरीले भनिन्, “हामीलाई जसले हात्तीको त्रासबाट मुक्त गराउने विश्वाससहित योजना दिन्छ, यसपालिको भोट उसैलाई दिनेछौँ ।”

पटकपटकका निर्वाचनमा उम्मेदवार फेरिए, सरकार फेरियो, तर बाहुनडाँगीको नियति नफेरिएको स्थानीयवासीको गुनासो छ । भारतबाट मेची नदी तरेर आउने हात्तीलाई रोक्न सरकारले करोडौँ खर्चेर विद्युतीय तारबार लगाएको छ । तर, स्थानीयका अनुसार ती तारबार अहिले ‘हात्तीका लागि खेलौना’ जस्तै भएका छन् । हात्तीले तारबार भत्काउने र नाघेर गाउँ पस्नेक्रम रोकिएको छैन ।

कक्षा १२ मा अध्ययनरत युवा मतदाता प्रवेश पुरीले देशमा धेरै परिवर्तन भए पनि गाउँमा हात्तीको समस्या उस्तै रहेको बताए। उनले यसपटक मत माग्न घरदैलोमा आउने हरेक उम्मेदवारसँग हात्तीको समस्या समाधानका लागि ‘चित्तबुझ्दो र दीर्घकालीन’ योजना के छ भनेर प्रश्न सोध्ने गरिएको बताए ।

झापा-१ मा राजनीतिक दलका १३ र स्वतन्त्र दुई गरी १५ जना उम्मेदवार चुनावी मैदानमा छन् । यहाँ कूल एक लाख ३१ हजार ६७ मतदाता छन्, जसमा १० हजार ६९२ नयाँ मतदाता थपिएका हुन् । मेचीनगरका १५ वटै वडा, बुद्धशान्तिका चार वटा र भद्रपुरका दुई वटा वडा समेटिएको यो क्षेत्रमा ४३ मतदानस्थल र १४५ मतदान केन्द्र तोकिएका छन् ।

झापा–१ को भूगोलमा हात्तीको त्रास नभएको कुनै गाउँ छैन । बाली नोक्सान नभएको कुनै वडा छैन र हात्तीको आक्रमणमा आफन्त नगुमाएको कुनै पालिका छैन । निर्वाचन नजिकिएसँगै नेताहरूले बाँड्ने ‘आश्वासनको पोको’ भन्दा ‘कार्यान्वयनयोग्य समाधान’को पर्खाइमा यहाँका मतदाता रहेका पुरीले बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending