जाजरकोट। परिवर्तन र समताको नारासहित सुरु भएको सशस्त्र ‘जनयुद्ध’ को आधारभूमि मानिने जुनीचाँदे गाउँपालिका आज देशकै सबैभन्दा गरिब स्थानीय तहको सूचीमा परेको छ। तीन दशकअघि ठूलो राजनीतिक परिवर्तनको सपना देखिएको यो भूगोलमा अहिले पनि सडक, स्वास्थ्य, शिक्षा र रोजगारीजस्ता आधारभूत आवश्यकता अधुरै छन्।
केन्द्रीय तथ्यांक विभागको पछिल्लो विवरणअनुसार जुनीचाँदेमा गरिबी दर ७७.९ प्रतिशत पुगेको छ भने ६२ प्रतिशतभन्दा बढी परिवार अति गरिबीको रेखामुनि छन्। अधिकांश नागरिक परम्परागत कृषिमा निर्भर छन्। धेरै घरमा अझै दाउराले खाना पाक्छ। विद्युत् पहुँच न्यून छ र भरपर्दो स्वास्थ्य सेवा टाढाको विषय बनेको छ।
जनयुद्धपछि माओवादी पटक–पटक सत्तामा पुग्यो, संविधान निर्माण भयो, राजनीतिक संरचना फेरियो। तर जुनीचाँदेका बस्तीमा परिवर्तनको अनुभूति सीमित छ। २०६४ यता हरेक निर्वाचनमा सडक, विद्युत्, खानेपानी, पुल, शिक्षा र स्वास्थ्यकै वाचा दोहोरिँदै आएको छ।
२०७४ मा निर्वाचित जनप्रतिनिधि भ्रष्टाचार मुद्दामा निलम्बित भए। २०७९ मा नेतृत्व परिवर्तन भए पनि विकासले गति लिन सकेको छैन। प्रशासनिक अस्थिरता, कर्मचारी फेरबदल र राजनीतिक हस्तक्षेपका कारण काम गर्ने वातावरण कमजोर बनेको स्थानीयको गुनासो छ।
जुनीचाँदे–७ का कमल घर्ती भन्छन्, “हामीले परिवर्तनको सपना देख्यौँ, तर बिहान बेलुका खेतमै पसिना बगाउनु बाहेक विकल्प छैन।” बिरामी पर्दा घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता छ। सुत्केरीलाई अस्पताल लैजान बाटो नहुँदा जोखिमपूर्ण अवस्था झेल्नुपर्छ।
रोजगारी अभावले युवा विदेशिएका छन्। गाउँमा वृद्ध, महिला र बालबालिका मात्रै बाँकी रहने प्रवृत्ति बढ्दो छ। सामाजिक अभियन्ताहरू गरिबी, अशिक्षा र चेतनाको कमीले बालविवाहजस्ता समस्या अझै जटिल बनेको बताउँछन्।
निर्वाचनको माहोलसँगै दलहरू फेरि गाउँगाउँ पुगेका छन्। तर यसपटक मतदाता सावधान छन्। उनीहरूको एउटै माग छ भाषण होइन, काम।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३ गते, २०८३ - २१:५८
काठमाडौँ । नेपालमा जलविद्युत उत्पादन भन्नासाथ ठूला बाँध, सुरुङ र उचाइबाट पानी खसाल्ने परम्परागत मोडेल सम्झिन्छौँ। तर, अब यो धारणा बदलिने संकेत देखिएको...
बैशाख ३ गते, २०८३ - २१:५०
पोखरा । हाडनाता जबरजस्ती करणी मुद्दामा २५ वर्ष कैद सजाय पाएर फरार रहेका एक अभियुक्तलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ । रौतहटको डुमरिया गाउँप...
बैशाख ३ गते, २०८३ - २१:४४
काठमाडौं । अध्यागमन विभागले कानुनभन्दा बाहिर गई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएकाले प्रचलित कानुन र विभाग...
बैशाख ३ गते, २०८३ - २०:१०
काठमाडौं । स्वास्थ्य क्षेत्रमा सक्रिय १४ वटा संयुक्त पेसागत संगठनको दबाबपछि सरकारले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा साताको दुई दिन सार्वजनिक बिद...
बैशाख ३ गते, २०८३ - २०:०१
बाँके । समाजमा व्याप्त अन्याय, विकृति र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका सामाजिक अभियन्ता भूमबहादुर भण्डारीले पेट्रोलियम पदार्थ तथा दैनिक उ...
बैशाख ३ गते, २०८३ - १९:५३
काठमाडौं । ओखलढुंगाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद विश्वराज पोखरेलले खिजिदेम्बा विमानस्थल र मानेभञ्ज्याङ गाउँपालिकास्थित प्रादेशिक अस्पताल निर्माणल...
बैशाख ३ गते, २०८३ - १९:४२
काठमाडाैं । अमेरिकी पूर्वराष्ट्रपति डाेनाल्ट ट्रम्पले आइतबार आफ्नै सामाजिक सञ्जाल ट्रूथमामा पोस्ट गरेको एआई–निर्मित एक तस्वीरले तीव्र विवाद निम्त्याए...
बैशाख ३ गते, २०८३ - १९:२९
काठमाडौं । अब एक स्थानीय तहमा उत्पादन भएको वस्तु अर्को स्थानीय तहको भू–भाग हुँदै ढुवानी गर्दा कुनै पनि प्रकारको कर वा शुल्क लगाउन नपाइने स्पष्ट गरिएको...
बैशाख ३ गते, २०८३ - १९:२८
काठमाडाैं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विषयगत समितिमा रहने सदस्यको नामावली हेरफेर गरेका छन् । सभामुखले सङ्घीय संसद्को संयुक्त बैठक र सं...
बैशाख ३ गते, २०८३ - १९:१९
काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ। बिहीबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र...


प्रतिकृया लेख्नुहोस्: