कामठाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आफ्नो विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। पार्टीले ‘तारा’ चुनाव चिन्ह लिएर मैदानमा उत्रेर ‘सुशासन र रोजगारी समाजवादको तयारी’ र ‘राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने मूल नाराका साथ स्वाधीन र समृद्ध नेपाल निर्माणको मार्गचित्र प्रस्तुत गरेको हो।
पार्टीले विगतका राजनीतिक परिवर्तनको नेतृत्व आफूले गरेको दाबी गर्दै अब देशको आर्थिक, सामाजिक र संरचनात्मक अवस्था बदल्ने सङ्कल्प गरेको छ। प्रतिबद्धतापत्रमा राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण, नयाँ चरणको आर्थिक सुधार र सामाजिक न्यायसहितको समृद्धिलाई प्राथमिकता दिइएको छ।
राजनीतिक स्थिरता र शासकीय सुधार
नेकपाले विद्यमान निर्वाचन प्रणाली खर्चिलो र भ्रष्टाचार बढाउने खालको भएको ठहर गर्दै यसमा व्यापक सुधार प्रस्ताव गरेको छ। ‘जेन–जी पुस्ताको मर्म र मुलुकको आवश्यकता अनुरूप शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिमार्जन गरिनेछ’ भनी प्रतिबद्धतापत्रमा उल्लेख छ।
सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने
सांसदहरूलाई केवल विधायकी भूमिकामा सीमित राख्ने
संघीयताको मर्मअनुसार अधिकारको स्पष्ट बाँडफाँट सुनिश्चित गर्ने
साथै, सुशासन कायम गर्न सार्वजनिक पदधारकको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने, भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने र ‘लोकपाल’ मार्फत अख्तियार तथा सतर्कता केन्द्रलाई एकीकृत गर्ने योजना प्रस्तुत गरिएको छ।
आर्थिक सुधार र रोजगारी
आगामी ५ वर्षभित्र दोहोरो अङ्कको आर्थिक वृद्धि (१० प्रतिशत माथि) हासिल गर्ने लक्ष्य
बहुआयामिक गरिबीलाई २०।१५ प्रतिशतबाट ५ प्रतिशतमा झार्ने
प्रतिवर्ष ५ लाख रोजगारी सिर्जना गर्ने, १ लाख युवालाई उद्यमी बनाउने
स्वदेशी उद्योग प्रवर्द्धन, उत्पादन लागत घटाउने र व्यापार घाटा न्यूनीकरण गर्ने
कृषि र भूमि सुधार
आगामी दशकलाई ‘कृषि लगानी दशक’ घोषणा
२ वर्षभित्र प्रमुख खाद्यान्नमा आत्मनिर्भर हुने योजना
किसान पेन्सन, समर्थन मूल्यको अग्रिम घोषणा र कृषि बीमा ग्यारेन्टी
भूमिहीन दलित र सुकुम्वासीलाई २ वर्षभित्र लालपुर्जा वितरण
स्वास्थ्य र शिक्षा
स्वास्थ्य बीमालाई १०० प्रतिशत नागरिकसम्म पुर्याउने, गरिब तथा विपन्नको प्रिमियम राज्यले व्यहोर्ने
नसर्ने रोगहरूको उपचार समुदायस्तरमै उपलब्ध गराउने
‘एक पालिका, एक स्मार्ट विद्यालय’ अवधारणा
विश्वविद्यालयमा राजनीतिक हस्तक्षेपमुक्त नियुक्ति प्रणाली लागू गर्ने
खेलकुदमा पुरस्कार दोब्बर, ५० हजार क्षमताको स्मारक राष्ट्रिय रंगशाला निर्माण
पूर्वाधार, ऊर्जा र पर्यटन
५ वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन, प्रतिव्यक्ति खपत ७५० किलोवाट घण्टा
पूर्व–पश्चिम राजमार्ग चार लेनमा विस्तार
काठमाडौं मेट्रो रेल र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण
‘स्मार्ट टुरिज्म’ र इको–टुरिज्म प्रवर्द्धन, नेपाललाई अन्तर्राष्ट्रिय वेडिङ र हिल स्टेशन हब बनाउने
सामाजिक न्याय, समावेशिता र परराष्ट्र नीति
दलित, महिला, आदिवासी जनजाति, मुस्लिम र सीमान्तकृत समुदायको समानुपातिक प्रतिनिधित्व
जातीय छुवाछुत विरुद्ध राष्ट्रिय अभियान
कालापानी, लिपुलेक र लिम्पियाधुरा सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २८ गते, २०८२ - २१:५८
बाँके। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सबै कार्यकर्ता र नेताहरूलाई द्वन्द्व र विगतका मतभेद बिर्सिएर एकताबद्ध भएर निर्वाचनमा जुट्न आग्रह...
माघ २८ गते, २०८२ - २१:५६
काठमाडौँ । विशेष अदालतले भिजिट भिसा प्रकरणमा लाखौँ रुपैयाँ असुली काण्डमा बिचौलिया बालकृष्ण खड्कालाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । मंगलबार व...
माघ २८ गते, २०८२ - २१:०८
रामेछाप । रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा ज्यान गुमाएका १२ जनामध्ये १० जनाको सनाखत गरिएको छ । मृत्यु हुनेमा रामेछापको लिखु तामाकोश...
माघ २८ गते, २०८२ - २०:३२
काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सभी राजनीतिक दल र उम्मेदवारलाई फागुन ३ भित्र आफ्नो निर्वाचन घोषणा...
माघ २८ गते, २०८२ - २०:१९
कामठाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आफ्नो विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक...
माघ २८ गते, २०८२ - २०:१३
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय, जनमुखी, समावेशी र दिगो बनाउने लक्ष्यसहित विस्तृत जनस्वास्थ्य प्रतिबद्धत...
माघ २८ गते, २०८२ - २०:०५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। ...
माघ २८ गते, २०८२ - १९:५४
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा आर्थिक सुधारको नयाँ चरणल...
माघ २८ गते, २०८२ - १९:५०
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर...
माघ २८ गते, २०८२ - १९:३९
सुर्खेत। तल भेरी नदी बग्छ, माथि समथर खेतीयोग्य फाँट फैलिएको छ। तर सिँचाइ नहुँदा जमिन बाँझै छ। सितले चिसो हुने गहुँबाली पहेँलिन्छ, धान यहाँ हुँदैन। उत्...



प्रतिकृया लेख्नुहोस्: