Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

नेकपाको प्रतिबद्धता पत्र : १०% आर्थिक वृद्धि, ५ लाख रोजगारी र शासकीय सुधारको रोडम्याप

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। २२ कम्युनिष्ट तथा समाजवादी घटकको एकीकरणपछि बनेको उक्त पार्टी ‘तारा’ चुनाव चिन्हसहित मैदानमा उत्रिएको छ।

‘सुशासन र रोजगारी : समाजवादको तयारी’ तथा ‘राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने मूल नारासहित सार्वजनिक प्रतिबद्धता पत्रमा राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण, नयाँ चरणको आर्थिक सुधार र सामाजिक न्यायसहितको समृद्धिलाई मुख्य प्राथमिकतामा राखिएको छ।

राजनीतिक स्थिरता र शासकीय स्वरूपमा सुधार

पार्टीले वर्तमान निर्वाचन प्रणाली खर्चिलो र भ्रष्टाचारलाई बढावा दिने खालको भएको निष्कर्ष निकाल्दै शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिमार्जन गर्ने प्रस्ताव गरेको छ। सानो आकारको मन्त्रिपरिषद्, सांसदलाई विधायकी भूमिकामा सीमित गर्ने र संघीयताको मर्मअनुसार अधिकार बाँडफाँट स्पष्ट गर्ने योजना अघि सारिएको छ।

भ्रष्टाचार नियन्त्रण र सुशासन

प्रतिबद्धता पत्रमा सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न ‘उच्चस्तरीय सम्पत्ति छानबिन आयोग’ गठन गर्ने उल्लेख छ। भ्रष्टाचारबाट आर्जित सम्पत्ति राष्ट्रियकरण गर्ने, अख्तियार र सतर्कता निकायलाई एकीकृत गरी शक्तिशाली ‘लोकपाल’ गठन गर्ने तथा डिजिटल प्रविधिमार्फत सरकारी सेवा ‘फेसलेस र पेपरलेस’ बनाउने योजना प्रस्तुत गरिएको छ।

आर्थिक सुधार : दोहोरो अंकको वृद्धि र रोजगारी

आगामी पाँच वर्षभित्र १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको छ। बहुआयामिक गरिबीलाई ५ प्रतिशतमा झार्ने, प्रतिवर्ष ५ लाख रोजगारी सिर्जना गर्ने, एक लाख फर्किएका युवालाई उद्यमी बनाउने र उत्पादनमूलक क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्ने नीति लिइएको छ। व्यापार घाटा न्यूनीकरण र स्वदेशी उद्योग प्रवर्द्धनलाई पनि प्राथमिकता दिइएको छ।

कृषि र भूमि व्यवस्था

‘कृषि लगानी दशक’ घोषणा गर्दै दुई वर्षभित्र प्रमुख खाद्यान्नमा आत्मनिर्भर हुने योजना अघि सारिएको छ। किसान पेन्सन, समर्थन मूल्यको अग्रिम घोषणा, कृषि बीमा र भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

स्वास्थ्य, शिक्षा र खेलकुद

स्वास्थ्य सेवालाई पूर्णरूपमा निःशुल्क बनाउने, २०८८ सम्म सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने र नसर्ने रोगको उपचार समुदायस्तरमै पुर्‍याउने योजना छ। शिक्षातर्फ ‘एक पालिका, एक स्मार्ट विद्यालय’ र विश्वविद्यालयहरूलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने उल्लेख छ। खेलकुद पूर्वाधार विकास र खेलाडी प्रोत्साहनका कार्यक्रम पनि समेटिएका छन्।

पूर्वाधार, ऊर्जा र पर्यटन

पाँच वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन, पूर्व–पश्चिम राजमार्ग चार लेन विस्तार, काठमाडौं मेट्रो रेल र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका योजना अघि सारिएका छन्। पर्यटन प्रवर्द्धनका लागि ‘स्मार्ट टुरिज्म’ र ‘इको टुरिज्म’ अवधारणा ल्याइने उल्लेख छ।

सामाजिक न्याय र परराष्ट्र नीति

दलित, महिला, आदिवासी जनजाति, मुस्लिम र सीमान्तकृत समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न संविधान संशोधन गर्ने, जातीय छुवाछुतविरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्ने तथा असंलग्न परराष्ट्र नीतिलाई सुदृढ गर्ने प्रतिबद्धता जनाइएको छ। सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने नीति पनि उल्लेख गरिएको छ।

नेकपाले व्यवस्था परिवर्तनपछि अब जनताको जीवनस्तर परिवर्तन गर्ने जिम्मेवारी आफ्नो भएको दाबी गर्दै मतदातालाई ‘तारा’ चिन्हमा मतदान गर्न आह्वान गरेको छ।ख

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफ्नै सरकारविरुद्ध रास्वपाकै सांसदको प्रश्न : ‘सरकार कहाँ छ ?’

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै संसद्मा सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्। ग्यास अभाव, रासायनिक मल...

कैदी बोकेको भ्यान दुर्घटना : मोटरसाइकल चालकको मृत्यु, अर्का युवक गम्भीर घाइते

रुकुमपश्चिम । रुकुमपश्चिममा थुनुवा कैदी बोकेको कारागारको भ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएक...

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending