Khabar Dabali ४ श्रावण २०८३ सोमबार | 20th July, 2026 Mon
Investment bank

नेकपाको जनस्वास्थ्य प्रतिबद्धता: स्वास्थ्य बीमा शतप्रतिशत, जनस्वास्थ्य सेवा निःशुल्क

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय, जनमुखी, समावेशी र दिगो बनाउने लक्ष्यसहित विस्तृत जनस्वास्थ्य प्रतिबद्धता सार्वजनिक गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा सार्वजनिक प्रतिबद्धता पत्रमा हाल करिब ३० प्रतिशतमा सीमित स्वास्थ्य बीमालाई वि.सं. २०८८ सम्म शतप्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ।

गरिबीको रेखामुनि रहेका नागरिकमध्ये हाल करिब १० प्रतिशत मात्रै बीमामा समेटिएको अवस्थालाई पनि सोही अवधिसम्म शतप्रतिशत पुर्‍याइने उल्लेख छ। गरिब, अशक्त, दीर्घरोगी र ज्येष्ठ नागरिकको बीमा प्रिमियम राज्यले बेहोर्ने व्यवस्था थप परिणाममुखी, तथ्यांकमा आधारित र पारदर्शी बनाइने जनाइएको छ।

जनस्वास्थ्य सेवा पूर्ण रूपमा निःशुल्क

संविधानप्रदत्त स्वास्थ्यको मौलिक हक कार्यान्वयन गर्दै खोप, सुरक्षित मातृत्व, सरुवा रोग नियन्त्रण, प्रजनन स्वास्थ्य र आधारभूत स्वास्थ्य सेवा पूर्ण रूपमा निःशुल्क बनाइनेछ। नागरिकले आफ्नै खल्तीबाट तिर्नुपर्ने स्वास्थ्य खर्च (Out-of-pocket) हाल ५४ प्रतिशत रहेको अवस्थालाई २०८८ सम्म ३५ प्रतिशतभन्दा कममा झार्ने लक्ष्य लिइएको छ।

स्वास्थ्य बीमा अनिवार्य र प्रगतिशील

स्वास्थ्य सुरक्षाको मुख्य आधारका रूपमा स्वास्थ्य बीमालाई अनिवार्य गरिनेछ। सबै नागरिकलाई बीमामा आबद्ध गराउँदै लक्षित वर्गको प्रिमियम राज्यले व्यहोर्ने व्यवस्था सुदृढ गरिनेछ।

समुदाय र विद्यालयसम्म स्वास्थ्य सेवा

हरेक वडा, समुदाय र विद्यालयमा मिड–लेभल स्वास्थ्य टोली परिचालन गरी नियमित स्वास्थ्य परीक्षण, जीवनशैली परामर्श र रोकथाममुखी सेवा विस्तार गरिनेछ। “अस्पताल पर्खने होइन, स्वास्थ्य सेवा गाउँ जाने” नीतिअनुसार प्राथमिक स्वास्थ्य सेवा सुदृढ गरिनेछ।

सरकारी स्वास्थ्य संस्थामा विस्तारित सेवा

सरकारी अस्पतालमा बहिरङ्ग सेवा बिहान ७ देखि बेलुका ७ बजेसम्म दुई सिफ्टमा सञ्चालन गरिनेछ। स्वास्थ्य चौकीहरू वर्षका ३६५ दिन खुला रहने व्यवस्था गरिनेछ।

विशेष प्राथमिकता समूह

वैदेशिक रोजगारीमा जाने युवाको स्वास्थ्य परीक्षण निःशुल्क गरिनेछ। ज्येष्ठ नागरिक, अपाङ्ग, गर्भवती, नवजात शिशु र विपन्न वर्गलाई ‘ग्रिन च्यानल’ मार्फत प्राथमिकता दिइनेछ।

स्वास्थ्यकर्मीको सेवा, सुविधा र सुरक्षा

सरकारी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई जीवन निर्वाहयोग्य तलब, सुविधा र सुरक्षा सुनिश्चित गर्दै ‘एक स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ पूर्णकालीन सेवा नीति लागू गरिनेछ।

रोकथामप्रधान र मानसिक स्वास्थ्य सेवा

उपचारभन्दा रोकथामलाई प्राथमिकता दिँदै व्यायाम, योग, ध्यान र पोषण प्रवर्द्धन गरिनेछ। मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवासँग एकीकृत गर्दै मनोसामाजिक परामर्श हेल्पलाइन सञ्चालन गरिनेछ। आत्महत्या दर २३.४ प्रति लाखबाट २०८८ सम्म ४.७ प्रति लाखमा झार्ने लक्ष्य राखिएको छ।

डिजिटल स्वास्थ्य प्रणाली र प्रदेशस्तरीय अस्पताल

सबै सरकारी स्वास्थ्य संस्थामा डिजिटल स्वास्थ्य प्रणाली लागू गरिनेछ। सातै प्रदेशमा सरकारी स्वामित्वका विशिष्टीकृत रेफरल अस्पताल स्थापना गरिनेछ, ताकि काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य होस्।

औषधि आपूर्ति र सुशासन

औषधि खरिदमा अनियमितता रोक्न केन्द्रीय फ्रेमवर्क प्रणाली लागू गरिनेछ। नेपाल औषधि लिमिटेड र सिंहदरबार वैद्यखानाको क्षमता वृद्धि गरी आधारभूत औषधि स्वदेशमै उत्पादन गरिनेछ र जेनेरिक औषधि प्रयोग अनिवार्य गरिनेछ।

दूरस्वास्थ्य, घुम्ती विशेषज्ञ सेवा र महामारी तयारी

दुर्गम क्षेत्रमा दूरस्वास्थ्य सेवा विस्तार गरिनेछ। वर्षमा दुईपटक घुम्ती विशेषज्ञ शिविर सञ्चालन गरिनेछ। महामारी र आपत्कालीन स्वास्थ्य सेवालाई सुदृढ संरचनामार्फत व्यवस्थित गरिनेछ।

स्वास्थ्य बजेट र कानुनी सुधार

स्वास्थ्य बजेट हालको ५ प्रतिशतबाट २०८८ सम्म ८ प्रतिशत पुर्‍याइनेछ। स्वास्थ्यसम्बन्धी सबै ऐन, नियमावली र निकाय समेटेर एकीकृत स्वास्थ्य ऐन निर्माण गरिनेछ। आधुनिक र परम्परागत चिकित्सा पद्धतिको सुसंगत एकीकरण गरिने नीति लिइएको छ।

नेकपाले स्वास्थ्यलाई सेवा क्षेत्रका रूपमा स्थापित गर्दै सामाजिक सुरक्षा र जनस्वास्थ्य अभियान सरकारी, सहकारी र निजी क्षेत्रसँगको सहकार्यमा अघि बढाउने जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वकपमा चम्किएका स्टार : कसले जिते कुन अवार्ड ?

काठमाडौं । स्पेनले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचालेसँगै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले प्रतियोगिताका उत्कृष्ट खेलाडी र टोलीलाई प्रदान गर...

मृत्युका खाल्डा : मधेशमा बर्सेनि सयौँ बालबालिका किन गुमाइरहेका छन् ज्यान ?

जनकपुरधाम । मधेशका गाउँबस्तीमा वर्षा सुरु भएसँगै बालबालिकाका लागि अर्को अदृश्य खतरा पनि सक्रिय हुन्छ—पानीले भरिएका खाल्डाखुल्डी। इँटा उद्योगले माटो नि...

पर्यटकको रोजाइ बनेको अन्तुमा बेथिति : रातभर डिजे, मनपरी शुल्क र प्रहरी–व्यवसायी विवादले पर्यटन संकटमा

इलाम । पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य अन्तु पछिल्ला दिनमा अव्यवस्थित र विवादित बन्दै गएको छ। पर्यटकको बढ्दो आकर्षणसँगै होटल, होमस्टे र कटेजको ...

धान खेतको पानीमा डुबेर १८ महिनाकी बालिकाको दुःखद मृत्यु

बारा । बाराको सुवर्ण गाउँपालिका–७ चौरहियामा धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा महागढीमाई नगरपालिका–९ ...

म्याग्दीका सडक र स्वास्थ्य पूर्वाधार सुधारमा मन्त्री महावीर पुनको जोड

बेनी (म्याग्दी) । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको विकासका लागि सडक र स्वास्थ्य पूर्वाधारलाई प्राथमिकतामा राखेर काम अघि ...

साउन १५ भित्र मधेस सरकारमा ठूलो हेरफेर, मन्त्रालय १२ बाट ९ मा झार्ने तयारी

जनकपुरधाम । मधेस प्रदेश सरकारमा साउन १५ भित्र मन्त्रिपरिषद् पुनर्गठन हुने संकेत देखिएको छ। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल ...

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग : नागढुंगामा सवारी रोकियो, बीपी राजमार्ग खुल्यो

काठमाडौं । लगातारको वर्षापछि चितवनको फिस्लिङ र धादिङको जवाङ खोलामा पहिरो खसेपछि पृथ्वी राजमार्ग प्रभावित भएको छ। सडक अवरुद्ध भएपछि काठमाडौं–धादिङ सीमा...

काठमाडौंमा शंकास्पद गतिविधि गर्ने ७० जना प्रहरी नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीले पछिल्लो २४ घण्टामा ७० जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका प...

दाङमा भेटियो दुर्लभ राज गोमनको गुँड, चराजस्तै गुँड बनाउने विश्वकै एकमात्र सर्प

दाङ । दाङको घोराही उपमहानगरपालिका–१८ स्थित एक सामुदायिक वनमा विश्वकै सबैभन्दा लामो विषालु सर्प राज गोमन (किङ कोब्रा) को दुर्लभ गुँड फेला परेको छ। नेपा...

बाढीबाट जोगाउन हटाइएका सुकुम्बासी फेरि बाढीमै, थातथलोमै फर्काउने सरकारको योजना

काठमाडौं । नदी किनारका सुकुम्बासी बस्ती बाढीको उच्च जोखिममा रहेको भन्दै सरकारले केही महिनाअघि काठमाडौंका विभिन्न स्थानमा डोजर चलाएर हजारौं परिवारलाई व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending