Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

विश्वकपको दबाब सम्हाल्न तयार छ नेपाली टोली: कप्तान रोहित

खबरडबली संवाददाता

मुम्बई। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले विश्वकप जस्तो ठूलो प्रतियोगितामा दबाब स्वाभाविक हुने बताउँदै त्यसलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्ने टोली नै सफल हुने बताएका छन्।

टी–२० विश्वकपअन्तर्गत बिहीबार इटलीसँग हुने खेलअघि आयोजित प्रि–म्याच प्रेस कन्फरेन्समा बोल्दै रोहितले पछिल्लो समय धेरै दर्शकमाझ खेल्दै आएको अनुभवले नेपाली टोलीलाई दबाब झेल्न सक्षम बनाएको बताए।
“विश्वकपमा खेल्दा दबाब अवश्य हुन्छ। जसले दबाब झेल्न सक्छ, उही सफल हुन्छ। हामी त्यसका लागि तयार छौं,” उनले भने।

इंग्ल्यान्डसँगको पछिल्लो खेलबाट कठिन परिस्थितिमा निर्णय लिने क्षमता र मानसिक तयारीबारे महत्वपूर्ण सिकाइ भएको उनको भनाइ थियो। “क्रन्च सिचुएसनमा कसरी निर्णय लिने र दबाब सम्हाल्ने भन्ने कुरा हामीले सिकेका छौं। आगामी खेलमा त्यसैअनुसार योजना बनाउँछौं,” रोहितले बताए।

इटलीलाई कमजोर रूपमा नलिने स्पष्ट गर्दै उनले विश्वकपमा सहभागी हरेक टोली बलियो हुने उल्लेख गरे। “इटलीले पनि पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेको छ। त्यसैले हल्का रूपमा लिने छैनौं,” उनले भने।

नेपालले समूह चरणका सबै खेल मुम्बईस्थित वाङ्खेडे मैदानमा खेल्ने भएकोले त्यो टोलीका लागि सकारात्मक पक्ष भएको रोहितको भनाइ छ। “वाङ्खेडेको विकेट हामीलाई सुहाउँदो छ। एउटै मैदानमा सबै खेल खेल्न पाउनु हाम्रो लागि प्लस पोइन्ट हो,” उनले थपे।

रोहितले नेपाली टोलीलाई अझ सुदृढ बनाउन नियमित अन्तर्राष्ट्रिय शृंखला आवश्यक रहेको बताए। “हामीले अपेक्षा गरेजस्तो एक्सपोजर पाएका छैनौं। वर्षमा कम्तीमा २–३ वटा शृंखला नियमित भए धेरै मद्दत पुग्छ,” उनले भने।

इंग्ल्यान्डसँगको प्रदर्शनपछि नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाएको उल्लेख गर्दै रोहितले अस्ट्रेलिया, इंग्ल्यान्ड र भारतजस्ता टोलीलाई नेपाल आएर खेल्न निमन्त्रणा दिए। “कीर्तिपुर मैदानमा ठूला टोली आएर खेल्नु हाम्रो क्रिकेट विकासका लागि ठूलो अवसर हुनेछ,” उनले भने।

नेपाल प्रिमियर लिग (एनपीएल) ले पनि खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग खेल्ने अवसर दिएको उल्लेख गर्दै उनले विश्वकपको प्रदर्शनबाट केही नेपाली खेलाडीले आईपीएल जस्ता लिगमा अवसर पाउन सक्ने विश्वास व्यक्त गरे।

इंग्ल्यान्डसँगको खेलपछि पेस बलर नन्दन यादवले समर्थकसँग माफी मागेको प्रसंगमा रोहितले भने, “उनी भावनात्मक भएर त्यसो गरेका हुन सक्छन्।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending