Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

भेरी किनारका बस्ती: जमिन छ, पानी छैन; घर छन्, मान्छे छैनन्

खबरडबली संवाददाता

सुर्खेत। तल भेरी नदी बग्छ, माथि समथर खेतीयोग्य फाँट फैलिएको छ। तर सिँचाइ नहुँदा जमिन बाँझै छ। सितले चिसो हुने गहुँबाली पहेँलिन्छ, धान यहाँ हुँदैन। उत्पादित गहुँ–मकैले महिना दिन पनि धान्दैन। रोजगारीको उपाय नहुँदा स्थानीयहरू घरमा भोटे ताल्चा लगाएर भारततिर लाग्छन्।

वीरेन्द्रनगरबाट करिब ४० किमि दक्षिण बराहताल गाउँपालिका–४ का बनबारी र मिलन टोलको कथा यही हो। करिब ५० घरधुरीमध्ये झन्डै २२ घर सुनसान छन्। लामो समय नफर्किँदा ५ घर भत्किसकेका छन्। काठका घर, खरको छाना—हेरचाह नहुँदा वर्षामा चुहिन्छन् र ढल्छन्।

बनबारीमा २० घरमध्ये ८ मा ताल्चा छ। मिलन टोलका २९ घरमध्ये १४ खाली। गुरुङ र मगर समुदायको बाहुल्य रहेको बस्तीमा युवापुस्ता भेटिनै मुस्किल छ। श्रीमान–श्रीमती नै भारत गएका छन्; घरमा बुढाबुढी र बालबालिका मात्र।

‘गाउँमा बसे खान पुग्दैन, कमाउन पर्‍यो,’ दुर्गाबहादुर घर्ती भन्छन्, ‘दसैं–तिहारमा आएका पनि फेरि गइसके।’ धेरैको गन्तव्य कालापहाड, केही बेङ्लोर, कतिपय तेस्रो मुलुकसम्म।

मदन घर्ती तीन वर्ष साउदी बसेर भर्खर फर्किएका छन्। ‘कमाएको पैसाले सानो टिनको घर बनाएँ, छोराछोरीको पढाइ र घरखर्चमै सकियो,’ उनी भन्छन्, ‘सबै किनेर खानुपर्छ।’

चुनाव आउँछ, सिग्नल आउँदैन

फागुन २१ मा चुनाव छ। तर यहाँ चुनावको हल्ला मोबाइलको स्क्रिनसम्म पनि आइपुग्दैन। ‘नेट नै चल्दैन,’ घर्ती भन्छन्, ‘बेलुका ७ पछि बिहान घाम नलागेसम्म नेटवर्क हुँदैन।’ विदेशमा भएकालाई फोन गर्न दिउँसो घाम कुर्नुपर्छ।

विद्युत् छैन, सिँचाइ छैन, पानी छैन

वीरेन्द्रनगर विकासमा दौडिँदा यी बस्ती आधारभूत सेवाबाट टाढै छन्। सिँचाइका लागि भेरीको पानी लिफ्टिङ गरेर ल्याउने योजना आयो, तर विद्युत् नहुँदा अलपत्र। घरघर धारा जडान छन्, पानी आउँदैन। भेरीकै पानी बोकेर खानुपर्ने बाध्यता छ।

कक्षा ८ का विनोद गुरुङको दैनिकी बिहान–बेलुका गाग्री बोकेर भेरी झर्नु हो। ‘स्कुलबाट चाँडो फर्केर पानी ल्याउन हतार हुन्छ,’ उनी भन्छन्।

२०७८ मै विद्युतीकरणको योजना भन्दै पोल गाडिए। ‘पोल ढलिसक्यो, बिजुली आएन,’ देवीसरा गुरुङ भन्छिन्, ‘नेता पनि फर्केर आएनन्।’

बाँदर, स्याल र खाली घर

गाउँमाथि घना जंगल। खाली घर वरिपरि झाडी। बाँदर घरैभित्र पस्छन्। ‘मान्छे निस्कियो कि रूखबाट हेरेको हुन्छ,’ लक्ष्मी थापा मगर भन्छिन्, ‘सबै सामान लुट्छ।’ तरकारी, गहुँ, मकै जोगाउन धौ–धौ। कुखुरा पाल्दा स्यालको डर।

लक्ष्मीका छोराहरू विदेश/भारतमा छन्। नातिनी स्कुल जान्छे, बुढाबुढी घर कुरेर बस्छन्। ‘खेती गरौं भन्यो सिँचाइ छैन, बाली बाँदरले खान्छ,’ उनी भन्छिन्।

बजारमा निर्भर जीवन

नुन–तेल–चामल सबै वीरेन्द्रनगरबाट। कोही बिहानै गाडी चढेर बजार, बेलुका सामान बोकेर फर्किन्छन्। कतिपय विदेशबाट पैसा पठाउँछन्, साहुले बजारबाट सामान पठाइदिन्छ।

सडक आइरहेको छ, तर बस्तीसम्म छैन

हुर्केदेखि भेरी किनार क्युरेनीसम्म १७ किमि सडक कालोपत्र हुँदैछ (लागत करिब ६१.५९ करोड)। तर बस्तीसम्म पुग्न अझै १० किमि कच्ची बाटो छ। सानो गाडी र एउटा बसले नै खाद्यान्न ओसार्छ। नदीपारीका तरङ्गा, सिम्लेपानी अझै सडकविहीन।

लालपुर्जाको प्रतीक्षा

लालपुर्जा यहाँको अर्को घाउ हो। ‘लालपुर्जा दिलाउँछौं भनेर भोट माग्थे, अहिले कोही आएन,’ ६६ वर्षीय गञ्जबहादुर घर्ती भन्छन्। करिब डेढ सय मतदाता छन्, तर चुनावप्रति चासो न्यून।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभर उच्च सुरक्षा सतर्कता, बिदा रोक्ने सर्कुलर जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...

काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...

गौरीबहादुर कार्कीको घरमा बाक्लो सुरक्षा, सेनाको ब्यारेकमा राख्नेबारे छलफल

काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा रा...

२४ गतेको हिंसाका अगुवाहरूलाई पनि कारवाही हुनु पर्छः हर्क साम्पाङ

काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...

ओली र लेखक पक्राउविरुद्ध प्रतिवाद गर्ने नेविसंघको चेतावनी

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...

सरकारको निर्णयप्रति नेकपाको ध्यानाकर्षण, प्रधानमन्त्री साहलाई बधाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...

ओलीलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलनको चेतावनी

सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी ।  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...

हेटौँडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...

कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन- अपेक्षा धेरै छन्, जनताले अनुभूति गर्नेगरी काम गर्नुस्

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending