Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

घरभाडा नतिर्ने आठ सहकारीलाई महानगरको सातदिने चेतावनी

खबरडबली संवाददाता

काठमाडौँ। आठ वटा सहकारी संस्थालाई सात दिनभित्र घरबहाल तिर्न समय दिँदै काठमाडौँ महानगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरेको छ। 

कानुन तथा मानव अधिकार विभागले जारी गरेको सूचनामा भनिएको छ, “काठमाडौँ महानगरपालिका, न्यायिक समितिबाट घरकोठा खाली गर्ने भनी भएका निर्णयमध्ये सहकारी सङ्घसंस्थाले बहालमा लिएका घरकोठा खाली गर्ने सम्बन्धमा मिति २०८२/१०/१५ मा निर्णय कार्यान्वयन समितिको बैठकमा भएको निर्णय अनुसार यो सूचना प्रकाशन गरिएको हो ।”

सूचनामा उल्लेख भएका सहकारी संस्थाका पदाधिकारी(सञ्चालक समिति, लेखा सुपरीक्षण समिति), कर्मचारी तथा संस्थाका सदस्यले यो सूचना प्रकाशन भएको मितिले सात दिनभित्र काठमाडौँ महानगरपालिका, कानुन तथा मानव अधिकार विभागमा सम्पर्क गर्नुपर्ने प्रावधान छ । 

तोकिएको समयभित्र सहकारी संस्थाका पदाधिकारी, कर्मचारी वा सदस्य सम्पर्कमा नआएमा सहकारीले बहालमा लिएका घरकोठा न्यायिक समितिको निर्णयानुसार खाली गरिन्छ । 

उक्त घरकोठा खाली गर्दा सहकारी कार्यालयका सामान सम्बद्ध घर धनीको जिम्मामा दिइने र पछि सहकारीका सम्पत्ति एवं सरसामानका सम्बन्धमा कुनै दाबी विरोध नलाग्ने बेहोरासमेत सूचनामा उल्लेख छ ।

नाम सार्वजनिक गरिएका सहकारीमा वडा नं ३१ को आशा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वडा नं ६ मा सञ्चालित नव सवल र सन्दुप सहकारी संस्था लिमिटेड, सोही वडाको सुन्ताखाल बचत तथा ऋण सहकारी संस्था र वडा नं १७ को युनिफाइड बचत तथा ऋण सहकारी संस्था छन् । 

यस्तै वडा नं २२ को महाबौद्ध बचत तथा ऋण सहकारी संस्था, वडा नं ३२ को ग्रेट गङ्गासागर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ र वडा नं १० को प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन् ।

तोकिएको समयभित्र जिम्मेवार व्यक्ति सम्पर्कमा नआएमा न्यायिक समितिको निर्णयानुसार महानगर आफैँले घर कोठा खाली गराउँछ । कोठा खाली गर्दा त्यहाँ रहेका फर्निचर, कम्प्युटरलगायतका कार्यालय सामान सम्बन्धित घरधनीको जिम्मा लगाइन्छ । 

लामो समयदेखि भाडा नतिरी कार्यालयमा ताला लगाएर सञ्चालक फरार भएपछि घरधनीहरूबाट महानगरपालिकामा निवेदन प्राप्त भइरहेका छन् । यस्ता निवेदन फर्स्योटको कारबाही गर्ने क्रममा महानगरपालिकाले सार्वजनिक सूचना जारी गरेर प्रक्रिया अगाडि बढाउँछ ।

महानगरपालिकामा आउने सहकारीसम्बन्धी उजुरीमा बचत रकम फिर्ता नदिएको, शेयर रकम फिर्ता नदिएको, बचत रकममा धेरै करकट्टी गरेको, विभागले पठाएको पत्रलाई प्रहरीले चासो नदिएको र सञ्चालक भाग्न लागेकाले आफ्नो बचत जोखिममा परेको जस्ता विषय उल्लेख हुन्छन् । यस्तै समयमा साधारण सभा नगरेको र कार्यालय बन्द रहने गरेको गुनासो पनि आउने गर्दछ ।

सहकारी विभागमा दर्ता हुने उजुरी सञ्चालक समितिका सदस्य, बचतकर्ता, ऋणी, घरधनी र कर्मचारीसँग सम्बन्धित छन् । ऋण नतिरेको, सबै सञ्चालक सक्रिय नभएको, बचतकर्ताले तनाव दिएको र हुलाकबाट राजीनामा दिएर कार्यालयको दायित्व नलिएको जस्ता समस्या सञ्चालकका तर्फबाट देखिन्छन् ।

सहकारीसँग घरधनीका समस्या पनि जटिल छन् । सहकारीले घरभाडा नतिरेको, कार्यालय सञ्चालन भए–नभएको जानकारी नदिएको र बचतकर्ताले कार्यालय तोडफोड गर्दा घरको संरचना नष्ट भएको उनीहरूको मुख्य गुनासो छ । 

यस्तै, कोठा खाली गराउनुपर्ने र सहकारीमा जम्मा गरेको बचत पनि डुब्न लागेको भन्दै घरधनीहरू समस्या लिएर आउने गर्दछन् ।

कर्मचारीहरू भने तलब नपाएको र आफूलाई जानकारी नै नदिई सञ्चालक समितिमा राखेको गुनासो गर्दछन् । 

सञ्चालकले बचत रकम खर्च नजनाई लैजाने गरेको र त्यसमा बचतकर्ताले कर्मचारीलाई दबाब दिने गरेको गुनासो पनि उनीहरूको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारले फ्री भिसा–फ्री टिकट नीतिको पुनरावलोकनमा गृहकार्य सुरु गर्यो

काठमाडौं । सरकारले खाडी मुलुकहरूमा वैदेशिक रोजगारीका लागि लागू गरेको फ्री भिसा, फ्री टिकट नीति कार्यान्वयन भएको एक दशकपछि पुनरावलोकन गर्ने तयारी थालेक...

टी–२० विश्वकप अभ्यास खेल : नेपाललाई क्यानडाको १६२ रनको चुनैतीपूर्ण लक्ष्य

काठमाडौँ। आइसिसी टी–२० विश्वकपको अन्तिम अभ्यास खेलमा नेपाललाई जितका लागि क्यानडाले एक सय ६२ रनको चुनैतीपूर्ण लक्ष्य दिएको छ ।  चेन्नईस्थित एमए चिदा...

नेपाल टेलिकम राज्यको डिजिटल मेरुदण्ड हो: गृहमन्त्री अर्याल

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकम दूरसञ्चार सेवा प्रदायक मात्र नभई राज्यको डिजिटल मेरुदण्ड रहेको बताएको छन्।  बिहीबार नेपाल दूरसञ...

सुर्तीजन्य पदार्थ ऐन २०६८ पालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ। सरकारले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन)ऐन २०६८ का प्रावधानहरु पूर्णरुपमा पालन गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रा...

बाुवाटारमा प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच दुई घण्टा लामो वार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बालुवाटारमा करिब दुई घण्टा वार्ता भएको छ। ओली बिहान करिब ९...

मौसमले साथ नदिए दोस्रो चरणमा निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

मुस्ताङ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको दिनमै हिमपात भएको स्थानमामात्रै दोस्रो चरणमा निर्वाचन हुन...

घरभाडा नतिर्ने आठ सहकारीलाई महानगरको सातदिने चेतावनी

काठमाडौँ। आठ वटा सहकारी संस्थालाई सात दिनभित्र घरबहाल तिर्न समय दिँदै काठमाडौँ महानगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरेको छ।  कानुन तथा मानव अधि...

क्यानडाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ। नेपालले आइसिसी टी–२० विश्वकपको अन्तिम अभ्यास खेल बिहीबार क्यानडासँग खेल्नेछ । क्यानडाले टस जितेर सुरुमा ब्याटिङ रोजेपछि नेपालले पहिला बलिङ ग...

बाढीले क्षतिग्रस्त बीपी राजमार्गको मन्त्री चौलागाईंद्वारा निरीक्षण, वर्षाअघि नै सञ्चालन योग्य बनाउन निर्देशन

काठमाडौँ । भौतिक  पूर्वाधार तथा यातायातमन्त्री माधव प्रसाद चौलागाईंले बाढी–पहिरोका कारण क्षतिग्रस्त बीपी राजमार्ग निरीक्षण गरेका छन् । बिहीबार मन्त्री...

मविरुद्ध योजनाबद्ध रूपमा भ्रम फैलाउने ठुलो प्रयास हुँदैछ: स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले आफूविरुद्ध योजनाबद्ध रूपमा भ्रम सिर्जना गर्ने ठुलो प्रयास भइरहेको दा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE