जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको विकास र सशक्तीकरण अब बाहिरी शक्तिको भरमा नभई मधेशी जनताकै नेतृत्व र पहलबाट सम्भव हुने बताएको छन् ।
बुधबार जनकपुरधाममा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्य संरचनामै रहेको विभेदलाई पछाडि पार्दै मधेशको भविष्य मधेशी जनताले नै बनाउने बताएको हो ।
अध्यक्ष यादवले मधेशलाई राजनीतिक रूपमा कमजोर राख्न निर्वाचन प्रणालीमै असन्तुलन कायम गरिएको उल्लेख गरे । उनले जनसङ्ख्याका आधारमा नभई भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिँदा मधेशी जनताको मतको मूल्य घटाइएको उनको आरोप समेत थियो ।
सप्तरी–३ को उदाहरण दिँदै उनले एक लाखभन्दा बढी जनसङ्ख्या हुँदा पनि एउटै प्रतिनिधि सीमित हुनु, तर पहाडी क्षेत्रमा थोरै जनसङ्ख्यामा बढी प्रतिनिधित्व हुनु अन्यायपूर्ण भएको बताए।
उनले यस्तो अवस्थाका लागि ठुला राजनीतिक दलहरू जिम्मेवार रहेको दाबी समेत गरे। एमाले, कांग्रेस र माओवादीले मधेशको राजनीतिक प्रभाव बढ्ने डरले जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न नचाहेको उनको भनाइ थियो । उनले भने, “मधेश बलियो हुन्छ भन्ने डरकै कारण सुधार अवरुद्ध गरिएको छ ।”
कांग्रेसमाथि मधेशी मत प्रयोग गरेर सत्ता पुग्ने तर मधेशका मुद्दा बेवास्ता गर्ने आरोप लगाउँदै उनले नयाँ राजनीतिक शक्तिहरू पनि पुरानै धारमा हिँडिरहेको टिप्पणी गरे।
कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टीका नेता संजय चौधरी, संजय सिंह, कामेश्वर झालगायतै नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई स्वागत गर्दै यादवले मधेश केन्द्रित राजनीतिक एजेन्डालाई अझ सशक्त बनाउने दाबी समेत गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८३ - १७:५९
तनहुँ। व्यास मार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मङ्गलबार दिउँसो ३:१५ बजे बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। कलेस्तीबाट ...
श्रावण ५ गते, २०८३ - १७:३७
काठमाडौं । भक्तपुरमा फिफा विश्वकपको फाइनल खेल हेर्ने क्रममा भएको झडपमा घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा प्...
श्रावण ५ गते, २०८३ - १७:१२
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अँध्यारा’ र ‘काला’ वर्षका रूपमा ब...
श्रावण ५ गते, २०८३ - १६:५४
मुस्ताङ। विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत थोराङ्ला पास भएर एक वर्षमा ११ हजारभन्दा बढी विदेशी पर्यटकले पदयात्रा गरेका छन्। गण्डकी प्रदेशक...
श्रावण ५ गते, २०८३ - १६:३७
नयाँदिल्ली। भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै उत्रिएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) आन्दोलनले सरक...
श्रावण ५ गते, २०८३ - १६:०१
इलाम। केही दिनयता निरन्तर भइरहेको वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसम्मको सोझो सडक सम्बन्ध टुटेको छ। मेची राजमार्गको माइखोलास्थित राजदुवाल...
श्रावण ५ गते, २०८३ - १५:४१
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक लगातार छैटौं कारोबार दिन पनि बढेको छ। मंगलबार नेप्से ७.२५ अंकले उकालो लागेर २,७२६.०५ अंकमा पुगेको हो। ...
श्रावण ५ गते, २०८३ - १५:२७
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्यलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा अपनाउनुपर्ने रणनीतिक समन्वय,...
श्रावण ५ गते, २०८३ - १५:१६
काठमाडौं । सरकारले प्रस्तावित ३ प्रतिशत ‘समता कर’ हालका लागि स्थगन गरे पनि विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि निजी अस्पताल र शैक्षिक संस्थामा...
श्रावण ५ गते, २०८३ - १५:०१
काठमाडौं । विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग नियमित भेटघाट नगरेको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहले नेपालस्थित विभिन्न दे...



प्रतिकृया लेख्नुहोस्: