काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले आफूविरुद्ध योजनाबद्ध रूपमा भ्रम सिर्जना गर्ने ठुलो प्रयास भइरहेको दाबी गरेका छन् ।
बिहीबार तनहुँ–१ मा मतदातासँगको भेटघाटका क्रममा वाग्लेले विपक्षीहरू आफूबाट डराएर भ्रम फैलाउन लागेको बताएका हुन् ।
‘२४ घण्टाभित्र मेरो पेजमा गएर १३५ पटक एडिट गरेका छन् । एकचोटी त मेरो फोटो हटाएर राजा ज्ञानेन्द्रको फोटोसमेत राखे,’ वाग्लेले भने, ‘यो रमिता हो । यिनिहरू डराएका पनि छन्, तर्सेका पनि छन् ।’
तनहुँका जनताले आफ्नो निष्कलंक छवि पहिल्यै चिनिसकेको दाबी गर्दै उनले यस्ता गतिविधिले कुनै प्रभाव नपर्ने बताए ।‘अलिकति सेतो, निष्कलंक छविमा हिजो छ्यापेपछि अलिकति टाँटा बस्छ भन्ने आश उनीहरूले गरेका हुन्,’ उनले भने, ‘तर जनताले चिनिसकेपछि त्यसको कुनै अर्थ रहँदैन ।’
अघिल्लो निर्वाचनमा पनि विभिन्न खाले हल्ला फैलाइएको स्मरण गर्दै वाग्लेले त्यसबेला पनि जनताले आफूलाई विश्वास गरेकाले कुनै असर नपरेको टिप्पणी गरे । यसपटक पनि आफू विजयी हुनेमा ढुक्क रहेको उनको भनाइ छ ।
‘तनहुँमा मात्र होइन, देशैभरि घण्टी बज्नेवाला छ,’ वाग्लेले भने, ‘नेपालको संसदीय इतिहासमै नदेखिएको उभार अहिले आउँदैछ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - १५:२०
काठमाडौं । नेपाली कांग्रेस ले केन्द्रीय कार्यसमितिको बैठक भोलि (मंगलबार) बस्नेगरी बोलाएको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल का अनुसार बैठक द...
चैत्र ९ गते, २०८२ - १५:०६
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न भूमिका निर्वाह गर्ने गृह मन्त्रालयका कर्मचारी र सुरक्षा न...
चैत्र ९ गते, २०८२ - १४:२८
काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरण ले टोखा नगरपालिका वडा नम्बर ७ अन्तर्गत दाहाल गौडा चोक र वसुन्धरा क्षेत्रमा लामो समयदेखि अतिक्रमणमा परेको स...
चैत्र ९ गते, २०८२ - १४:१८
पाकिस्तान। पाकिस्तानका विदेश मन्त्री इशाक दारले सोमबार अफगानिस्तानसँगको अस्थायी युद्धविरामको अन्तिम समयमा पाकिस्तान आतङ्कवादको खतरा उन्मूलन गर्न प्रति...
चैत्र ९ गते, २०८२ - १४:१४
मुस्ताङ। मुस्ताङको अर्ध–निषेधित क्षेत्रमा विदेशी पर्यटकले अब एकल पदयात्रा गर्न पाइने भएको छ । विगतमा दुई वा सो भन्दा बढी विदेशी पर्यटकले समुह बनाएर अर...
चैत्र ९ गते, २०८२ - १४:०२
सोल। दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत वर्षको सोही अवधिसँग तुलना गर्दा ५० प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि मुख्य रूपमा सेमिकन...
चैत्र ९ गते, २०८२ - १३:२८
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री अनिल कुमार सिन्हा ले मौसमविद्हरूलाई वर्तमान सरकारको सफलतामा महत्वपूर्ण योगदान दिने “पर्दा पछाडिका हिरो” क...
चैत्र ९ गते, २०८२ - १२:३१
राजविराज। सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा अनुगमन तथा निरीक्षण गरिएको छ। अनुगमनका क्रममा अधुरा सडक...
चैत्र ९ गते, २०८२ - १२:१०
सप्तरी। बेपत्ता पारिएको बालिकाको अवस्था सार्वजनिक गर्न स्थानीय बासिन्दा आन्दोलित भएका छन्। बालिकाको खोजी गरेर तत्काल जानकारी सार्वजनिक गर्न माग गर्दै,...
चैत्र ९ गते, २०८२ - ११:५९
चितवन। चालु आर्थिक वर्षमा १७ वटा गैंडा मरेका छन् । तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन् । यस आर्थिक वर्ष...


प्रतिकृया लेख्नुहोस्: