Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

नेपाल टेलिकम राज्यको डिजिटल मेरुदण्ड हो: गृहमन्त्री अर्याल

खबरडबली संवाददाता

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकम दूरसञ्चार सेवा प्रदायक मात्र नभई राज्यको डिजिटल मेरुदण्ड रहेको बताएको छन्। 

बिहीबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को २२ औँ वार्षिकोत्सवमा उनले दुर्गम हिमाली क्षेत्रदेखि तराईका गाउँ बस्तीसम्म टेलिकमले सञ्चारको पहुँच विस्तार गर्दै आएको बताएको हो। 

प्राकृतिक विपद्, महामारी तथा अन्य आपतकालीन अवस्थामा टेलिकमले खेलेको भूमिका स्मरणीय र प्रशंसनीय रहेको गृहमन्त्री अर्यालको भनाइ छ। 

हाल दूरसञ्चार सेवा व्यवसाय मात्र नभई मानव जीवनको आधारभूत आवश्यकता तथा शैक्षिक, सामाजिक र आर्थिक विकासको महत्त्वपूर्ण पूर्वाधारका रूपमा स्थापित भइसकेको उनले बताए।

नवीनतम प्रविधिमा आधारित गुणस्तरीय सेवा प्राप्त गर्नु सेवाग्राहीको हक र अधिकार भएको भन्दै उनले त्यसतर्फ कम्पनीले विशेष ध्यान दिनुपर्ने उल्लेख गरे। 

सन्तुष्ट ग्राहक नै कम्पनीको दिगो विकास र स्थायित्वको आधारस्तम्भ भएको उनको भनाइ छ।

गृहमन्त्री अर्यालले आगामी दिनमा पनि ग्राहक सन्तुष्टिलाई केन्द्रमा राखी अत्याधुनिक सेवा प्रवाह हुनेमा आफू विश्वस्त रहेको बताए। प्रतिस्पर्धी बजारमा नेपाल टेलिकमले आफ्नो सार्वजनिक दायित्व, सेवा गुणस्तर र प्रविधिगत नवप्रवर्तनलाई सन्तुलनमा राख्दै ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ। 

कम्पनीको बृहत् सञ्जाल, पूर्वाधार, दक्ष मानव संसाधन र बजार सम्भावनाको कुशल व्यवस्थापनमार्फत प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न उहाँले आग्रह गरे। 

उनले भने, ‘नेपाल टेलिकम एक केवल दूरसञ्चार कम्पनी मात्रै होइन, यो राज्यको डिजिटल मेरुदण्ड हो। दुर्गम हिमालदेखि तराईका गाउँ बस्तीसम्म सञ्चारको पहुँच पुर्‍याएर यस संस्थाले राष्ट्रिय एकता, सेवा प्रवाह र आर्थिक क्रियाकलापलाई मजबुत बनाउँदै आएको छ।

प्राकृतिक विपद्, महामारी वा अन्य आपतकालीन अवस्थामा नेपाल टेलिकमले खेलेको भुमिका स्मरणीय र प्रशंसनीय रहेको छ।’ 

उनका अनुसार टेलिकमले सेवा विस्तारसँगै डिजिटल साक्षरता प्रवर्धन, विद्युतीय सरकारको अवधारणा कार्यान्वयन तथा ज्ञानमा आधारित समाज निर्माणमार्फत राष्ट्र निर्माणमा योगदान दिँदै आएको छ।

सार्वजनिक सेवा सरकार र नागरिकलाई जोड्ने सेतु भएको उल्लेख गर्दै गृहमन्त्री अर्यालले नागरिक र सरकार सम्बन्धलाई थप प्रगाढ बनाउन नेपाल टेलिकमको भूमिका महत्त्वपूर्ण रहने बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारी साक्षी बनेर अदालतमा बयान फेर्ने दुई जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका दुई व्यक्तिले अदालतमा प्रतिकुल बकपत्र गरेपछि उनीहरूविरुद्ध आज विशेष...

भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह

काठमाडौँ। आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न र नगराउन उम्मेदवारहरुलाई विज्ञापन बोर्डले आग्रह गरेको छ...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

उम्मेदवारको स्टिकर ताँसिएको भए तापनि उनी गाडीमा सवार थिएनन्

आशिफको अर्धशतकमा क्यानडामाथि नेपाल ६ विकेटले विजयी

काठमाडौँ । आइसिसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले हराएको छ । जितका लागि क्यानडाले दिएको एक सय ६२ रनको चुनैतीपूर...

बर्दियामा चितुवाको आक्रमणबाट घाँस काट्न गएको युवाको मृत्यु

बर्दिया। बर्दियामा सामुदायिक वनमा घाँस काट्न गएको बेलामा चितुवाले आक्रमण गर्दा एक युवाको मृत्यु भएको छ। गुलरिया नगरपालिका–५ तुल्सीपुरका ३५ वर्षीय नन्द...

निर्वाचन आचारसंहिताको उल्लंघनबारे मानव अधिकारको चेतावनी

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भइरहेका भ...

नेप्से परिसूचक २७ अंकले बढ्यो, उच्च कारोबारमा हाइड्रोपावर कम्पनी

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल धितोपत्र बजार (नेप्से) उत्साहित देखियो। नेप्से परिसूचक २७.१९ अंकले बढेर २,७०८.७० विन्दुमा पुगेर बन्...

जनताबाट अस्वीकृत भएका र जेलेन्सकी प्रवृत्तिसँग तालमेल गरिदैन : प्रचण्ड

काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब कुनै पनि दलसँग चुनावी तालमेल नहुने स्पष्ट पारेका छन्। उनले पार्टीका सबै जिल्लाका निर्वाचन परि...

सरकारले फ्री भिसा–फ्री टिकट नीतिको पुनरावलोकनमा गृहकार्य सुरु गर्यो

काठमाडौं । सरकारले खाडी मुलुकहरूमा वैदेशिक रोजगारीका लागि लागू गरेको फ्री भिसा, फ्री टिकट नीति कार्यान्वयन भएको एक दशकपछि पुनरावलोकन गर्ने तयारी थालेक...

टी–२० विश्वकप अभ्यास खेल : नेपाललाई क्यानडाको १६२ रनको चुनैतीपूर्ण लक्ष्य

काठमाडौँ। आइसिसी टी–२० विश्वकपको अन्तिम अभ्यास खेलमा नेपाललाई जितका लागि क्यानडाले एक सय ६२ रनको चुनैतीपूर्ण लक्ष्य दिएको छ ।  चेन्नईस्थित एमए चिदा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE