काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधव प्रसाद चौलागाईंले बाढी–पहिरोका कारण क्षतिग्रस्त बीपी राजमार्ग निरीक्षण गरेका छन् । बिहीबार मन्त्री चौलागाईं, मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक डा।विजय जैसीसहितको उच्च अधिकारीहरूको टोलीले बीपी राजमार्गअन्तर्गत भकुण्डेबेसी–नेपालथोक सडक खण्डको स्थलगत निरीक्षण गरेको हो ।
निरीक्षणका क्रममा मन्त्री चौलागाईंले निर्माण कम्पनीलाई कामको गति बढाउँदै तोकिएको समयमै गुणस्तरीय पुनर्निर्माण सम्पन्न गर्न निर्देशन दिए । साथै उनले आगामी वर्षायाम सुरु हुनुअगावै यातायात सञ्चालनमा सहजता ल्याउने गरी काम गर्न र आवश्यक समन्वय मिलाउन सम्बन्धित निकायहरूलाई आग्रह गरेका छन् ।
गत वर्ष २०८१ असोज दोस्रो साता परेको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले यो राजमार्ग करिब २९ किमी क्षतिग्रस्त बनेको छ ।
साथै गत असोजको तेस्रो साता परेको अविरल वर्षाले पुन: क्षति पुगेको यो राजमार्ग अस्थायी डाइभर्सन बनाएर सञ्चालनमा ल्याइएको छ । हाल स्थायी पुनर्निमाण पनि सुरु भइसकेको छ ।
करिब २९ किलोमिटर यो सडक चार प्याकेजमा विभाजन गरिएकोमा तीनवटा प्याकेजको ठेक्का लागेर दुई वर्षभित्र सम्पन्न गर्ने गरी पुनर्निर्माण सुरु भएको छ । एउटा प्याकेज जाइकाले पुनर्निर्माण गर्ने सहमति भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - १५:२०
काठमाडौं । नेपाली कांग्रेस ले केन्द्रीय कार्यसमितिको बैठक भोलि (मंगलबार) बस्नेगरी बोलाएको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल का अनुसार बैठक द...
चैत्र ९ गते, २०८२ - १५:०६
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न भूमिका निर्वाह गर्ने गृह मन्त्रालयका कर्मचारी र सुरक्षा न...
चैत्र ९ गते, २०८२ - १४:२८
काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरण ले टोखा नगरपालिका वडा नम्बर ७ अन्तर्गत दाहाल गौडा चोक र वसुन्धरा क्षेत्रमा लामो समयदेखि अतिक्रमणमा परेको स...
चैत्र ९ गते, २०८२ - १४:१८
पाकिस्तान। पाकिस्तानका विदेश मन्त्री इशाक दारले सोमबार अफगानिस्तानसँगको अस्थायी युद्धविरामको अन्तिम समयमा पाकिस्तान आतङ्कवादको खतरा उन्मूलन गर्न प्रति...
चैत्र ९ गते, २०८२ - १४:१४
मुस्ताङ। मुस्ताङको अर्ध–निषेधित क्षेत्रमा विदेशी पर्यटकले अब एकल पदयात्रा गर्न पाइने भएको छ । विगतमा दुई वा सो भन्दा बढी विदेशी पर्यटकले समुह बनाएर अर...
चैत्र ९ गते, २०८२ - १४:०२
सोल। दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत वर्षको सोही अवधिसँग तुलना गर्दा ५० प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि मुख्य रूपमा सेमिकन...
चैत्र ९ गते, २०८२ - १३:२८
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री अनिल कुमार सिन्हा ले मौसमविद्हरूलाई वर्तमान सरकारको सफलतामा महत्वपूर्ण योगदान दिने “पर्दा पछाडिका हिरो” क...
चैत्र ९ गते, २०८२ - १२:३१
राजविराज। सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा अनुगमन तथा निरीक्षण गरिएको छ। अनुगमनका क्रममा अधुरा सडक...
चैत्र ९ गते, २०८२ - १२:१०
सप्तरी। बेपत्ता पारिएको बालिकाको अवस्था सार्वजनिक गर्न स्थानीय बासिन्दा आन्दोलित भएका छन्। बालिकाको खोजी गरेर तत्काल जानकारी सार्वजनिक गर्न माग गर्दै,...
चैत्र ९ गते, २०८२ - ११:५९
चितवन। चालु आर्थिक वर्षमा १७ वटा गैंडा मरेका छन् । तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन् । यस आर्थिक वर्ष...


प्रतिकृया लेख्नुहोस्: